Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

किमको प्रस्ताव : ट्रम्पसँगका ‘मनपर्ने सम्झना’, आणविक हातियारसहित अमेरिकी वार्तामा खुला

खबरडबली संवाददाता

सियोल। उत्तर कोरियाली नेता किम जोङ उनले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ‘मनपर्ने सम्झना’ अझै ताजा रहेको बताएको छन्। उनले आफ्नो आणविक शस्त्रागार कायम राख्न पाउने हो भने अमेरिकासँग भविष्यका वार्ताका लागि खुला रहने सङ्केत दिएको छन् ।

किम र ट्रम्पबिच ट्रम्पको पहिलो कार्यकालमा तीन पटक उच्चस्तरीय शिखर बैठक भएको थियो । तर, प्योङयाङले आफ्नो आणविक कार्यक्रमबारे के छुट दिन सक्ने भन्नेमा सहमति नजुटेपछि सन् २०१९ मा हनोईमा भएको अन्तिम वार्ता असफल भयो । वर्षौंदेखि अमेरिकाले आणविक नि:शस्त्रीकरणको माग गर्दै आएको छ । यो नै दुवै देशबिचको मुख्य अड्चन हो । 

उत्तर कोरियाले भने संयुक्त राष्ट्रसङ्घका कठोर प्रतिबन्धका बिच आफ्नो आणविक र मिसाइल कार्यक्रमलाई निरन्तर अघि बढाइरहेको छ । “यदि अमेरिकाले आणविक नि:शस्त्रीकरणको भ्रम त्यागेर वास्तविकतालाई स्वीकार्छ र शान्तिपूर्ण सहअस्तित्व चाहन्छ भने हामी तयार छौँ”, किमले संसदमा दिएको विस्तृत भाषणमा भने, “म अझै पनि राष्ट्रपति ट्रम्पसँगका मनपर्ने सम्झना राख्छु ।”

तर उनले उत्तर कोरियाले आफ्नो आणविक हातियार कहिल्यै नछाड्ने स्पष्ट पारे। “अमेरिकाले अरूलाई आणविक हतियार त्याग्न बाध्य पारेपछि के हुन्छ भन्ने कुरा विश्वलाई थाहा छ । हामीले आफ्नो हतियार कहिल्यै छाड्ने छैनौँ ।” किमले प्रतिबन्धले उल्टै उत्तर कोरियालाई बलियो र आत्मनिर्भर बन्न मद्दत गरेको दाबी गरे। 

दक्षिण कोरियासँगको सम्बन्धबारे भने उनले कडा शब्दमा ‘हामीसँग उनीहरूसँग बस्नुपर्ने कुनै कारण छैन’ भन्दै कुनै पनि प्रकारको सहकार्य अस्वीकार गरे। उत्तर कोरियाले हालसालै दक्षिण कोरियालाई प्रमुख शत्रु घोषणा गर्दै दुवैलाई जोड्ने रेल र सडक अवरोध गरेको छ ।

-रूससँगको नजिक सम्बन्ध

विश्लेषकका अनुसार किम युक्रेन युद्धपछि अझ उत्साहित भएको छन् । मस्कोसँग मिलेर हजारौँ सैनिक पठाएको र ठूलो मात्रामा हतियार उपलब्ध गराएको उत्तर कोरियाले रुसबाट ठूला सुरक्षा सहयोग पाएको छ । गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्योङयाङ भ्रमणका क्रममा दुवै मुलुकले आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । सियोलले भने रुसले उत्तर कोरियालाई संवेदनशील सैन्य प्रविधि हस्तान्तरण गर्ने जोखिम बढेको पटक-पटक चेतावनी दिएको छ ।

- एपिइसी शिखर सम्मेलन र सम्भावित आश्चर्य

आगामी महिना दक्षिण कोरियाको ग्योङ्जु सहरमा हुने एशिया-प्रशान्त आर्थिक सहयोग (एपिइसी) शिखर सम्मेलनमा ट्रम्पको दक्षिण कोरिया भ्रमण अपेक्षित छ । विशेषज्ञहरूका अनुसार किमको यो टिप्पणी त्यही भ्रमणलाई लक्षित छ । “यो टिप्पणीले अनपेक्षित शिखर बैठकको सम्भावना सङ्केत गरेको छ, साथै ट्रम्पको नोबेल पुरस्कारप्रतिको चाहनालाई पनि छेडेको छ”, दक्षिण कोरियाको क्युङ्नाम विश्वविद्यालयका लिम युल-चुलले भने। पूर्व अधिकारी याङ मू-जिनका अनुसार किमको लामो भाषणले विश्वास र निराशा दुवै झल्काएको छ । विदेशी शक्तिलाई लक्षित भए पनि यसको मूल सन्देश आन्तरिकरूपमा स्थिरता कायम गर्ने थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending