Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

ओलीको विकल्प खोज्नुपर्नेमा शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमालबाहेक सचिवालयका सबै एकमत

खबरडबली संवाददाता

काठमाडौं । विदेशी शक्ति केन्द्रको षड्यन्त्रका नाममा भावनात्मक तर्क गरेर प्रधानमन्त्रीको कुर्सी नछोड्न अन्तिमसम्म अड्डी कसेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा उठेको नेतृत्व परिवर्तनको बहसलाई पनि त्यसैगरी पन्छाउने रणनीति बनाएका छन् । 

जेनजी उपद्रव थेग्न नसकेपछि पद छोडेर भागेका र १० दिन सैनिक ब्यारेकमा बसेर सार्वजनिक भएका ओली अहिले राजनीतिक गतिविधिमा सक्रिय भैसकेका छन् । नेताहरूसँग भेटघाट बाक्लो बनाएका उनले आफूलाई षड्यन्त्रपूर्वक अपदस्थ गरिएको भन्दै सहानुभूति लिएर नेतृत्वमा रहिरहने रणनीति अपनाएका हुन् ।

एउटै कम्पाउण्डमा रहेको बालकोटको दुई वटा घर विध्वंसकारीले आगो लगाएर ध्वस्त पारेपछि ओली महेश बस्नेतले व्यवस्थापन गरिदिएको भक्तपुरको गुण्डूस्थित भाडाको घरमा सरेका छन् । बताइएअनुसार यो घर एमाले नेता तथा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको हो । 

यहिँ बसेर भावी योजना बनाइरहेका उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित सचिवालय सदस्यहरुसँग एक चरण छलफल गरिसकेका छन् । यस्ता भेटमा देशी–विदेशी शक्तिहरूले षड्यन्त्र गरेर आफूलाई प्रधानमन्त्रीबाट हटाएको जिकिर ओलीको रहने गरेको बताइन्छ ।

‘विदेशीको षड्यन्त्र थियो होला । तर, पार्टीको मात्र होइन देशकै जिम्मा लिएर बसेको मान्छेले ममाथि षड्यन्त्र भयो भनेर उम्कन मिल्छ र !’, एमालेका एक पदाधिकारी भन्छन्, ‘राजनीतिमा षड्यन्त्र त जहिले पनि भैरहन्छ । त्यसलाई चिरेर अघि बढ्न सक्नु पो नेतृत्वको खुबी हो ! नत्र अरू नेता र मुख्य नेतृत्वमा के फरक भयो ?’

बिडम्बना कस्तो रह्यो भने देश, जनता, पार्टी र कार्यकर्ताको रक्षा गर्नुपर्ने दुई तिहाईका शक्तिशाली प्रधानमन्त्री ओलीले सेना प्रमुखको हातमा राजीनामा पत्र थमाएर हेलिकोप्टर चढी ज्यान जोगाउनुपर्यो । बहालवाला प्रधानमन्त्री सरकारी निवासबाटै भागेको सम्भवतः नेपाली राजनीतिमा यो नै पहिलो घटना हो । तर, अध्यक्ष ओलीमा यो सबै परिस्थितिप्रति अलिकति पनि आत्मालोचनाको भाव नदेखिएको नेताहरू बताउँछन् ।

खासमा जेन–जी आन्दोलनका नाममा भएको यो विध्वंशको मुख्य कारक सरकार र राजनीतिक दलहरू नै हुन् । देशको प्रधानमन्त्री र सत्ताधारी पार्टीको अध्यक्षसमेत भएकाले अन्य नेताभन्दा ओली यसप्रति बढी जिम्मेवार हुनैपर्छ । 

‘एकजना ओलीको हठले गर्दा देश, जनता, पार्टी, कार्यकर्ता र जनप्रतिनिधिले दुःख पाए । एमाले भएवापत दर्जनौँ नेता–कार्यकर्ताको घर जलाइयो । कैयौं जनप्रतिनिधिले भागेर ज्यान जोगाएका छन् । तर, यो सबैप्रति नैतिक जिम्मेवारीको भाव उहाँमा देखिएको छैन’, उनै नेताको भनाइ छ, ‘अमूर्त शब्दजाल ओछ्याएर पानीमाथिको ओभानो बन्दै नेतृत्व नछोड्ने तयारी पो देखिँदैछ ।’

यो घटनामा राज्यको सुरक्षा रणनीति असफल हुनुमा पनि ओलीको कार्यशैली नै जिम्मेवार देखिन्छ । आफूलाई सर्वज्ञाता ठान्ने र सबैलाई हप्कीदप्की गर्ने उनको स्वभावका कारण सुरक्षा निकायले सही सूचना नदिएको र अन्तिममा सेना प्रमुखले राजीनामा माग्नेसम्मको अवस्था बनेको तथ्य बाहिर आइ नै सकेको छ । 

देशको कार्यकारी प्रमुखले भोलिपल्ट बिहान आफ्नो सरकार ढल्दैछ भन्ने कुराको सामान्य सुइँको अघिल्लो दिनमा समेत नपाउनुले प्रधानमन्त्री र राज्यका निकायहरूबीचको सम्बन्ध र समन्वय कति दयनीय रहेछ भन्ने प्रष्ट हुन्छ ।

‘सरकार जाँदैछ भन्ने कुरा अघिल्लो दिनसम्म प्रधानमन्त्रीलाई थाहै नहुने यस्तो किसिमको सूचना संयन्त्र र नालायकीको पराकाष्ठा हो यो’, एमाले स्रोत खुलाउँछ, ‘षड्यन्त्र हो भने त्यसको गन्धसमेत थाहा नपाउने पनि हुन्छ ? २२ गते गोदावरीमा धम्कीपूर्ण भाषा बोल्ने । सबै मेरो नियन्त्रणमा छ भन्ने । तर, एक दिन पछाडि के हुँदैछ भन्ने पनि थाहा नहुने !’ जनआस्थाबाट साभार 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending