कञ्चनपुर। कञ्चनपुर कारागारमा १४३ कैदी फिर्ता भएका छन् । ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट निस्किएका १४३ कैदीबन्दी कारागारको सम्पर्कमा आएका हुन् ।
आन्दोलनकारीहरुले कारागारमै आएर कुटपिट गरेर कैदी निकालेपछि अहिले कैदीबन्दीहरु सम्पर्कमा आउन थालेको कारागार प्रशासनले जनाएको छ । कञ्चनपुर कारागार प्रशासनका अनुसार, शुक्रवार बिहानसम्म १४३ कैदीबन्दी कारागार फिर्ता भएका छन् ।
४७९ कैदी बन्दी रहेको कारागारमा गत मंगलबार झन्डै साढे चारसय कैदी बन्दी निस्किएका थिए । कारागार प्रशासनका अनुसार, अझै ३ सय १७ कैदी कारागार बाहिर छन् । कञ्चनपुर कारागारमा लागुऔषध मुद्दाका अत्यधिक कैदी बन्दी रहेका छन् ।
कारागार प्रशासनका निमित्त जेलर रामदत्त जोशीका अनुसार, कारागारमा १३ भारतीय नागरिकसहित १४९ पुरुष र ६ महिला गरी १६८ कैदी बन्दी लागू औषध मुद्दाका रहेका छन् ।
यसैगरी जबरजस्ती करणी उद्योगका १ विदेशीसहित ९८ जना पुरुष र २ महिला कैदी छन् । कारागारमा कर्तव्य ज्यान मुद्दाका ५८ जना, ज्यान मार्ने उद्योगका ८ जना, मानव बेचबिखन तथा ओसार पसारमा १८ जना, चोरीतर्फ ६५ जना, ठगी मुद्दाका ९ जना, सवारी ज्यान मुद्दाका १० जना, वन्यजन्तु मुद्दाका १ जना, बहु विवाह मुद्दाका ११ जना, साङ्गठनिक अपराधका ७ जना र विविध मुद्दा अन्तर्गत १० जना कैद भोगिरहेका छन् । कारागारबाट निस्किएका कैदीहरूलाई फिर्ता ल्याउन प्रयासरत रहेको कारागार प्रशासनले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - १७:२९
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन समीक्षा र पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्न सातै प्रदेशमा संयोजक ...
चैत्र १७ गते, २०८२ - १७:०८
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिवार्य अभिमुखीकरण तालिमको शुल्क नबढेको स्पष्ट पारेको छ। विभागले जारी गरेको सू...
चैत्र १७ गते, २०८२ - १६:४२
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् । उक्त कार्यालयबाट सेवाग्राही...
चैत्र १७ गते, २०८२ - १६:३३
काठमाडौं । व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन चलिरहेकाले उनलाई अध्यागमनको कालोसू...
चैत्र १७ गते, २०८२ - १६:१८
काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय...
चैत्र १७ गते, २०८२ - १६:०१
काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने बताएको छन् । राष्ट्रिय खे...
चैत्र १७ गते, २०८२ - १५:३३
काठमाडौँ। ‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
चैत्र १७ गते, २०८२ - १५:०८
काठमाडौं । .प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग जारी छलफलको क्रममा आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेट गरेका ...
चैत्र १७ गते, २०८२ - १४:३१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गरेको छन् । मंगलबार दिउँसो गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका अधिकारीसँग ...
चैत्र १७ गते, २०८२ - १४:१२
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गरेको छ। मन्...


प्रतिकृया लेख्नुहोस्: