काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले अन्तरिम प्रधानमन्त्री बन्ने तयारीमा रहेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सात बुँदामा सुझाव दिएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले कार्कीलाई बधाई दिंदै हालैको जेन(जी आन्दोलनपछि देशले खोजिरहेको नेतृत्व र न्यायको अपेक्षा पूरा गर्न आग्रह गरे। आन्दोलनमा भएका मृत्यु, घाइते र क्षतिको पुनर्निर्माण नै प्राथमिक कार्य हुनुपर्ने उनको भनाइ छ।
बस्नेतले अघि सारेका सात बुँदा यसप्रकार छन् :
मृतक र घाइतेलाई न्याय तथा क्षतिपूर्तिः उच्चस्तरीय छानबिन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन ल्याउनुपर्ने।
राहत तथा पुनर्स्थापना कोषः प्रभावित श्रमिक र परिवारका लागि तलब, उपचार र अस्थायी आवासको व्यवस्था।
न्यायिक कारबाहीः प्रमाणमा आधारित कारबाहीमार्फत दोषीलाई कानूनी दायरामा ल्याउने।
सुरक्षा र सम्पत्ति संरक्षणः निजी व्यवसाय, विद्यालय, अस्पताल र सार्वजनिक संरचनाको सुरक्षा र बीमा दावी छिटो टुंग्याउने।
रोजगारी र आर्थिक पुनरुत्थानः कर छुट, सीप तालिम र रोजगार ग्यारेन्टी कार्यक्रम ल्याउने।
शिक्षा र नागरिक सेवा सञ्चालनः विद्यालय–कलेज खोल्ने र अस्थायी मोबाइल टोलीमार्फत नागरिक सेवाहरू उपलब्ध गराउने।
पारदर्शी पुनर्निर्माणः रकम र समयसीमा सार्वजनिक गर्दै नागरिक समाजलाई अनुगमन गर्ने अधिकार दिने।
बस्नेतले कार्की नेतृत्वको सरकारले पारदर्शिता, दृढता र सहयोगका आधारमा अघि बढे मात्रै जनताको भरोसा फर्कने बताए। दशैं–तिहार नजिकिएकाले पुनर्निर्माण र शान्ति स्थापना तत्काल थाल्नुपर्ने उनको जोड छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: