काठमाडौं। सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासोको तत्काल सम्बोधन गरी यातायात व्यवस्थापनमा सहजीकरण गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।
आज बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्नेसहित छबुँदे निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए।
आज उनको अध्यक्षतामा बसेको बैठक बसेको थियो । उक्त समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख तथा यातायात व्यवसायी राष्ट्रिय महासङ्घ अध्यक्षलगायत सरोकारवाला सहभागी हुनेछन् ।
यस्तै बैठकले चाडपर्वको समयमा उपत्यकाबाट बाहिर जाने सवारीसाधनको प्राविधिक जाँच एवं आवश्यकता अनुसार यात्रु सहायता कक्ष निर्माण गर्ने निर्णय पनि भएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले राससलाई बताए।
उनका अनुसार बैठकले वर्तमान परिस्थिति एवं चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुलाई सहजै गन्तव्य स्थलसम्म जानसक्ने गरी यातायातको व्यवस्थापन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायत सरोकारवाला सबैलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन एवं कार्यालयको यकिन गरी उचित क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने, ट्राफिक प्रहरीका लागि अत्यावश्यक पर्ने सामग्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक सुरक्षा परिषद्लगायतबाट उपलब्ध गराउने निर्णय भएको छ ।
बैठकले आन्दोलनका क्रममा लुटपाट गरिएका हतियारलगायत सामग्री सवारीसाधनबाट ओसारपसार हुन नपाउनेगरी तत्काल सूचना जारी गर्ने निर्णय पनि गरेको सिटौलाले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - १७:२९
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन समीक्षा र पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्न सातै प्रदेशमा संयोजक ...
चैत्र १७ गते, २०८२ - १७:०८
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिवार्य अभिमुखीकरण तालिमको शुल्क नबढेको स्पष्ट पारेको छ। विभागले जारी गरेको सू...
चैत्र १७ गते, २०८२ - १६:४२
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् । उक्त कार्यालयबाट सेवाग्राही...
चैत्र १७ गते, २०८२ - १६:३३
काठमाडौं । व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन चलिरहेकाले उनलाई अध्यागमनको कालोसू...
चैत्र १७ गते, २०८२ - १६:१८
काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय...
चैत्र १७ गते, २०८२ - १६:०१
काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने बताएको छन् । राष्ट्रिय खे...
चैत्र १७ गते, २०८२ - १५:३३
काठमाडौँ। ‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
चैत्र १७ गते, २०८२ - १५:०८
काठमाडौं । .प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग जारी छलफलको क्रममा आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेट गरेका ...
चैत्र १७ गते, २०८२ - १४:३१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गरेको छन् । मंगलबार दिउँसो गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका अधिकारीसँग ...
चैत्र १७ गते, २०८२ - १४:१२
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गरेको छ। मन्...


प्रतिकृया लेख्नुहोस्: