काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पूर्वसांसदलाई रातो पासपोर्ट र सांसद परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार, जेनजी आन्दोलनपछि पदत्याग गरेका पूर्वसांसदहरूले सकेसम्म चाँडो उक्त पासपोर्ट तथा परिचयपत्र बुझाउन अनुरोध गरिएको छ। उनका अनुसार, पूर्वसांसदका हैसियतमा अब ती कागजात राखिरहनु उपयुक्त नहुने भएकाले पार्टीले स्पष्ट निर्देशन दिएको हो।
यससँगै पार्टीले आफ्ना नेता–कार्यकर्तालाई चाडपर्वमा पार्टीको झण्डा वा ब्यानर प्रयोग गरेर कुनै किसिमका कार्यक्रम नगर्न पनि आग्रह गरेको छ। रास्वपाका अनुसार, जेनजी आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको र अहिले पनि देश शोकमा रहेको अवस्थामा उत्सवलाई पार्टीगत प्रचारको रूपमा प्रयोग गर्नु अमर्यादित हुने बताइएको छ।
पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुशासन र परिवर्तनका लागि भएको आन्दोलनमा ठूलो बलिदान भएको छ। त्यसैले यसपटक चाडपर्वको कार्यक्रममा पार्टीका झण्डा वा ब्यानर प्रयोग नगर्न नगराउन सबै तहका पार्टी पंक्तिलाई आग्रह गर्दछौं।’
रास्वपाले आन्दोलनपछि आफ्नो राजनीतिक कदमलाई शुद्ध र पारदर्शी बनाउने प्रयास गर्दै आएको बताउँदै, जनतालाई जवाफदेही बन्ने प्रतिबद्धता दोहोर्याएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: