Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

जेन–जी आन्दोलनबाट प्राप्त उपलब्धि र आगामी कार्यदिशाबारे अन्तरसंवाद

खबरडबली संवाददाता

काठमाडौं । जेन–जी युवाहरूको आन्दोलनबाट हासिल भएका उपलब्धि र आगामी कार्यभारबारे राजधानीमा शनिबार अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।

दलित नागरिक समाज नेपालको आयोजनामा र जनउत्थान सामुदायिक लघुवित्तीय संस्था लिमिटेडको सहकार्यमा भएको कार्यक्रममा करिब ४० जना युवाहरू, दलित नागरिक समाजका बुद्धिजीवी, मानवअधिकारकर्मी तथा प्राज्ञिक व्यक्तिहरूको सहभागिता रहेको थियो।

अन्तरसंवादमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध, व्यापक भ्रष्टाचारविरुद्धको जेन–जी युवाको आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्थ हुनुपरेको, आन्दोलनका क्रममा अकल्पनीय धनजनको क्षति, सयौं घाइते र करिब ७४ जनाले शहादत दिएको विषय स्मरण गरिएको थियो। सहभागीहरूले ती बलिदानी र उपलब्धीको आधारमा सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई नयाँ अभ्यासका रूपमा मूल्याङ्कन गरे।

कार्यक्रममा दलित तथा सीमान्तकृत समुदायले वर्तमान नागरिक सरकारमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइयो। आगामी फागुन २१ गते हुने निर्वाचनमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्ने व्यवस्था र प्रत्यक्ष तथा समानुपातिक दुबै सूचिमा दलित समुदायको उपस्थितिलाई सुनिश्चित गर्न पहल गर्ने सहमति व्यक्त गरिएको थियो।

सहभागीहरूले देशलाई भएको अपूरणीय क्षतिलाई सामना गर्न बैंक तथा वित्तीय संस्थाहरूले प्रभावकारी भूमिका खेल्नुपर्नेमा पनि ध्यानाकर्षण गराए।

कार्यक्रममा नोभेम्बर ४ देखि ६ सम्म कतारको दोहामा हुने सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा नेपालको दलित र सामाजिक रूपमा पछाडि पारिएका समुदायका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता जोडदार रूपमा प्रस्तुत गरिएको थियो। यसबारेमा मानवअधिकारकर्मी कर्णबहादुर नेपालीले विषयवस्तु स्पष्ट पार्दा, पूर्वसचिव डा. मानबहादुर विकेले शिखर सम्मेलनसँग सम्बन्धित पृष्ठभूमि र सम्भावित एजेन्डाबारे जानकारी दिएका थिए।

अन्तरसंवादमा जेन–जी युवासहितका सहभागीहरूले आ–आफ्नो धारणा ३ देखि ५ मिनेटमा राखेका थिए।
कार्यक्रमको अध्यक्षता दलित नागरिक समाजका अध्यक्ष मोतिलाल नेपालीले गरेका थिए भने संचालन केशर आउजीले गरेका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending