काठमाडौँ। एसिसी टी–२० एसिया कपको सुपर चारमा पाकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ ।
युएईको जायद क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पाँच विकेटले हरायो ।
जितसँगै दुई खेलबाट दुई नै अङ्क बनाएको पाकिस्तानले फाइनल पुग्ने सम्भावना जिवित राखेको छ । लगातार दोस्रो हार खेपेको श्रीलङ्काको सम्भावना सकिएको छ ।
पाकिस्तान सुपर चारको पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो । श्रीलङ्का बङ्गलादेशसँग चार विकेटले स्तब्ध बनेको थियो । जितका लागि श्रीलङ्काले प्रस्तुत गरेको एक सय ३४ रनको लक्ष्य पाकिस्तानले १८ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।
पाकिस्तानका लागि मोहम्मद नवाजले अविजिति सर्वाधिक ३८ रन बनाए। यस्तै शहिवजादा फरानले २४, हुसेन टलाटले अविजित ३२, फखर जमानले १७ र मोहम्मद ह्यारिसले १३ रन बनाए।
बलिङमा श्रीलङ्कामा महेश तिक्क्षणा र वानिन्दु हसरङ्गाले दुई दुई तथा दुश्मन्था चामिराले एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको श्रीलङ्काले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो ।
श्रीलङ्काका लागि कामिन्दु मेन्डिसले सर्वाधिक ५० रन बनाउनुभयो ।यस्तै कप्तान चरिथ असलङ्काले २०, चामिका करुणारत्नेले अविजित १७ तथा कुशल परेरा र वानिन्दु हसरङ्गाले १५र१५ रन बनाए।
बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदीले तीन विकेट लिए। ह्यारिस रौफ र हुसेन टालटले दुई दुई तथा अब्रार अहमदले एक किकेट लिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २७ गते, २०८२ - १७:०७
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गणतन्त्र कोरियाको सिओलमा सम्पन्न ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक र फ...
कार्तिक २७ गते, २०८२ - १६:२५
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध दायर गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश नि...
कार्तिक २७ गते, २०८२ - १६:०५
काठमाडौं। निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताएका छन्। ...
कार्तिक २७ गते, २०८२ - १५:३८
कावासोती। यो वर्ष पूूर्वी नवलपरासीमा वर्षाले धान बालीमा एक करोड ८० लाख रुपियाँ बरारको क्षति भएको छ। कृषि विकास कार्यालयका प्रमुुख कुुलप्रसाद तिवारीका ...
कार्तिक २७ गते, २०८२ - १५:३१
नेपालगन्ज। यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनका लागि हाल फोटोसहितको मतदाता नामावली दर्ता गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । का...
कार्तिक २७ गते, २०८२ - १५:२४
सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिका–४, लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भ...
कार्तिक २७ गते, २०८२ - १५:११
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता नतिरेपछि काटिएका बिजुलीको लाइनमा १४ उद्योगले बक्यौता रकम बुझाएका छन्। प्रा...
कार्तिक २७ गते, २०८२ - १४:४४
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड० ले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा समाहित हुने दाबी गरेका छन्। यो...
कार्तिक २७ गते, २०८२ - १४:२२
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट गरेको छिन्। प्रधानमन्त्री तथा मन्त्रि...
कार्तिक २७ गते, २०८२ - १३:५८
काठमाडौँ। सरकारले फिर्ता बोलाएका राजदूतहरुले क्रमश: राजीनामा दिन सुरु गरेका छन्। जेनजी आन्दोलनपश्चात गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न ...




प्रतिकृया लेख्नुहोस्: