गाजा। प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजामा १० लाख बालबालिका रहेको पुष्टि गर्दै गाजाको कुनै पनि ठाउँ उनीहरुका लागि सुरक्षित नभएको जनाएको छ ।
इजरायली सेनाले अन्तर्राष्ट्रिय कानुन र बालअधिकारको प्रवाह नगरी गाजामा सुतिरहेको समयमा बालबालिकालाई अन्याय पुर्वक हत्या गरेको युएनआरडब्लुएले उल्लेख गरेको छ । युएनआरडब्लुएले सामाजिक सञ्जाल एक्समा गाजामा मनोवैज्ञानिक आघात भोगिरहेका पाँच लाख भन्दा बढी बच्चालाई मनोवैज्ञानिक सहजिकरण गरेको जनाउदै गाजाका बच्चाले कुनै पनि बच्चाले अनुभव गर्न नसक्ने समस्याको सामना गर्न बाध्य भएको जनाएको छ ।
इजरायली सेनाले गाजामा बच्चा सुतिरहेको, स्कूलमा आश्रय लिइरहेको, पानीको लागि लाइनमा उभिएको वा चिकित्सा सहायता खोजिरहेको समयमा उनीहरुलाई मारिएकोमा दुख: व्यक्त गरेको छ । यस अघि, युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा अझै पनि दशौँ हजार बालबालिका रहेको पुष्टि गर्दै बम विष्फोटका कारण अङ्ग भङ्ग हुनेमा पनि कयौँ बालबालिका रहेको बताएको छन् ।
निरन्तरको आक्रमणले बालबालिका थरथर काँपिरहेका उल्लेख गर्दै उनले “बालबालिकामाथि गरिएको क्रूरता गैर मानविय भएको बताएको छन् । गाजाको अल(मवासी क्षेत्र विश्वको सबै भन्दा घना जनसङ्ख्या भएको क्षेत्र हो । यो क्षेत्रका मानिसहरु जीवनका आधारभूत आवश्यकताबाट वञ्चित छन् जसले बालबालिकालगायत परिवारको पीडा बढाउँछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: