Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

क्यानाडाका प्रधानमन्त्रीको ह्वाइट हाउस भ्रमण: अमेरिकी करबारे छलफल हुने

खबरडबली संवाददाता

वासिङ्टन। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्यानाडाको अर्थतन्त्रमा नकारात्मक असर पार्ने कर घटाउन राजी गराउने उद्देश्यका साथ मङ्गलबार पुन: वासिङ्टन भ्रमण गर्न लागेको छन् । पदभार सम्हालेपछि यो उनको दोस्रो ‘कार्य भ्रमण’ हो । 

६० वर्षीय पूर्व बैंकरसमेत रहेका प्रधानमन्त्री कार्नीले यस पटक द्विपक्षीय सम्बन्ध सुधार गर्न र ‘क्यानाडा-अमेरिकाबिचको नयाँ आर्थिक तथा सुरक्षा साझेदारीका साझा प्राथमिकता’ बारे छलफल गर्न खोज्नु हुने ओटावाले एक विज्ञप्तिमा जनाएको छ । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले सोमबार भ्रमणको पुष्टि गर्दै भने, “व्यापार भोलिको प्रमुख छलफल विषय हुने छ, साथै दुवै देशले सामना गरिरहेका अन्य मुद्दा पनि ।”

युरोपेली सङ्घ (इयु) जस्ता अन्य अमेरिकी सहयोगीका विपरीत क्यानाडाले अझै अमेरिकासँग व्यापक व्यापार सम्झौता गर्न सकेको छैन । संयुक्त राज्य अमेरिका क्यानाडाको प्रमुख आर्थिक साझेदार हो, जसमा ओटावाको झन्डै ७५ प्रतिशत निर्यात अमेरिकी बजारमा पुग्छ । क्यानाडाको अर्थतन्त्रमा दबाब बढिरहेको छ । 

दोस्रो त्रैमासिकमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) १.५ प्रतिशतले घटेको छ । राष्ट्रपति ट्रम्पले लम्बर, एल्युमिनियम, स्टिल र अटोमोबाइलमा कर लगाइ सक्नु भएको छ र सोमबार उनले नोभेम्बर १ देखि भारी ट्रकमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको छन् । हाल अधिकांश व्यापार युएसएमसिए (संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोबिचको स्वतन्त्र व्यापार सम्झौता) अन्तर्गत सुरक्षित छ । तर उक्त सम्झौता पुन: वार्ताको तयारीमा रहेको छ र राष्ट्रपति ट्रम्पले अमेरिकी उद्योगलाई प्राथमिकता दिने संशोधनको आह्वान गरिसक्नु भएको छ ।

-दबाब र आलोचना
राजनीतिमा एक वर्षभन्दा कम समय अघि प्रवेश गर्नु भएका पूर्व केन्द्रीय बैंकर कार्नीले अहिले घरेलु स्तरमा पनि आलोचनाको सामना गरिरहेको छन्। मन्ट्रियलस्थित म्याकगिल विश्वविद्यालयका राजनीतिक विज्ञ डेनियल बेलान्डका अनुसार प्रधानमन्त्री कार्नीले अहिले कम्तीमा स्टिल र एल्युमिनियमका केही शुल्क घटाउन दबाब बढेको महसुस गरिरहेको छन् । उनीसँग प्रगति हाँसिल नगरी फर्कने विकल्प छैन ।

गत जुनमा प्रधानमन्त्री कार्नीले ट्रम्पको दबाबमा अमेरिकी प्रविधि कम्पनीलाई लक्षित गरेको कर फिर्ता लिएको थिए। उक्त करलाई ट्रम्पले ‘अपमानजनक’ भनेको थिए । उनले अघिल्लो सरकारले लगाएका केही भन्सार शुल्क पनि हटाउनु भएको थियो, तर वाशिङ्टनबाट पारस्परिक प्रतिक्रियाको अभावले उहाँलाई विपक्षीबाट आलोचनाको केन्द्रमा पुर्याएको छ ।

कन्जरभेटिभ विपक्षी नेता पियरे पोइलिभ्रेले सोमबार खुला पत्र लेख्दै भने, “यदि तपाईं बहाना र फोटो अवसर मात्र लिएर फर्कए भने तपाईंले हाम्रा कामदार, व्यवसाय र राष्ट्रलाई असफल पार्नु हुने छ ।” ओटावा विश्वविद्यालयकी राजनीतिक विज्ञ जेनेभिभ टेलियरका अनुसार क्यानाडाली जनता नतिजाको पर्खाइमा छन् । 

तर सबैलाई थाहा छ, राष्ट्रपति ट्रम्पसँग वार्ता सधैँ जोखिमपूर्ण हुन्छ र यस्तो बैठक सजिलै अनपेक्षित दिशामा जान सक्छ । गत हप्ताको एक भाषणमा ७९ वर्षीय राष्ट्रपति ट्रम्पले ‘गोल्डेन डोम’ मिसाइल ढाल योजनामा क्यानाडाको सम्भावित सहभागिता उल्लेख गर्दै पुन: ठट्यौली तरिकाले क्यानाडालाई ‘५१ औँ राज्य’ बनाउन चाहेको दाबी गरेको थिए ।

“क्यानाडाले केही हप्ता अघि मलाई फोन गरेको थियो, उनीहरु हाम्रो सुरक्षा प्रणालीको हिस्सा बन्न चाहन्छन्”, ट्रम्पले भने, “मैले भनेँ-किन हाम्रो देशमै सामेल हुनुहुन्न, ५१ औं राज्य बन्नुहोस् र त्यसपछि यो सबै नि:शुल्क हुने छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बिपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या आठ पुग्यो

बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो

काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।  प्रधान न्य...

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेशपछि सरकारले भन्यो: आवश्यक कदम चालिनेछ

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी ९एसएसबी० प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...

लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताल मनोनित

काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...

बालसैनिक भर्ती गम्भीर मानव अधिकार उल्लंघन ठहर गर्दै कानुनी व्यवस्था गर्न सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको म्याद एक महिना थप

काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको समय थपिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद एक महिना...

संसद्ले चाहेको खण्डमा प्रधानमन्त्री हटाउन सक्ने अधिकार छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संसदीय प्रणालीमा संसद्ले चाहेको खण्डमा प्रधानमन्त्री हटाउन सक्ने अधिकार रहने बताएका छन्। प्रतिनिधिसभाम...

रवीलाई भारतमा प्रधानमन्त्री वा राष्ट्रपतिलाई झैँ भव्य स्वागत गरिएको देखियो, यसको अर्थ के हो ? : बादल

रास्वपा पपुलिस्ट पार्टी हो, एआई र अल्गोरिदम प्रयोग गरेर जनतालाई भ्रमित बनायो

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending