काठमाडौँ। एसिसी टी–२० एसिया कपको सुपर चारमा पाकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ ।
युएईको जायद क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पाँच विकेटले हरायो ।
जितसँगै दुई खेलबाट दुई नै अङ्क बनाएको पाकिस्तानले फाइनल पुग्ने सम्भावना जिवित राखेको छ । लगातार दोस्रो हार खेपेको श्रीलङ्काको सम्भावना सकिएको छ ।
पाकिस्तान सुपर चारको पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो । श्रीलङ्का बङ्गलादेशसँग चार विकेटले स्तब्ध बनेको थियो । जितका लागि श्रीलङ्काले प्रस्तुत गरेको एक सय ३४ रनको लक्ष्य पाकिस्तानले १८ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।
पाकिस्तानका लागि मोहम्मद नवाजले अविजिति सर्वाधिक ३८ रन बनाए। यस्तै शहिवजादा फरानले २४, हुसेन टलाटले अविजित ३२, फखर जमानले १७ र मोहम्मद ह्यारिसले १३ रन बनाए।
बलिङमा श्रीलङ्कामा महेश तिक्क्षणा र वानिन्दु हसरङ्गाले दुई दुई तथा दुश्मन्था चामिराले एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको श्रीलङ्काले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो ।
श्रीलङ्काका लागि कामिन्दु मेन्डिसले सर्वाधिक ५० रन बनाउनुभयो ।यस्तै कप्तान चरिथ असलङ्काले २०, चामिका करुणारत्नेले अविजित १७ तथा कुशल परेरा र वानिन्दु हसरङ्गाले १५र१५ रन बनाए।
बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदीले तीन विकेट लिए। ह्यारिस रौफ र हुसेन टालटले दुई दुई तथा अब्रार अहमदले एक किकेट लिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०८३ - १५:४४
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष...
आषाढ़ १० गते, २०८३ - १५:२७
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। यो पछिल्लो चार महिनाकै न्यून स्तर हो। अघिल्लो दिन पनि नेप...
आषाढ़ १० गते, २०८३ - १५:१७
नेपालगन्ज। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव...
आषाढ़ १० गते, २०८३ - १५:००
काठमाडौं । भोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगित गरिएको जानकारी गराएको ...
आषाढ़ १० गते, २०८३ - १४:४७
लन्डन। स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाज १२५ अर्ब अमेरिकी डलरको सामानसहित यस क्षेत्रमा फसेको बेलायती फाइनान्सिय...
आषाढ़ १० गते, २०८३ - १४:२७
काठमाडौँ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभ...
आषाढ़ १० गते, २०८३ - १४:२२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई–तीन घण्टा लाग्न सक्ने बताएका...
आषाढ़ १० गते, २०८३ - १३:४६
काठमाडौँ । भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन समयमै सम्पन्न हुने अपेक्षा गरिए पनि कार्यतालिकाअनुसार काम सुरु नहुँदा...
आषाढ़ १० गते, २०८३ - १३:३१
काठमाडौँ। स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार ३६७नयाँ मतदाता थपिएका बताएको छ । पछिल्लो प्रति...
आषाढ़ १० गते, २०८३ - १३:१६
काठमाडौं । नेपाल प्रहरीले अब आफ्ना कर्मचारीलाई मासिक होइन, अर्धमासिक रूपमा १५/१५ दिनमा तलब दिने व्यवस्था लागू गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय...



प्रतिकृया लेख्नुहोस्: