कावासोती। जेनजी आन्दोलनको कारण महँगी बढन थालेपछि पूर्वी नवलपरासीमा बजारमा २० प्रतिशत माथि महँगी बढेको स्थानीयबासीको भनाइ छ ।
भदौ २३ गतेदेखि चलेको जेनजी आन्दोलनले बजारमा पाइने दैनिक उपभोग्य बस्तुुमा चर्को मूल्य वृद्धि हुुन थाले पछि उद्योग बाणिज्य सँघले समेत स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको गैंडाकोट उद्योग बाणिज्य सँघका अध्यक्ष दिपक सापकोटाले बताए। खाने तेलदेखि नुन,तरकारी देखि साबुन लगायत हरेक बस्तुमा मनोमानी ढँगले मूल्य बढेपछि बाध्य भएर चर्को मूल्यमा सामान किनेर खान परेको गैंडाकोट नगरपालिका १५ अमरापुुरीका किसान शिबकुमारी रानाभाटले बताए ।
दैनिक उपभोग्यका बस्तुमा भएको चर्को मूल्यले किसानहरु खान बाध्य भए पनि कहीँ कतैबाट यसको नियन्त्रण हुन नसकेको हुपसेकोट गाउँपालिकाका किसान भीम बहादुर सारु मगरले बताए। अहिले नजिकिएका चाडपर्बलाई लक्षित गरेर र जेनजीका आन्दोलनका कारण जथाभाबी गरिएको मूल्य वृद्धिले धेरै स्थानीय पीडित बन्दै जान थालेपछि जिल्ला अनुुगमन समितिले जिल्ला भरि रहेका पसल देखि होटल सम्म तरकारी पसल देखि ब्यापारी सम्मका घरघरमा पुुगेर कडाईका साथ छानबीन थालेको प्रमुख जिलला अधिकारी भबिश्वर पाण्डेले बताए।
पूर्बी नवलपरासीका सबै ठाउँमा ब्यवसायीहरुले सामान बिक्रीका नाममा चर्को मूल्य कायम गरि बिक्री बितरण गर्न थाले पछि नागरिक स्तरमा समेत यसको छानबीन हुन थालेको देबचुली उद्योग बाणिज्य सँघका सँस्थापक अध्यक्ष धर्मराज बस्यालले बताए।
जिल्लामा अहिले जेनजीका नाममा भएको आन्दोलनले स्थानीय स्तरमा महँगी बढाएको छ भने महँगीको कारण उनहिरुमा नैराश्यता छाएकाले यसलाई तत्काल रोक्न पनि नागरिक स्तरबाट आवाज उठेको कावासोती नगरपालिका १ का अमरसिहँ बिकले बताए।
स्थानीय प्रशासनले जिल्ला भरि अनुगमन थाले सँगै महँगीमा बिक्री गर्ने जो कसैलाई पनि पक्राउ गरेर कारबाही गर्न सूचना जारी गरे पछि महँगी घटने अनुुमान गरिएको जिल्ला प्रशासनले जनाएको छ । जिल्लामा २० प्रतिशत माथि महँगी बढेसँगै नजिकिएको ठुला चाडपर्बमा अझै महँगी बढ्ने भएकाले जिल्ला प्रशसनले यसलाई कडाईका साथ नियन्त्रण गर्न अघि बढ्नुपर्ने गैंडाकोट नगरपालिका ५ का नागरिक समाजका अगुवा नारायण प्रसाद गौडेलले बताए।
दैनिक उपभोग्यका बस्तुमा मनपरी मूल्य वृद्धि भएपछि सर्बसाधारण नागरिकको दैनिकी समेत कसरी चल्ने भन्ने अन्यौलले थप सास्ती खेप्नु परेको र यसलाई तत्काल नियन्त्रण गर्न स्थानीय प्रशासन सँग माग गरिएको मध्यबिन्दु नगरपालिका ३ का सुभाष चन्द्र नेपालले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १६:५७
काठमाडौँ। ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ । त्र...
मंसिर २१ गते, २०८२ - १६:४१
एमाले महाधिवेशन तयारी स् नवयुग इ–बुलेटिन शुभारम्भ
मंसिर २१ गते, २०८२ - १६:२७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने दाबी गरेका छन्। अहिले धेरैले ‘फेरि त्यही पुर...
मंसिर २१ गते, २०८२ - १६:०४
बुटवल । दाङको लमहीमा गोली चल्दा एकजना घाइते भएका छन् । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली ...
मंसिर २१ गते, २०८२ - १५:५७
काठमाडौँ। विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२६ को विश्वकप फुटबलको ड्र सार्वजनिक गरेको छ । फिफाले अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार राति विश्वकप ड्र...
मंसिर २१ गते, २०८२ - १५:३५
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ। टस जितेका चितवनका कप्तान कुशल मल्लले पहिला ब्याटि...
मंसिर २१ गते, २०८२ - १५:१८
काठमाडौँ । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण...
मंसिर २१ गते, २०८२ - १५:०४
बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको ...
मंसिर २१ गते, २०८२ - १४:४२
काठमाडौँ। काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाध...
मंसिर २१ गते, २०८२ - १४:२९
काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...




प्रतिकृया लेख्नुहोस्: