Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

तनहुँ जिल्लामा डेंगु सङ्क्रमण तीव्र रुपमा फैलिदै

खबरडबली संवाददाता

तनहुँ। तनहुँ जिल्लामा डेंगु सङ्क्रमण तीव्र रुपमा फैलिरहेको छ । भदौ २९ गते आइतबारसम्म जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा गरी १५३ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार जिल्लाभर डेंगुको जोखिम बढ्दै गए पनि सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिका प्रभावित बनेको छ । “हालसम्म सङ्क्रमणको अवस्था नियन्त्रण योग्य छ, तर नागरिकले सावधानी अपनाएनन् भने थप फैलिन सक्ने खतरा छ,” कँडेलले चेतावनी दिए।

जिल्लाका अन्य पालिकामा समेत डेंगु क्रमश: फैलिरहेको छ । बन्दीपुर गाउँपालिकामा १५ जना, भिमाद नगरपालिकामा १४ जना, म्याग्दे गाउँपालिकामा १३ जना, आँबुखैरेनी र व्यास नगरपालिकामा नौ/नौ जना सङ्क्रमित भेटिएका छन् । त्यस्तै, घिरिङ गाउँपालिकामा चार जना, सबैभन्दा थोरै भानु नगरपालिका, देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकामा छन् । ति पालिकामा एक/एक गरी तीन जनामा सङ्क्रमण भएको छ । यस्तै अन्य जिल्ला स्थायी घर भई हाल तनहुँ जिल्लामा जिल्लामा बसोबास गर्ने थप १२ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार आवश्यक सतर्कता नअपनाए सङ्क्रमण अझै फैलिन सक्ने चिन्ता छ । जनस्वास्थ्य कार्यालयले डेंगु रोकथामका लागि सरसफाइलाई प्रमुख प्राथमिकता दिन आग्रह गरेको छ । विशेषगरी घर वरपर जम्ने पानी तत्काल फाल्ने, ट्याङ्की वा ग्यालिन जस्ता भाँडाकुँडामा ढक्कन लगाउने, मच्छरदानी प्रयोग गर्ने र बिहान–साँझ लामखुट्टे सक्रिय हुने समयमा शरीर पुरै ढाक्ने कपडा लगाउन सुझाव दिइएको छ ।

भिमाद नगरपालिकाकाको उपप्रमुख शारदा खनालले नागरिकको सक्रियता अत्यावश्यक रहेको बताए। “फगिङ र सचेतनामूलक अभियान नगरपालिका स्तरबाट भइरहेको छ । तर लामखुट्टेको प्रजननस्थल नहटाएसम्म डेंगु नियन्त्रण असम्भव हुन्छ, त्यसैले हरेक घरपरिवार सक्रिय हुनुपर्छ,” उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार प्रधानमन्त्रीका सल्लाहकारलाई कसले दियो ?

काठमाडौँ। नेकपा एमालेले प्रधानमन्त्रीका सल्लाहकारहरूको भूमिका र अधिकारबारे प्रश्न उठाउँदै संवैधानिक अङ्गका प्रमुख तथा न्यायाधीशलाई बोलाएर निर्देशन दिन...

पूर्वमन्त्री विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौँ। पूर्वमन्त्री तथा एमाले नेता विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ। पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। व्...

लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएको छन्...

जनताको मूल्यांकनमा अब्बल बन्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह

आपसमा गफगाफ गरेर समय खेर नफाल्न र सिकाइमा केन्द्रित हुन सुझाव

कैलालीमा बोलेरोको ठक्करबाट स्कुटरमा सवार दम्पती घाइते

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का स्थित पूर्व–पश्चिम राजमार्गमा आईतबार राति भएको सवारी दुर्घटनामा स्कुटरमा सवार श्रीमान श्रीमती घाइते भएका...

नार्कमा धान रोपेर राष्ट्रिय धान दिवस मनाइयो

काठमाडौँ । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क) मा धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको छ। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अव...

नेपालगन्ज भन्सारको राजस्व संकलन १० प्रतिशतले वृद्धि

नेपालगन्ज। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिको ...

पोखरामा कुलत बढ्दै, हिप्पीले सिकाएको बानी चुनौतीपूर्ण

कास्की। कास्कीमा मादक पदार्थ सेवन (मापसे) सँगै लागुऔषध सेवन ९लापसे० गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति यहाँ बढ्दै गएको छ । यहाँ विदेशी ना...

यसैवर्ष स्वदेश फर्कन्छु : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना

नयाँदिल्ली। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गरेको छिन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिम...

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending