Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

सिरहामा अपहरणपछि १७ वर्षीय किशोरको हत्या, मागेका थिए ५ करोड फिरौती

खबरडबली संवाददाता

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरित एक किशोरको शव फेला परेको छ। आइतबार राति अपहरणमा परेका १७ वर्षीय अभिषेक महतोको शव आज बिहान घरनजिकै आँपको बगैचामा फेला परेको हो।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहका अनुसार मृतकको शव आँपको रुखमुनि हातखुट्टा बाँधिएको अवस्थामा फेला परेको छ। शरीरमा एसिड खन्याएर हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको छ। घटना स्थल अभिषेकको घरबाट करिब १०० मिटर पूर्वमा पर्छ।

ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राति खाना खाएर नजिकैको चोकतर्फ घुम्न गएका थिए। त्यसपछि उनी घर फर्किएका थिएनन्। रातभर खोजी गर्दा पनि अभिषेक फेला नपरेपछि सोमबार बिहान परिवारले इलाका प्रहरी कार्यालयमा जानकारी गराएको थियो।

सोही दिन अभिषेककी आमाको मोबाइलमा इमो एपमार्फत अपहरणकारी समूहले पाँच करोड रुपैयाँ फिरौती माग गरेका थिए। ‘छोरा जिउँदो चाहिए पाँच करोड बुझाउ’, भन्दै पठाइएको सन्देश देखाएपछि परिवारले तुरुन्तै प्रहरीलाई सम्पर्क गरेको थियो।

तर, समयमै आवश्यक कदम नचालिएको भन्दै पीडित परिवारले प्रहरी प्रशासनमाथि गम्भीर लापरवाहीको आरोप लगाएका छन्। "सम्पूर्ण जानकारी दिएका थियौं, तर प्रहरीले समयमै उद्धार गर्न सकेन," अभिषेकका आफन्तले भने।

स्थानीयले पनि प्रहरीको ढिलासुस्तीप्रति असन्तोष व्यक्त गरेका छन्। घटनालाई अपहरण भनेर पुष्टि गर्नमै समय खर्चिएको उनीहरूको भनाइ छ।

यस सम्बन्धमा प्रहरी निरीक्षक गोबिन्द साहले भने, "घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ। संलग्नलाई छिट्टै कानुनी दायरामा ल्याइनेछ।"

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending