Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

बहस पुस्तान्तरणको तर हस्तान्तरणमा समेत तयार छैनन् दलका ‘दम्भी नेतृत्व’

खबरडबली संवाददाता

काठमाडौं । जेनजी विद्रोहपछि राजनीतिक दलहरूमा नेृत्व पुस्तान्तरणको बहस चर्किरहेका बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनको पार्टी नेतृत्वबाट विश्राम लिएको घोषणा गरेका छन् ।

कांग्रेस, एमाले र नेकपा माओवादीका नेतृत्व दम्भपूर्ण रूपमा नेतृत्व हस्तान्तरणमा समेत तयार नभइरहेका बेला भट्टराईले भने हस्तान्तरणसम्मका लागि आफू तयार भएको संकेत दिएका छन् । जेनजी आन्दोलनसँगै नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस सुरु भएको हो ।

प्रमुख दलहरूका साथै साना दलहरूमा समेत यो बहस चर्किएको छ । नेतृत्व युवा पुस्ताका नेताहरूसँग छलफल थालेका छन् । पार्टीहरूभित्र वृद्ध नेताले नेतृत्व छोड्न नचाहेपछि हस्ताक्षर अभियान नै सुरु भएको छ । पार्टी कार्यालयदेखि चिया पसलसम्म अहिले राजनीतिक दलहरूको नेतृत्व परिवर्तनको बसहले चर्चा पाएको छ ।

प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा)लगायतका दलहरूमा अहिले नेतृत्व परिवर्तनको बहस भइरहेको छ ।

दलहरूको नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको बहस चर्किएकै बेला नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. भट्टराईले पद त्याग गरेको घोषणा गरेका छन् । बुधबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा उनले पद त्याग्ने निर्णय गरेका हुन् । बिहीबार पत्रकार सम्मेलन गरेर औपचारिक घोषण गरिँदै छ ।

बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने निर्णय भएको छ । जेनजी आन्दोलनपछि सबै पार्टीमा नेतृत्व परिवर्तनको बहस चल्दैगर्दा अध्यक्ष पद परित्याग गर्ने भट्टराई पहिलो नेता बनेका छन् । यो घोषणासँगै अन्य दलमा नेतृत्व परित्यागका लागि ठूलो दबाब पुग्ने राजनीतिक विश्लेषक डा. कृष्ण पोखरेलले राजधानीसँग बताए ।

तर, मुख्य दलका नेतृत्व अझै नेतृत्व परित्याग गर्ने वा छोड्ने मनस्थितिमा नदेखिन नेपाली राजनीतिको दुर्भाग्य नै भएको टिप्पणी उनले गरे । नेतृत्व हस्तान्तरण मात्रै नभई पुस्तान्तरण नै हुनुपर्ने र अहिलेको आवश्यकता नै त्यही भएको पोखरेलले बताए ।

‘जसले परित्याग गर्नुपर्ने हो तिनीहरू तयार भएनन्, नेतृत्व हस्तान्तरण मात्रै नभई पुस्तान्तरण हुनुपर्ने हो, अहिलेको आवश्यकता नेतृत्व हस्तान्तरण मात्रै होइन, नेपाली जनताले नेतृत्व नै पुस्तान्तरण खोजेको पार्टी नेतृत्वले जतिछिटो बुझे त्यति नै राम्रो हो,’ पोखरेलले भने, ‘तर, छोड्नुपर्नेहरू मानसिक, भौतिक रूपमा तयार देखिएनन्, उनीहरूका आसेपासेहरूले नेतृत्व छोड्न नहुने अझै रायसल्लाह दिइरहेका छन्, सिटिङ प्राइमिनिस्टरले जनताको आक्रोश थेग्न नसकेर सेनाको सहायताले भाग्नेहरू त अझै परीक्षा दिन्छु भन्नु नै नेपाली राजनीतिको दुर्भाग्य हो, उनीहरूमा कुनै पश्चाताप छैन, आत्मालोचना छैन, सच्चिने चाहना पनि देखिँदैन ।’

कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीसहितका दलहरूमा अहिले नेतृत्व पुस्तान्तरण र हस्तान्तरण हुनुपर्ने आवाज उठिरहेको छ । माओवादी केन्द्र जनयुद्धमा होमिएदेखि अहिलेसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै नेतृत्वमा छन् । मधेश आन्दोलन भएदेखि नै उपेन्द्र यादव पार्टीको नेतृत्वमा छन् । यसबीचमा दुवै पार्टीले विभाजन र एकतासमेत भोगेका छन् । तर, प्रचण्ड र यादवले अझै नेतृत्व छोड्ने चाहना व्यक्त गरेका छैनन् ।

कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नेतृत्व हस्तान्तरण गर्न विशेष महाधिवेशनको माग गरे । तर, कांग्रेस सभापति शेरबहादुर देउवानिकटका नेताहरूले विशेष महाधिवेशन पनि नहुने र नेतृत्व पनि परित्याग नगरिने अडान लिएपछि अहिले कांग्रेसभित्र विशेष महाधिवेशनको मागका लागि हस्ताक्षर अभियान थालिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि बैठक बोलाउन सकेका छैनन् । अन्य दलहरूले बैठक बोलाउने, समसामयिक विषयमा छलफल गर्ने र आगामी कार्यक्रम तय गर्दैगर्दा बैठक बोलाउन असफल भएका ओलीले पनि नेतृत्व छोड्न चाहेका छैनन् ।

एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस चलिरहेको छ । तर एमाले, कांग्रेस, माओवादी केन्द्रमा नेतृत्व हस्तान्तरण भए पनि पुस्तान्तरण हुने सम्भावना छैन । यद्यपि, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहसले राजनीतिक दलहरूलाई गति दिने विश्वास नेताहरूले व्यक्त गरिरहेका छन् ।

अर्का राजनीतिक विश्लेषक देवेन्द्र मिश्राले राजनीतिक दलहरूमा नेतृत्व पुस्तान्तरणसहित हस्तान्तरण हुनुपर्ने नेपाली जनता र आजको आवश्यकता भएको बताए । नेपाली जनता र मुलुकको अवस्था परिवर्तनका लागि नेतृत्व पुस्तान्तरणसहितको हस्तान्तरण हुनुपर्ने उनले बताए ।

‘संविधान जारी भएदेखि सधैं पार्टी र सरकारको नेतृत्वमा यही नेताहरूको हालीमुहाली रह्यो, ओली, देउवा, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालहरू नै पार्टी र सरकारको नेतृत्वमा पुगे, मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन बढ्दै गयो, मनोमानी बढ्यो, जनताको आवश्यकता र चाहना पूरा गर्ने काममा उहाँहरू असफल भएपछि जेनजी आन्दोलनले परिवर्तन खोजेको छ, ढिला नगरी नेताहरू नेतृत्व पुस्तान्तरणसहितको हस्तान्तरण गर्नु सबैका लागि उत्तम हुन्छ,’ मिश्राले भने ।

माओवादी केन्द्रले केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीहरू विघटन गरेर आउँदो मंसिरमा विशेष महाधिवेशन गर्ने तयारीमा जुटेको छ । अध्यक्ष प्रचण्डले सबै कमिटी विघटन गरी विशेष महाधिवेशनमा जाने प्रस्ताव गरिसकेका छन् । पदाधिकारी बैठकमा यस प्रस्तावमा छलफल गर्दै अब बिहीबार (९असोज)मा बस्ने केन्द्रीय कमिटी बैठकमा छलफल हुने एजेन्डा रहेको छ ।

तर, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आयोजक कमिटी गठन गरेर विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव र अडान लिएपछि माओवादीभित्र नेतृत्व हस्तान्तरण झन् पेचिलो बन्दै गइरहेको छ ।

रास्वपामा सन्तोष परियारले विशेष महाधिवेशन वा विस्तारित बैठक गरेर पार्टीलाई पुनर्गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् । रास्वपाको केन्द्रीय कमिटी बैठकमा यस विषयमा समेत छलफल थालिएको छ । उता, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार नै पार्टीका युवा नेताहरूसँग गम्भीर छलफल गर्दै पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने ’boutमा सुझाव लिइरहेका छन् ।

एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले नेतृत्व पुस्तान्तरण र हस्तान्तरण हुनुपर्ने विषय चर्को रूपमा उठाउँदै आएकी छन् । उनले निःसर्त रूपमा पार्टीभित्र नेतृत्व पुस्तान्तरण र हस्तान्तरण हुनुपर्ने जनाएकी छन् ।

‘दशकौंदेखि एउटै मान्छे प्रधानमन्त्री छ, पार्टी अध्यक्ष छ, भ्रष्टाचारको ग्राफ बढेको बढ्यै छ, तर नेतृत्वलाई एकातिर पैसा कमाउने चिन्ता छ, मुलुक र जनताको चासो एवं चिन्ता नगर्दा आज मुलुकले यो अवस्था भोग्नुपरेको यथार्थ हामीले बुझ्नुपर्छ, त्यसैले नेतृत्व पुस्तान्तरण र हस्तान्तरण निःसर्त रूपमा हुनुपर्छ,’ एमाले केन्द्रीय सदस्य तिम्सेनाले भनिन् । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending