Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

ओलीको विकल्प खोज्नुपर्नेमा शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमालबाहेक सचिवालयका सबै एकमत

खबरडबली संवाददाता

काठमाडौं । विदेशी शक्ति केन्द्रको षड्यन्त्रका नाममा भावनात्मक तर्क गरेर प्रधानमन्त्रीको कुर्सी नछोड्न अन्तिमसम्म अड्डी कसेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा उठेको नेतृत्व परिवर्तनको बहसलाई पनि त्यसैगरी पन्छाउने रणनीति बनाएका छन् । 

जेनजी उपद्रव थेग्न नसकेपछि पद छोडेर भागेका र १० दिन सैनिक ब्यारेकमा बसेर सार्वजनिक भएका ओली अहिले राजनीतिक गतिविधिमा सक्रिय भैसकेका छन् । नेताहरूसँग भेटघाट बाक्लो बनाएका उनले आफूलाई षड्यन्त्रपूर्वक अपदस्थ गरिएको भन्दै सहानुभूति लिएर नेतृत्वमा रहिरहने रणनीति अपनाएका हुन् ।

एउटै कम्पाउण्डमा रहेको बालकोटको दुई वटा घर विध्वंसकारीले आगो लगाएर ध्वस्त पारेपछि ओली महेश बस्नेतले व्यवस्थापन गरिदिएको भक्तपुरको गुण्डूस्थित भाडाको घरमा सरेका छन् । बताइएअनुसार यो घर एमाले नेता तथा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको हो । 

यहिँ बसेर भावी योजना बनाइरहेका उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित सचिवालय सदस्यहरुसँग एक चरण छलफल गरिसकेका छन् । यस्ता भेटमा देशी–विदेशी शक्तिहरूले षड्यन्त्र गरेर आफूलाई प्रधानमन्त्रीबाट हटाएको जिकिर ओलीको रहने गरेको बताइन्छ ।

‘विदेशीको षड्यन्त्र थियो होला । तर, पार्टीको मात्र होइन देशकै जिम्मा लिएर बसेको मान्छेले ममाथि षड्यन्त्र भयो भनेर उम्कन मिल्छ र !’, एमालेका एक पदाधिकारी भन्छन्, ‘राजनीतिमा षड्यन्त्र त जहिले पनि भैरहन्छ । त्यसलाई चिरेर अघि बढ्न सक्नु पो नेतृत्वको खुबी हो ! नत्र अरू नेता र मुख्य नेतृत्वमा के फरक भयो ?’

बिडम्बना कस्तो रह्यो भने देश, जनता, पार्टी र कार्यकर्ताको रक्षा गर्नुपर्ने दुई तिहाईका शक्तिशाली प्रधानमन्त्री ओलीले सेना प्रमुखको हातमा राजीनामा पत्र थमाएर हेलिकोप्टर चढी ज्यान जोगाउनुपर्यो । बहालवाला प्रधानमन्त्री सरकारी निवासबाटै भागेको सम्भवतः नेपाली राजनीतिमा यो नै पहिलो घटना हो । तर, अध्यक्ष ओलीमा यो सबै परिस्थितिप्रति अलिकति पनि आत्मालोचनाको भाव नदेखिएको नेताहरू बताउँछन् ।

खासमा जेन–जी आन्दोलनका नाममा भएको यो विध्वंशको मुख्य कारक सरकार र राजनीतिक दलहरू नै हुन् । देशको प्रधानमन्त्री र सत्ताधारी पार्टीको अध्यक्षसमेत भएकाले अन्य नेताभन्दा ओली यसप्रति बढी जिम्मेवार हुनैपर्छ । 

‘एकजना ओलीको हठले गर्दा देश, जनता, पार्टी, कार्यकर्ता र जनप्रतिनिधिले दुःख पाए । एमाले भएवापत दर्जनौँ नेता–कार्यकर्ताको घर जलाइयो । कैयौं जनप्रतिनिधिले भागेर ज्यान जोगाएका छन् । तर, यो सबैप्रति नैतिक जिम्मेवारीको भाव उहाँमा देखिएको छैन’, उनै नेताको भनाइ छ, ‘अमूर्त शब्दजाल ओछ्याएर पानीमाथिको ओभानो बन्दै नेतृत्व नछोड्ने तयारी पो देखिँदैछ ।’

यो घटनामा राज्यको सुरक्षा रणनीति असफल हुनुमा पनि ओलीको कार्यशैली नै जिम्मेवार देखिन्छ । आफूलाई सर्वज्ञाता ठान्ने र सबैलाई हप्कीदप्की गर्ने उनको स्वभावका कारण सुरक्षा निकायले सही सूचना नदिएको र अन्तिममा सेना प्रमुखले राजीनामा माग्नेसम्मको अवस्था बनेको तथ्य बाहिर आइ नै सकेको छ । 

देशको कार्यकारी प्रमुखले भोलिपल्ट बिहान आफ्नो सरकार ढल्दैछ भन्ने कुराको सामान्य सुइँको अघिल्लो दिनमा समेत नपाउनुले प्रधानमन्त्री र राज्यका निकायहरूबीचको सम्बन्ध र समन्वय कति दयनीय रहेछ भन्ने प्रष्ट हुन्छ ।

‘सरकार जाँदैछ भन्ने कुरा अघिल्लो दिनसम्म प्रधानमन्त्रीलाई थाहै नहुने यस्तो किसिमको सूचना संयन्त्र र नालायकीको पराकाष्ठा हो यो’, एमाले स्रोत खुलाउँछ, ‘षड्यन्त्र हो भने त्यसको गन्धसमेत थाहा नपाउने पनि हुन्छ ? २२ गते गोदावरीमा धम्कीपूर्ण भाषा बोल्ने । सबै मेरो नियन्त्रणमा छ भन्ने । तर, एक दिन पछाडि के हुँदैछ भन्ने पनि थाहा नहुने !’ जनआस्थाबाट साभार 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सारङ्गीको धुनमा गुजारा

तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...

७७ जनाको ज्यान जानु सामान्य कुरा होइन, मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्।  पार...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ  । जिल्ला प्रहरी क...

एमालेले आज अदालत खुल्नेबित्तिकै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने

काठमाडौं ।  एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...

ओली र लेखकमाथि ज्यान मुद्दामा अघि बढ्यो अनुसन्धान

काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...

ओली-लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...

ओली पक्राउको विरोधमा एमालेले आज पनि प्रदर्शन गर्ने, सीडीओ कार्यालयमा विरोधपत्र पनि बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...

यी हुन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठ)

काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, यी स्थानमा हुनसक्छ हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending