Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

म्याग्दीमा पहिरोले सडक बगाएपछि दुई महिनादेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य

खबरडबली संवाददाता

म्याग्दी। धवलागिरि हिमालको काखमा रहेको दुर्गम बस्ती बगरका स्थानीयवासी पहिरोले सडक बगाएपछि दुई महिनादेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । जेल्टुङ–नारउरा सडक अन्तर्गत लप्सीखोल्सामा पहिरोले सडक बगाएपछि जिल्लाको धवलागिरि गाउँपालिका–४, बगर र जेल्टुङका गाउँले डोरीको सहायताले जोखिम मोलेर भिर वारपार गर्न बाध्य भएका छन् । 

सडक पहिरोले बगाएपछि गाउँबाट वडा कार्यालय, गाउँपालिका र जिल्ला सदरमुकाम जान भर्‍याङ र डोरीको सहायताले आवतजावत गर्नुपर्ने बाध्यता भएको वडा नम्बर ४ का वडा सदस्य तथा बगरका स्थानीय हरिप्रसाद तिलिजाले बताए। असार अन्तिमदेखि पहिरो जान थालेको र अहिले करिब आठ मिटर बाटो पूर्ण रूपमा बगाएर लगेको उनले बताए। दैनिक जसो सर्वसाधारण ओहोरदोहोर गर्ने बाटो पहिरोले बगाएपछि यहाँको जनजीवन नै कष्टकर बनेको छ । बजारबाट खाद्यान्नलगायतका सामान ढुवानी गरी गाउँमा पुर्‍याउनसमेत निकै गाह्रो हुन थालेको तिलिजाले बताए। उनले भने, “पहिरोले सडक बगाएको दुई महिना जति भयो । सडक नहुँदा स्थानीयले ज्यानको जोखिम मोलेर डोरीको सहायताले आवतजावत गरेका छन् । सडक निर्माणका लागि स्थानीय सरकारसँग माग गरे पनि सुनुवाइ भएको छैन ।” 

तिलिजाका अनुसार जेल्टुङ र बगरगाउँमा करिब ७० घरधुरीको बसोबास छ । सहरी क्षेत्रबाट चाडपर्व मनाउन गाउँ फर्कनेलाई बाटो जोखिमपूर्ण बनेपछि समस्या भएको छ । चक्रीय धवलागिरि पदमार्गले समेटिएको बाटो पहिरोले अवरुद्ध बनेपछि पर्यटकसमेत समस्यामा परेका छन् ।    

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनताको मूल्यांकनमा अब्बल बन्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह

आपसमा गफगाफ गरेर समय खेर नफाल्न र सिकाइमा केन्द्रित हुन सुझाव

कैलालीमा बोलेरोको ठक्करबाट स्कुटरमा सवार दम्पती घाइते

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का स्थित पूर्व–पश्चिम राजमार्गमा आईतबार राति भएको सवारी दुर्घटनामा स्कुटरमा सवार श्रीमान श्रीमती घाइते भएका...

नार्कमा धान रोपेर राष्ट्रिय धान दिवस मनाइयो

काठमाडौँ । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क) मा धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको छ। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अव...

नेपालगन्ज भन्सारको राजस्व संकलन १० प्रतिशतले वृद्धि

नेपालगन्ज। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिको ...

पोखरामा कुलत बढ्दै, हिप्पीले सिकाएको बानी चुनौतीपूर्ण

कास्की। कास्कीमा मादक पदार्थ सेवन (मापसे) सँगै लागुऔषध सेवन ९लापसे० गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति यहाँ बढ्दै गएको छ । यहाँ विदेशी ना...

यसैवर्ष स्वदेश फर्कन्छु : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना

नयाँदिल्ली। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गरेको छिन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिम...

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending