काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सृजनात्मक युवापुस्ताको सोच बमोजिम भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता दिन अठोटका साथ काम गर्न निर्देशन दिएको छिन् ।
सिंहदबारमा आज पद बहालीपछि उच्च पदस्थ कर्मचारीलाई निर्देशन दिँदै उनले आफू पदको रसास्वादन गर्न नभई युवाको चाहना बमोजिम सेवा गर्न आएकाले छ महिनाभित्र निर्वाचनबाट नयाँ संसद्लाई जिम्मेवारी दिने उदेश्यका साथ आएको स्पष्ट गरिन्।
“कुन परिस्थितिबाट अन्तरिम सरकार बन्यो यहाँलाई विदितै छ । ठुलो जनधनको क्षति भएको छ । मुख्य निकायका प्रमाण र अभिलेख नष्ट हुँदा शून्यमा पुगेका छौँ । सुरक्षा निकायलाई दिइएका सवारी साधन जलेका छन् । हत्याहिंसा भएको छ । अत्याश्यक निकायलाई छानीछानी आक्रमण गरिएको छ । यसको अनुसन्धान हुन बाँकी छ”, उनले भनिन्, “नेपाली नै भएर यो काम गरेको हो भने लाज लाग्नुपर्ने हो । यस्तो घटना नेपालमा पहिलो पटक भएको हो । हाम्रा मुख्य भवनहरू अनुहार देखाउन नमिल्ने भएका छन् । यो षडयन्त्र नियोजित हो कि भन्ने लागेको छ । अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।”
प्रधानमन्त्री कार्कीले क्षतिपूर्ति र पुन:निर्माणका काम देशमा उपलब्ध स्रोत साधन प्रयोग गरेर बनाउनुपर्छ भन्ने आफूलाई लागेको बताउँदै यो मुलुकविरुद्ध गरेको नृशंस कार्यको एकताबद्ध भएर, जनतालाई गुहारेर सामना गर्नुपर्नेमा जोड दिइन
। “म हिजो महाराजगन्ज जाँदा त्यहाँ जलेको प्रहरीवृत्त बनाउने जिम्मा त्यहाँका व्यवसायीले लिन्छौँ भनिन्, मैले उहाँहरूलाई धन्यवाद दिएँ । हामी सबै यसरी नै मिलौँ । एकले अर्काको आलोचना नगरौँ । मलाई सहयोग गर्नुहोस् ।”
मुख्यसचिव एकनारायण अर्यालले क्षति भएका सरकारी संरचनाको पुन:स्थापना गरी सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने चुनौती रहेको बताए। उनले सबै जिल्लाका सरकारी कार्यालय र सुरक्षा निकायका भवनमा क्षति भएको जानकारी दिँदै पुन:संरचनाका लागि बजेटको व्यवस्था गरी प्राथमिकताका आधारमा पुन:निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
जेनजी समूहको यही भदौ २३ र २४ गतेको आन्दोलनपछिको उत्पन्न स्थितिपछि यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले आज गृह मन्त्रालयका लागि निर्माण गरिएको भवनमा पदबहाली गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: