Ntc summer Offer
Khabar Dabali ५ भाद्र २०८२ बिहीबार | 21st August, 2025 Thu
Investment bank

अन्तर्राष्ट्रिय कानुन मिचेर नाकाबन्दी

काठमाडाैं । अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा द्विपक्षीय कानुन, सन्धि–सम्झौता उल्लंघन गर्दै भारतले नेपालमाथि नाकाबन्दी लगाएको छ । भूपरिवेष्ठित मुलुकले समुद्रसम्म जान पाउने वैधानिक र कानुनी अधिकारमाथि बन्देज लगाउँदै भारतले नाकाबन्दी गराएको अन्तर्राष्ट्रिय कानुनका विज्ञहरूले बताएका छन् ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ– भूपरिवेष्ठित देशले पाउनुपर्ने अन्तर्राष्ट्रिय अधिकार नियतवश उपलब्ध नगराएको वा रोक लगाएको अवस्थामा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गराउन सकिने उनीहरूको भनाइ छ । नेपालमाथिको नाकाबन्दीका क्रममा भारतले सन् १९६५ मा भएको भियना सन्धि उल्लंघन गरेको छ । सन् १९८२ मा भएको सामुद्रिक कानुनले भूपरिवेष्ठित देशका लागि समुद्रसम्म पुग्ने र व्यापारिक कानुनी अधिकार दिएको छ । विश्वका ४५ वटा भूपरिवेष्ठित देशले उक्त कानुनी अधिकार प्राप्त गरेका छन् । उक्त कानुनी अधिकारअनुसार समुद्रसम्म जाने अधिकार भूपरिवेष्ठित देशलाई छ र तटीय देशले निर्वाध बाटो उपयोग गर्न दिनुपर्ने हुन्छ ।
पूर्वमहान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानुनविज्ञ प्रा.डा.युवराज संग्रौलाका अनुसार नेपालले भूपरिवेष्ठित देशको हैसियतले पाउने एउटा अधिकार र अर्को द्विपक्षीय रूपमा भएका सन्धि–सम्झौताअनुसार समुद्रसम्म जान पाउने अधिकार भारतले खोसेको छ । ‘भारतले भियना सन्धि, सामुद्रिक कानुन, डब्लुटिओ कानुनलगायत नेपालले भारतसँग गरेका द्विपक्षीय पारवहन र वाणिज्य सन्धिको उल्लंघन गरेको छ,’ प्रा.डा. संग्रौलाले नयाँ पत्रिकासँग भने ।
सन् १९८२ मा राष्ट्रसंघले पारित गरेको समुद्रसम्बन्धी सन्धिले भूपरिवेष्ठित देशका लागि केही विशेष अधिकार उपलब्ध गराएको छ । त्यो उपभोग गर्ने सन्दर्भमा चीन र भारतले नेपाललाई सहयोग गर्न मात्रै सक्छन्, अवरोध गर्न पाउँदैनन् । ‘सन्धिले प्रस्ट भनेको भूपरिवेष्ठित मुलुकले आफ्नो बाटो भएर समुद्रसँग जोडिएको देशसम्म निर्वाध रूपमा जान पाउनेछ र त्यसो गर्दा समुद्रसँग जोडिएको तटीय देशले भूपरिवेष्ठित देशलाई कुनै प्रकारका कर लगाउन मिल्दैन,’ संग्रौलाले भने ।
भूपरिवेष्ठित मुलुकलाई नाकाबन्दी नगरिने भएकाले यो अत्यन्त घृणित कार्य भएको कानुनविद् डा. विपिन अधिकारी बताउँछन् । ‘आपराधिक मुलुक भनेर दर्ज भएको अवस्थामा मात्रै राष्ट्रसंघको मानवतामुखी हस्तक्षेप गर्न सकिने प्रचलन छ, तर भारतले नेपालको सन्दर्भमा केही पनि उजुरी गरेको छैन,’ अधिकारीले नयाँ पत्रिकासँग भने । राष्ट्रसंघले गर्ने हस्तक्षेप गर्न पनि अन्तर्राष्ट्रिय रूपमा उक्त देशविरुद्ध उजुरी परेको हुनुपर्छ । साथै, अन्तर्राष्ट्रिय कानुन र सन्धिअनुसार तटीय मुलुकले भूपरिवेष्ठित देशलाई निर्वाध रूपमा आवागमन गर्न चाहिने सबै प्रकारका सुविधा उपलब्ध गराउनुपर्छ । अझ सामुद्रिक कानुनका अनुसार भूपरिवेष्ठित देशले उपयोग गर्ने तटीय देशभित्रको बाटो बनाइदिने तटीय देशको दायित्व हुन्छ ।
के छ अन्तर्राष्ट्रिय कानुनमा ?
भारतको नाकाबन्दीले अन्तर्राष्ट्रिय र द्विपक्षीय कानुन तथा सन्धि–सम्झौताको घोर उल्लंघन भएको छ । यसरी अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरी नाकाबन्दी गर्नु सार्वभौम मुलुकमाथि गरिएको भौतिक आक्रमणसरह हुने कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले बताए । ‘संयुक्त राष्ट्रसंघको सामुद्रिक महासन्धि, भियना महासन्धि, एसिया हाइवे सम्झौताहरूविपरीतसमेत भएकाले अन्तर्राष्ट्रिय न्यायालयमा जान सक्ने हैसियत, अधिकार र नैतिक बल नेपालसँग छ ।’
सन् १९७३ मा जमैकाको मोन्टेगो वेमा सम्पन्न सामुद्रिक कानुनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनले १९८२ मा एक सय ६५ देशको उपस्थितिमा महासन्धि पारित गरेको थियो । उक्त महासन्धिमा नेपाल र भारतले पनि हस्ताक्षर गरेकाले दुवै देश पक्ष राष्ट्रका रूपमा रहेका छन् । सन्धिको भाग १० को धारा १२४ देखि धारा १३२ सम्म भूपरिवेष्ठित राष्ट्रहरूको समुद्रसम्म निर्वाध आवागमनको अधिकारबारे उल्लेख गरिएको छ । धारा १२५ उपधारा १ मा सामुद्रिक स्वतन्त्रताको अधिकार र मानव मात्रको साझा सम्पदाको उपभोग गर्नेलगायतका यो सन्धिद्वारा प्रदत्त अधिकारको उपभोगका प्रयोजनका लागि भूपरिवेष्ठित राष्ट्रहरूलाई समुद्रसम्मको निर्वाध पारवहनको अधिकार हुनेछ भनेर व्यवस्था गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending