काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको मुख्य जिम्मेवारी नै २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनु रहेकाले अर्जुनदृष्टिका साथ अगाडि बढेको बताएको छन् ।
मन्त्री पद सम्हालेपछि चौथो दिन कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा आयोगका पदाधिकारी तथा सञ्चारकर्मीलाई सम्बोधन गर्दै गहृमन्त्री अर्यालले भने, ‘‘निर्वाचनको तयारी द्रुत गतिमा हुन्छ, नत्र फेरि अर्को विद्रोह जन्मन सक्छ, त्यसैले फागुन २१ को निर्वाचन सरकारको अर्जुनदृष्टिमा छ । निर्वाचन हुँदैन कि भन्नेमा शंका नगर्न र समयमै हुन्छ भन्ने सकारात्मक सोचका साथ तयारीमा जुट्न आग्रह छ ।’’
मन्त्री अर्यालले पाँच वर्षका लागि निर्वाचित भएर आएका जनप्रतिनिधि र निर्वाचित सरकार युवाहरूको आन्दोलनबाट विस्थापित भएको चर्चा गर्दै सबै राजनीतिक दल र सरोकारवालाहरूलाई निर्वाचनको तयारीमा जुट्न आह्वान पनि गरे।
मन्त्री अर्यालले भने ‘‘विद्रोहपछिको ऐतिहासिक निर्वाचन हो, यस निर्वाचनबाट जेनजी समूहलाई राजनीतिको मूल प्रवाहमा आउने वातावरण सिर्जना गर्नु छ, उहाँहरूको सहभागिताले राष्ट्र निर्माणमा ठूलो सहयोग पुग्ने छ, स्थापित दलहरू र विद्रोहबाट आएको नयाँ पुस्तालाई मान्य हुने निर्वाचनको तयारी द्रुत गतिमा हुन्छ ।’’
शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको अवसर कसरी दिलाउन सकिन्छ र अन्तर्राष्ट्रिय समुदायले पनि मान्य हुने गरी स्वच्छ, निष्पक्ष निर्वाचन गराउन सरकार दृढ छ भन्दै मन्त्री अर्यालले निर्वाचनका लागि आवश्यक पर्ने भौतिक, कानुनी संरचना तयार गरेर जान सरकार तयार रहेको बताए। उनले त्यसका लागि सरकारले अध्यादेश ल्याएर भए पनि अगाडि बढ्ने जानकारी दिए।
निर्वाचन आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गृहमन्त्रीको स्वागत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने घोषणा गरेसँगै आयोग निर्वाचनको तयारीमा जुटेको बताए।
आयोग तोकिएको समयमै निर्वाचन गराउन दृढ छ, नयाँ मतदाता थप्न कानुनी अड्चन छ, विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन कानूनी, प्रविधि, स्रोत साधनको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै उनले सबै पक्षलाई समेटेर तयार गरेको निर्वाचन विधेयक दुई वर्षदेखि मन्त्रालयमा थन्किएर बसेको जानकारी दिए।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘‘सबै दललाई निर्वाचनमा भाग लिने वातावरण सिर्जना गर्न आयोग दृढ छ, स्रोत साधनको कमी हुन सक्छ, भौतिक पूर्वाधारहरू जलेको अवस्था छन्, नयाँ मतदाता संकलन गर्नका लागि तत्काल कानुनी व्यवस्था सरकारले गर्नुपर्छ ।’’
उनले २०८२ फागुन २० गते राष्ट्रिय सभाको निर्वाचन गराउनु पर्ने जिम्मेवारी आयोगसँग रहेकाले पनि निर्वाचनको तयारीमा कुनै ढिलाइ कुनै पक्षबाट हुनुहुँदैन भने।
निर्वाचनलाई सफल बनाउन सञ्चार माध्यमलाई सकारात्मक पहल गरिदिन पनि उनले पटक पटक आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - १७:२९
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन समीक्षा र पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्न सातै प्रदेशमा संयोजक ...
चैत्र १७ गते, २०८२ - १७:०८
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिवार्य अभिमुखीकरण तालिमको शुल्क नबढेको स्पष्ट पारेको छ। विभागले जारी गरेको सू...
चैत्र १७ गते, २०८२ - १६:४२
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् । उक्त कार्यालयबाट सेवाग्राही...
चैत्र १७ गते, २०८२ - १६:३३
काठमाडौं । व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन चलिरहेकाले उनलाई अध्यागमनको कालोसू...
चैत्र १७ गते, २०८२ - १६:१८
काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय...
चैत्र १७ गते, २०८२ - १६:०१
काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने बताएको छन् । राष्ट्रिय खे...
चैत्र १७ गते, २०८२ - १५:३३
काठमाडौँ। ‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
चैत्र १७ गते, २०८२ - १५:०८
काठमाडौं । .प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग जारी छलफलको क्रममा आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेट गरेका ...
चैत्र १७ गते, २०८२ - १४:३१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गरेको छन् । मंगलबार दिउँसो गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका अधिकारीसँग ...
चैत्र १७ गते, २०८२ - १४:१२
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गरेको छ। मन्...


प्रतिकृया लेख्नुहोस्: