Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

क्यानाडाका प्रधानमन्त्रीको ह्वाइट हाउस भ्रमण: अमेरिकी करबारे छलफल हुने

खबरडबली संवाददाता

वासिङ्टन। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्यानाडाको अर्थतन्त्रमा नकारात्मक असर पार्ने कर घटाउन राजी गराउने उद्देश्यका साथ मङ्गलबार पुन: वासिङ्टन भ्रमण गर्न लागेको छन् । पदभार सम्हालेपछि यो उनको दोस्रो ‘कार्य भ्रमण’ हो । 

६० वर्षीय पूर्व बैंकरसमेत रहेका प्रधानमन्त्री कार्नीले यस पटक द्विपक्षीय सम्बन्ध सुधार गर्न र ‘क्यानाडा-अमेरिकाबिचको नयाँ आर्थिक तथा सुरक्षा साझेदारीका साझा प्राथमिकता’ बारे छलफल गर्न खोज्नु हुने ओटावाले एक विज्ञप्तिमा जनाएको छ । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले सोमबार भ्रमणको पुष्टि गर्दै भने, “व्यापार भोलिको प्रमुख छलफल विषय हुने छ, साथै दुवै देशले सामना गरिरहेका अन्य मुद्दा पनि ।”

युरोपेली सङ्घ (इयु) जस्ता अन्य अमेरिकी सहयोगीका विपरीत क्यानाडाले अझै अमेरिकासँग व्यापक व्यापार सम्झौता गर्न सकेको छैन । संयुक्त राज्य अमेरिका क्यानाडाको प्रमुख आर्थिक साझेदार हो, जसमा ओटावाको झन्डै ७५ प्रतिशत निर्यात अमेरिकी बजारमा पुग्छ । क्यानाडाको अर्थतन्त्रमा दबाब बढिरहेको छ । 

दोस्रो त्रैमासिकमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) १.५ प्रतिशतले घटेको छ । राष्ट्रपति ट्रम्पले लम्बर, एल्युमिनियम, स्टिल र अटोमोबाइलमा कर लगाइ सक्नु भएको छ र सोमबार उनले नोभेम्बर १ देखि भारी ट्रकमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको छन् । हाल अधिकांश व्यापार युएसएमसिए (संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोबिचको स्वतन्त्र व्यापार सम्झौता) अन्तर्गत सुरक्षित छ । तर उक्त सम्झौता पुन: वार्ताको तयारीमा रहेको छ र राष्ट्रपति ट्रम्पले अमेरिकी उद्योगलाई प्राथमिकता दिने संशोधनको आह्वान गरिसक्नु भएको छ ।

-दबाब र आलोचना
राजनीतिमा एक वर्षभन्दा कम समय अघि प्रवेश गर्नु भएका पूर्व केन्द्रीय बैंकर कार्नीले अहिले घरेलु स्तरमा पनि आलोचनाको सामना गरिरहेको छन्। मन्ट्रियलस्थित म्याकगिल विश्वविद्यालयका राजनीतिक विज्ञ डेनियल बेलान्डका अनुसार प्रधानमन्त्री कार्नीले अहिले कम्तीमा स्टिल र एल्युमिनियमका केही शुल्क घटाउन दबाब बढेको महसुस गरिरहेको छन् । उनीसँग प्रगति हाँसिल नगरी फर्कने विकल्प छैन ।

गत जुनमा प्रधानमन्त्री कार्नीले ट्रम्पको दबाबमा अमेरिकी प्रविधि कम्पनीलाई लक्षित गरेको कर फिर्ता लिएको थिए। उक्त करलाई ट्रम्पले ‘अपमानजनक’ भनेको थिए । उनले अघिल्लो सरकारले लगाएका केही भन्सार शुल्क पनि हटाउनु भएको थियो, तर वाशिङ्टनबाट पारस्परिक प्रतिक्रियाको अभावले उहाँलाई विपक्षीबाट आलोचनाको केन्द्रमा पुर्याएको छ ।

कन्जरभेटिभ विपक्षी नेता पियरे पोइलिभ्रेले सोमबार खुला पत्र लेख्दै भने, “यदि तपाईं बहाना र फोटो अवसर मात्र लिएर फर्कए भने तपाईंले हाम्रा कामदार, व्यवसाय र राष्ट्रलाई असफल पार्नु हुने छ ।” ओटावा विश्वविद्यालयकी राजनीतिक विज्ञ जेनेभिभ टेलियरका अनुसार क्यानाडाली जनता नतिजाको पर्खाइमा छन् । 

तर सबैलाई थाहा छ, राष्ट्रपति ट्रम्पसँग वार्ता सधैँ जोखिमपूर्ण हुन्छ र यस्तो बैठक सजिलै अनपेक्षित दिशामा जान सक्छ । गत हप्ताको एक भाषणमा ७९ वर्षीय राष्ट्रपति ट्रम्पले ‘गोल्डेन डोम’ मिसाइल ढाल योजनामा क्यानाडाको सम्भावित सहभागिता उल्लेख गर्दै पुन: ठट्यौली तरिकाले क्यानाडालाई ‘५१ औँ राज्य’ बनाउन चाहेको दाबी गरेको थिए ।

“क्यानाडाले केही हप्ता अघि मलाई फोन गरेको थियो, उनीहरु हाम्रो सुरक्षा प्रणालीको हिस्सा बन्न चाहन्छन्”, ट्रम्पले भने, “मैले भनेँ-किन हाम्रो देशमै सामेल हुनुहुन्न, ५१ औं राज्य बन्नुहोस् र त्यसपछि यो सबै नि:शुल्क हुने छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन महिनाअघि कटान भएको सडक अझै बनेन

सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् ।  भीषण वर्ष...

रास्वपासँग सहमति गर्नुअघि बालेन र कुलमानबीच भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...

रौतहटमा मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु, छ जना घाइते

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending