काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएसँगै जनस्तरमा सकारात्मक धारणा देखिएको छ । जेन–जी पुस्ताको आन्दोलनपछि सरकार ढलेसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कार्कीलाई संविधानको धारा ६१ (४) अनुसार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् । मुलुकको वर्तमान परिस्थितिको निकासका लागि कार्की उत्तम विकल्प भएको नागरिकले धारणा राखेका छन् । मुलुकको आवश्यकताअनुसार प्रधानमन्त्री कार्कीप्रति भरोसा गरेर एकताबद्ध भई अगाडि बढ्नुपर्ने उनीहरूको धारणा छ ।
एक दशकदेखि सत्तामा राज गरिरहेका शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई परास्त गर्नु नै विजय भएको युवा अमृत चापागाईंले बताए । उनले मुलुकलाई सही दिशामा अघि बढाउन युवा नेताहरू एकजुट हुनुपर्ने बताए । उनले कार्कीको नेतृत्व मुलुकका लागि आशाको आधार बन्न सक्ने विश्वास समेत व्यक्त गरे ।
उनले भने, ‘देशले नयाँ अभिभावक पाएको छ । अब मध्यावधि निर्वाचन हुँदैछ । यसप्रति हामी सकारात्मक हुनुपर्छ । विगत दश वर्षदेखि शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रधानमन्त्री भइराख्नुभएको थियो । अहिले नयाँ नेतृत्व आएको छ । अब मुलुकमा परिवर्तन हुन्छ भन्ने आशा राखेका छौँ ।’
वरिष्ठ अधिवक्ता देवराज कटुवालले कानुनको ज्ञान भएको र देशलाई माया गर्ने व्यक्तिलाई नेतृत्व दिनु सकारात्मक रहेको धारणा व्यक्त गरे । उनले तत्कालका लागि मुलुकको सङ्कट टरेको भए पनि भविष्यमा आउन सक्ने चुनौतीसँग जुध्नका लागि प्रधानमन्त्री कार्की तयार भएर बस्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘अहिलेको परिस्थितिमा यो भन्दा उत्तम विकल्प अरू थिएन । मुलुकमा परिवर्तन धेरै भए पनि जनताले महसुस गर्न नपाएको अवस्थामा विकल्पको रूपमा कानुन जानेको र देशलाई माया गर्ने मान्छे भएको कारण यो सकारात्मक सन्देश देखिएको छ । उहाँबाट आस गर्न सकिन्छ । तर यस अगाडिका पाइलाहरू धेरै नै अप्ठ्यारा छन् । त्यसकारण अब सबैलाई समेटेर अगाडि बढ्नुपर्छ ।’
अर्का युवा गणेश चौलागाईंले अस्तव्यस्त राजनीतिक परिस्थितिमा अनुभवी व्यक्तिले नेतृत्व लिनु मुलुकका लागि सकारात्मक सङ्केत सङ्केत भएको बताए । उनले युवाहरूको क्रान्तिको जगमा टेकेर मुलुकलाई समृद्ध बनाउने दिशामा अगाडि बढ्नुपर्ने बताए । मध्यावधि निर्वाचनबाट आउने नेतृत्वले युवा पलायनको अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘अहिलेको विकसित घटनाक्रम हेर्दा अनुभवी मान्छे नै प्रधानमन्त्री बस्दा राम्रो हो । अहिले सबैतिर अस्तव्यस्त भएको छ । सुशीला कार्की प्रधानमन्त्री हुनु राम्रो हो । अब हामी विदेश जानु नपरोस् ।’
नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरिसकेका छन् । साथै फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभा चुनावको मिति तोकिएको छ । (
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २७ गते, २०८२ - २०:२८
काठमाडौं । बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनको भाडा बढाउने तयारी गरिएको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको उपस्थितिमा बसेको भाडा न...
चैत्र २७ गते, २०८२ - २०:१९
इनरुवा। सुनसरीको कोसी गाउँपालिका–८ भण्टावारीस्थित इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले हुन्डी कारोबारको आशङ्कामा दुई जनालाई नियन्त्...
चैत्र २७ गते, २०८२ - १७:२३
काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टीलाई ‘पूर्वका राईहरूको पार्टी’ भनि भ्रम प्रवाहित भएको भन्दै आफ्नो पार्टी कुनै क्षेत्र वा जातविश...
चैत्र २७ गते, २०८२ - १७:२०
लेखनाथ। कास्कीको पोखरा महानगरपालिका–९ मा बुधबार साँझ एक महिलाको बीभत्स हत्या भएको छ । शिवालय चोकबाट सभागृह चोकतर्फ जाँदै गर्दा पोखरा–१८, सेदी निवासी ४...
चैत्र २७ गते, २०८२ - १७:१२
काठमाडौँ। सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा कुनै पनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्ट पारेको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत...
चैत्र २७ गते, २०८२ - १७:०५
काठमाडौँ। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौँ) शंकर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर...
चैत्र २७ गते, २०८२ - १६:५७
काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति असन्तुष्टि व्यक्त गरेको छ। उप...
चैत्र २७ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। श...
चैत्र २७ गते, २०८२ - १६:३६
काठमाडौं । रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनप्रति प्रतिनिधि सभा बैठकले धन्यवाद ज्ञापन गरेको छ। शुक्रबार संयुक्त सदनमा राष...
चैत्र २७ गते, २०८२ - १६:२७
काठमाडौं । रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफूहरूले धोका नदिएको स्पष्ट पारेका छन्। सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारक...


प्रतिकृया लेख्नुहोस्: