Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

लमजुङमा डेङ्गु संक्रमणको जोखिम बढ्दै, ९३ जनामा पुष्टि

खबरडबली संवाददाता

लमजुङ । लमजुङमा डेङ्गु संक्रमणको जोखिम बढ्दै गएको छ । सदरमुकामसहित जिल्लाका विभिन्न भागमा डेंगु संक्रमितहरु बढ्दै गएका हुन् ।

बेसीशहरस्थित प्रदेश अस्पतालसहित जिल्लाका विभिन्न स्थानीय तहहरुमा रहेका स्वास्थ्य केन्द्रहरुमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगुका बिरामी उपचारका लागि आउनेको संख्या बढ्दै गएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार जिल्लामा साउन र भदौ महिनामा मात्रै ९३ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । बसोबासका आधारमा प्राप्त तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा धेरै बेसीशहरमा डेङ्गु संक्रमित देखिएका छन् ।

दुई महिनाको अवधिमा बेसीशहरका मात्रै ३० जनामा डेङ्गु संक्रमण पुष्टि भएको कार्यालय प्रमुख प्रविण खनालले जानकारी दिए। सोबाहेक जिल्लाको राइनास नगरपालिकामा १७ जना, मस्र्याङ्दी गाउँपालिकामा ११ जना, दोर्दी गाउँपालिकामा आठजना, मध्यनेपाल, दुधपोखरी र क्व्होलासोँथारमा एकएक जनामा डेंगु सक्रमण देखिएको छ । त्यसैगरी जिल्लाबाहिरका आठजना पनि डेङ्गु संक्रमण भएर स्वास्थ्य संस्थामा उपचार गर्न आएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

गत आर्थिक वर्षमा मात्रै जिल्लामा पाँच सयभन्दा बढीलाई डेङ्गु संक्रमण भएको थियो । गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म मात्रै जिल्लामा पाँचसय २९ जनामा डेंगु संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख खनालले जानकारी दिए । 

डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि बेंसीसहरमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएपनि प्रभावकारी बन्न सकेको छैन् । डेङ्गु सङ्क्रमण रोकथामका लागि लार्भा खोज र नष्ट गर अभियानको सुरुवात गरिएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा संक्रममण न्यूनिकरण हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

डेङ्गु फैलन नदिन लामखुट्टेको प्रजनन् र वृद्धि हुने स्थान वा वस्तुहरु पहिचान गरेर सबै नागरिकहरु जागरुकका साथ लागिपर्ने हो भने न्यूनीकरण गर्न सकिने बेंसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै दाजुको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट: सुलभ अग्रवाल र दीपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौं।  सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...

हेटौँडाको रातोमाटेमा गाडी दुर्घटना, छ जना घाइते

मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...

तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

लालपुर्जा, नागरिकता र सीमा सुरक्षाको माग गर्दै सुस्तावासीको माइतीघरमा धर्ना

काठमाडौं । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले लालपुर्जा वितरण, नेपाली नागरिकता र सीमा सुरक्षालगायतका माग राख्दै मंगलबार काठमाडौंको माइतीघर मण्डलाम...

एमबीबीएस–बीडीएस विद्यार्थीको प्रदर्शन, परीक्षा प्रणाली सुधार गर्न ६ बुँदे माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले शैक्षिक प्रणालीमा सुधा...

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन

विराटनगर । कोशी प्रदेशसभाको आज दिउँसो १:०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए । कोशी प्रदेशस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending