Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

मधेशका शिक्षक दशैंमा पनि तलबविहीन

खबरडबली संवाददाता

काठमाडौं । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका शिक्षकले तीन महिनादेखि तलब नपाएपछि उनीहरूको दशैं खल्लो भएको छ।

जनचेतना माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामकुमार चौधरीका अनुसार साउनयता शिक्षकहरूले तलब पाएका छैनन्। “कहिले गाउँपालिकाको सभा बस्दैन, कहिले प्रशासकीय अधिकृत छैन भनेर बहाना देखाइन्छ। दशैंमा पनि तलब नआएपछि घरखर्च धान्न कठिन भयो,” उनले गुनासो गरे।

गाउँपालिकाका १६ विद्यालयका शिक्षक–कर्मचारीले तलब पाएका छैनन्। यसअघि तलब नपाएपछि शिक्षकहरूले गाउँपालिकामा तालाबन्दी गरेका थिए। तर अध्यक्ष दिनानाथ चौधरीले दशैं सकिएको सात दिनभित्र तलब दिने प्रतिबद्धता जनाएपछि तालाबन्दी खोलेका थिए। तर असोज १२ गते आइतबार तलब आउने आशा पूरा भएन। अध्यक्षले बोलाएको ११ असोजको बैठक स्थगित गरेपछि अझै समस्या समाधान भएको छैन।

अध्यक्ष चौधरीले भने क्षमायाचना गर्दै “चाडपर्वको बेला तलब उपलब्ध गराउन नसकेकोमा माफी चाहन्छु। दशैं बिदा सकिएको सात दिनभित्र तलब दिनेछु,” भन्ने सूचना जारी गरेका छन्। उपाध्यक्ष कल्पना चौधरीले भने “कार्यपालिकाको बैठक बसेर तलब दिने निर्णय भएको थियो तर अध्यक्षले नै स्थगित गर्नुभयो,” भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाइन्।

मधेश प्रदेशका धेरै प्रभावित

शिक्षा मन्त्रालयका अनुसार तलब नपाउने शिक्षक धेरैजसो मधेश प्रदेशका छन्। मन्त्री महावीर पुनका अनुसार ५०० भन्दा बढी शिक्षकले तलब नपाएको गुनासो गरेका छन्। “सबैभन्दा धेरै फोन मधेश प्रदेशबाट आएको छ। दशैं, तिहार र छठजस्तो पर्वमै तलब नपाउनु दुःखद हो,” उनले बताए।

शिक्षा सचिव चूडामणि पौडेलले मन्त्रालयले शिक्षकको तलब पालिकालाई एकमुष्ट पठाउने गरे पनि कतिपय पालिकाले नियमित रूपमा वितरण नगरेको स्वीकारे। “कसैले महिनामै दिन्छ, कसैले दिन्न,” उनले भने।

शिक्षक महासंघले पनि समस्या गम्भीर भएको जनाएको छ। सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार “निजामती कर्मचारीलाई तलब दिइए पनि शिक्षकलाई ढिलासुस्ती भएको गुनासो आएको छ,” भन्दै संघले चासो देखाएको छ।

अनुसन्धान सुरु

शिक्षा मन्त्रालयले यसबारे अनुसन्धान सुरु गरेको छ। “मन्त्रालयले पैसा पठाइसकेको छ। तर तलब नदिएको किन भन्ने विषयमा अनुसन्धान गर्दैछौं,” मन्त्री पुनले स्पष्ट पारे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नाबालिकाको डिम्ब कारोबार प्रकरण : एक महिला पक्राउ, चिकित्सकमाथि पनि अनुसन्धान

काठमाडौं । नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर डिम्ब झिकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गर्दै मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाएको छ। घटन...

‘काठमाडौं र सत्ता केन्द्रित हुँदा जनता र संगठनबाट टाढियौं, यही हाम्रो ठूलो कमजोरी भयाेः प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र संविधानसभापछि कम्युनिस्ट आन्दोलन सत्ताकेन्द्रित बन्दा जनतासँगको सम्बन्ध कमजोर भए...

फन पार्कको नाममा ४० करोड अनियमितता ! तत्कालीन मन्त्रीसहित ७ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

विदेशबाट फर्केका युवालाई कृषिमा टिकाउने गण्डकीको नयाँ योजना, ऋणको ब्याज सरकारले तिर्दै

‘रिटर्न टु भिलेज’ कार्यक्रमका लागि २ करोड बजेट, कृषि एम्बुलेन्स र जैविक मलमा पनि करोडौँको लगानी

बाजुरामा मध्यराति बस्तीमा बाढी पस्यो, १३ परिवारको उद्धार

तीन घर उच्च जोखिममा, पहिरोले दुई स्थानमा सडक अवरुद्ध

धादिङमा मकैबारीमा अचेत भेटिएकी महिलाको मृत्यु

धादिङ    । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैब...

विश्वकपसँगै बढ्यो ‘अनलाइन बेटिङ’, सरकारले बन्द गर्‍यो २ लाखभन्दा बढी एप र वेबसाइट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जन...

जन्मदिन मनाउन आठ दिनदेखि निस्किएका १७ वर्षीय किशोरकाे खोजी जारी, अर्कोतर्फ ८० वर्षीया वृद्धा पनि सम्पर्कविहीन

बागलुङ । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै घरबाट निस्किएका बागलुङका १७ वर्षीय किशोर आठ दिनदेखि बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ। प्रहरीले उनीसँ...

जनताको दैलोमा रास्वपाको दौड, झापामा सांसदहरू गाउँमै किन सक्रिय?

झापा । गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश स...

४० वर्षको पर्खाइ अन्त्य : अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा । चार दशकअघि ताप्लेजुङको लेलेपबाट बसाइँ सरेर झापा आएका ७२ वर्षीय जहरमान लिम्बूले अन्ततः आफ्नै नामको जग्गाधनी प्रमाणपत्र हात पारेका छन्। वर्षौँदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending