म्याग्दी। धवलागिरि हिमालको काखमा रहेको दुर्गम बस्ती बगरका स्थानीयवासी पहिरोले सडक बगाएपछि दुई महिनादेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । जेल्टुङ–नारउरा सडक अन्तर्गत लप्सीखोल्सामा पहिरोले सडक बगाएपछि जिल्लाको धवलागिरि गाउँपालिका–४, बगर र जेल्टुङका गाउँले डोरीको सहायताले जोखिम मोलेर भिर वारपार गर्न बाध्य भएका छन् ।
सडक पहिरोले बगाएपछि गाउँबाट वडा कार्यालय, गाउँपालिका र जिल्ला सदरमुकाम जान भर्याङ र डोरीको सहायताले आवतजावत गर्नुपर्ने बाध्यता भएको वडा नम्बर ४ का वडा सदस्य तथा बगरका स्थानीय हरिप्रसाद तिलिजाले बताए। असार अन्तिमदेखि पहिरो जान थालेको र अहिले करिब आठ मिटर बाटो पूर्ण रूपमा बगाएर लगेको उनले बताए। दैनिक जसो सर्वसाधारण ओहोरदोहोर गर्ने बाटो पहिरोले बगाएपछि यहाँको जनजीवन नै कष्टकर बनेको छ । बजारबाट खाद्यान्नलगायतका सामान ढुवानी गरी गाउँमा पुर्याउनसमेत निकै गाह्रो हुन थालेको तिलिजाले बताए। उनले भने, “पहिरोले सडक बगाएको दुई महिना जति भयो । सडक नहुँदा स्थानीयले ज्यानको जोखिम मोलेर डोरीको सहायताले आवतजावत गरेका छन् । सडक निर्माणका लागि स्थानीय सरकारसँग माग गरे पनि सुनुवाइ भएको छैन ।”
तिलिजाका अनुसार जेल्टुङ र बगरगाउँमा करिब ७० घरधुरीको बसोबास छ । सहरी क्षेत्रबाट चाडपर्व मनाउन गाउँ फर्कनेलाई बाटो जोखिमपूर्ण बनेपछि समस्या भएको छ । चक्रीय धवलागिरि पदमार्गले समेटिएको बाटो पहिरोले अवरुद्ध बनेपछि पर्यटकसमेत समस्यामा परेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: