लिमा। पेरुको राजधानी लिमा शहरमा शनिबार सरकारविरोधी प्रदर्शनमा सहभागी सयौं प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ । प्रदर्शनकारीहरूले ढुङ्गा र लठ्ठी प्रहार गर्दा प्रहरीले अश्रुग्यास प्रयोग गरेर भीड नियन्त्रणमा लिएको थियो ।
‘जेनेरेसन जेड’ नामक युवाहरुको समुहले आयोजना गरेको यो प्रदर्शन हाल देशमा फैलिँदो सङ्गठित अपराध, सार्वजनिक पदमा देखिएको भ्रष्टाचार र हालै पारित गरिएको पेन्सन सुधारसम्बन्धी कानुनको विरोधमा गरिएको हो ।
प्रदर्शनमा सहभागी ५४ वर्षीया ग्लाडिसले भने, “आजभन्दा पहिले देशमा बढी लोकतन्त्र थियो । अब स्थिति झन् बिग्रँदै गएको छ ।”
प्रदर्शनका क्रममा झण्डै पाँच सयजना मानिस लिमा शहरको केन्द्रमा भेला भएका थिए । प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भए पनि कार्यपालिका र संसद भवनतर्फ अगाडि बढ्ने प्रयास गर्दा स्थिति तनावपूर्ण बन्यो । त्यसपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको हो ।
प्रदर्शनमा सहभागी एक युवा सेलेन अमासिफुएनले भने,“संसदसँग जनताको कुनै विश्वास बाँकी छैन । अहिलेको संसदले देशमा अव्यवस्था मात्र फैलाएको छ ।”
स्थानीय रेडियो एक्सितोसाका अनुसार, झडपका क्रममा संस्थाका पत्रकार र क्यामेराम्यान पनि सुरक्षाकर्मीको छर्राबाट घाइते भएका छन् । प्रहरी प्रशासनका अनुसार, कम्तीमा तीन जना प्रहरी जवान पनि घाइते भएका छन् ।
हाल राष्ट्रपति पदमा रहेकी डिना बोलुआर्टेको लोकप्रियता घट्दो क्रममा छ । देशमा जबर्जस्ती असुली र अपराधका घटना बढ्दो रहँदा जनतामा सरकारप्रति असन्तुष्टि बढेको देखिएको छ । सर्वेक्षणहरूमा जनताको सरकार र संसदप्रति विश्वास कमजोर हुँदै गएको देखिएको छ ।
यसै साता संसदले पारित गरेको नयाँ कानुन अनुसार युवा वर्गलाई निजी पेन्सन कोषमा अनिवार्य रूपमा आबद्ध गराइने व्यवस्था गरिएको छ । तर, अस्थिर रोजगारीको वातावरणमा यस्तो व्यवस्था अन्यायपूर्ण भएको भन्दै आलोचना भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: