तनहुँ। तनहुँ जिल्लामा डेंगु सङ्क्रमण तीव्र रुपमा फैलिरहेको छ । भदौ २९ गते आइतबारसम्म जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा गरी १५३ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार जिल्लाभर डेंगुको जोखिम बढ्दै गए पनि सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिका प्रभावित बनेको छ । “हालसम्म सङ्क्रमणको अवस्था नियन्त्रण योग्य छ, तर नागरिकले सावधानी अपनाएनन् भने थप फैलिन सक्ने खतरा छ,” कँडेलले चेतावनी दिए।
जिल्लाका अन्य पालिकामा समेत डेंगु क्रमश: फैलिरहेको छ । बन्दीपुर गाउँपालिकामा १५ जना, भिमाद नगरपालिकामा १४ जना, म्याग्दे गाउँपालिकामा १३ जना, आँबुखैरेनी र व्यास नगरपालिकामा नौ/नौ जना सङ्क्रमित भेटिएका छन् । त्यस्तै, घिरिङ गाउँपालिकामा चार जना, सबैभन्दा थोरै भानु नगरपालिका, देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकामा छन् । ति पालिकामा एक/एक गरी तीन जनामा सङ्क्रमण भएको छ । यस्तै अन्य जिल्ला स्थायी घर भई हाल तनहुँ जिल्लामा जिल्लामा बसोबास गर्ने थप १२ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार आवश्यक सतर्कता नअपनाए सङ्क्रमण अझै फैलिन सक्ने चिन्ता छ । जनस्वास्थ्य कार्यालयले डेंगु रोकथामका लागि सरसफाइलाई प्रमुख प्राथमिकता दिन आग्रह गरेको छ । विशेषगरी घर वरपर जम्ने पानी तत्काल फाल्ने, ट्याङ्की वा ग्यालिन जस्ता भाँडाकुँडामा ढक्कन लगाउने, मच्छरदानी प्रयोग गर्ने र बिहान–साँझ लामखुट्टे सक्रिय हुने समयमा शरीर पुरै ढाक्ने कपडा लगाउन सुझाव दिइएको छ ।
भिमाद नगरपालिकाकाको उपप्रमुख शारदा खनालले नागरिकको सक्रियता अत्यावश्यक रहेको बताए। “फगिङ र सचेतनामूलक अभियान नगरपालिका स्तरबाट भइरहेको छ । तर लामखुट्टेको प्रजननस्थल नहटाएसम्म डेंगु नियन्त्रण असम्भव हुन्छ, त्यसैले हरेक घरपरिवार सक्रिय हुनुपर्छ,” उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १०:५३
सुलीकोट। गोरखामा आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा स्वास्थ्य जाँच गर्दा २८ जना बालबालिका कुपोषण लागेको अवस्थामा भेटिएका छन् । जिल्ला भरका ११ वटा...
मंसिर २१ गते, २०८२ - ०९:५७
काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाब...
मंसिर २० गते, २०८२ - १७:०४
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्। हाम्रो पार्टी नेपालका...
मंसिर २० गते, २०८२ - १६:४४
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...
मंसिर २० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...
मंसिर २० गते, २०८२ - १६:२६
खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ। खोटाङको खोटेहाङ...
मंसिर २० गते, २०८२ - १६:०४
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...
मंसिर २० गते, २०८२ - १५:५२
नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...
मंसिर २० गते, २०८२ - १५:४७
काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...
मंसिर २० गते, २०८२ - १५:३६
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...




प्रतिकृया लेख्नुहोस्: