काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले अन्तरिम प्रधानमन्त्री बन्ने तयारीमा रहेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सात बुँदामा सुझाव दिएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले कार्कीलाई बधाई दिंदै हालैको जेन(जी आन्दोलनपछि देशले खोजिरहेको नेतृत्व र न्यायको अपेक्षा पूरा गर्न आग्रह गरे। आन्दोलनमा भएका मृत्यु, घाइते र क्षतिको पुनर्निर्माण नै प्राथमिक कार्य हुनुपर्ने उनको भनाइ छ।
बस्नेतले अघि सारेका सात बुँदा यसप्रकार छन् :
मृतक र घाइतेलाई न्याय तथा क्षतिपूर्तिः उच्चस्तरीय छानबिन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन ल्याउनुपर्ने।
राहत तथा पुनर्स्थापना कोषः प्रभावित श्रमिक र परिवारका लागि तलब, उपचार र अस्थायी आवासको व्यवस्था।
न्यायिक कारबाहीः प्रमाणमा आधारित कारबाहीमार्फत दोषीलाई कानूनी दायरामा ल्याउने।
सुरक्षा र सम्पत्ति संरक्षणः निजी व्यवसाय, विद्यालय, अस्पताल र सार्वजनिक संरचनाको सुरक्षा र बीमा दावी छिटो टुंग्याउने।
रोजगारी र आर्थिक पुनरुत्थानः कर छुट, सीप तालिम र रोजगार ग्यारेन्टी कार्यक्रम ल्याउने।
शिक्षा र नागरिक सेवा सञ्चालनः विद्यालय–कलेज खोल्ने र अस्थायी मोबाइल टोलीमार्फत नागरिक सेवाहरू उपलब्ध गराउने।
पारदर्शी पुनर्निर्माणः रकम र समयसीमा सार्वजनिक गर्दै नागरिक समाजलाई अनुगमन गर्ने अधिकार दिने।
बस्नेतले कार्की नेतृत्वको सरकारले पारदर्शिता, दृढता र सहयोगका आधारमा अघि बढे मात्रै जनताको भरोसा फर्कने बताए। दशैं–तिहार नजिकिएकाले पुनर्निर्माण र शान्ति स्थापना तत्काल थाल्नुपर्ने उनको जोड छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - २०:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...
चैत्र १४ गते, २०८२ - २०:३०
काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...
चैत्र १४ गते, २०८२ - २०:२४
काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...
चैत्र १४ गते, २०८२ - २०:१९
काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...
चैत्र १४ गते, २०८२ - १९:४०
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...
चैत्र १४ गते, २०८२ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...
चैत्र १४ गते, २०८२ - १९:३३
सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...
चैत्र १४ गते, २०८२ - १९:१९
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...
चैत्र १४ गते, २०८२ - १९:१७
हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...
चैत्र १४ गते, २०८२ - १९:११
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...



प्रतिकृया लेख्नुहोस्: