Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

देशभर १५३ स्थानमा दसैं लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

खबरडबली संवाददाता

काठमाडौं । दसैं र अन्य चाडपर्वलाई लक्षित गर्दै सरकारले सोमबारदेखि देशभर सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ। उपभोक्तालाई सहज रूपमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यसहित काठमाडौँ उपत्यकासहित १५३ स्थानमा यी पसल सञ्चालनमा आएका हुन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका १११ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसनले २९ जिल्लाका ४२ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न थालेका हुन्।

यी पसलमार्फत दैनिक उपभोग्य वस्तुहरूमा प्रतिकेजी वा प्रतिलिटर पाँचदेखि १० रुपैयाँसम्म छुट दिइनेछ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार पसलहरूबाट चामल, दाल, गेडागुडी, तेल, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटी, फापर, चिनो, कागुनोजस्ता कर्णालीका रैथाने उत्पादनसमेत सुपथ मूल्यमा बिक्री गरिनेछ।

कम्पनीले विभिन्न खाद्यवस्तुमा छुट दिँदा सरकारले त्यसको बराबरको रकम शोधभर्ना स्वरूप उपलब्ध गराउनेछ। यस वर्ष करिब दुई करोड ५२ लाख रुपैयाँ बराबरको सहुलियत दिने तयारी गरिएको छ।

काठमाडौँ उपत्यकामा थापाथली, रामशाहपथ, नक्खु, सूर्यविनायक, दक्षिणकाली, गोदावरी, चाँगुनारायण लगायत स्थानमा बिक्री केन्द्र स्थापना गरिएको छ। यस्तै, घुम्ती सेवा मार्फत पनि पसल सञ्चालन गरिने कम्पनीले जनाएको छ।

यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसनले पनि काठमाडौँ उपत्यकाका ११ स्थानसहित तीन वटा मोबाइल भ्यानमार्फत १४ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। उपत्यकाबाहिरका २२ जिल्लामा पनि मागका आधारमा पसल विस्तार गरिनेछ।

कर्पोरेसनले चिनीमा प्रतिकेजी पाँच रुपैयाँ, नुनमा दुई रुपैयाँ, र तेल, चामल, चिउरा, पिठोमा सात रुपैयाँसम्म छुट दिने जनाएको छ। कालीमाटीस्थित केन्द्रीय कार्यालयसहित सतुङ्गल, ललितपुर, बालाजु, गौशाला, कपन, कौशलटार, भक्तपुर, कोटेश्वर, जाउलाखेल र स्वयम्भूमा बिक्री केन्द्र सञ्चालनमा आएका छन्।

कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीका अनुसार एक उपभोक्ताले अधिकतम ६ केजी नुन, दुई केजी चिनी, र समान परिमाणमा चामल, तेल, दाल तथा चिउरा खरिद गर्न पाउने व्यवस्था गरिएको छ।

सरकारको यो पहलले चाडपर्वको समयमा बजारमा कृत्रिम अभाव तथा मूल्यवृद्धि नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

म्याग्दी ।  यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...

बीमा बोर्ड भन्यो- बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छ

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...

अध्यक्ष ओली पक्राउको विरोध प्रदर्शनमा न्यून सहभागिता भएपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी...

पूर्णबहादुरको आह्वानमा देउवा समूहको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्...

काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौं । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । आज बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् ।  ...

बाँदर आतंकले किसान हैरान, बासस्थान छाड्न बाध्य

काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...

श्रीलङ्कामा विद्युत्को मूल्य करिब ४० प्रतिशतले वृद्धि

इन्धन बचत गर्न सार्वजनिक बिदा र घरबाटै काम गर्ने व्यवस्था

आजको मौसम- यी प्रदेशमा हुँदैछ मेघगर्जनसहित वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...

भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...

चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट

चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending