Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

देउकुमारको कृषि फार्ममा तीस लाखको रायोको साग

खबरडबली संवाददाता

झापा । भद्रपुर नगरपालिका–१ का देउकुमार लिङ्देनको कृषि फार्ममा यति बेला रायोको साग बिक्रीका लागि तयार भएको छ । उनले यस वर्ष दुई स्थानमा गरी एक बिघा जमिनमा बेमौसमी रायोको साग लगाएका छन् । 

“दैनिक चार पाँच क्विन्टल जति उत्पादन हुन्छ”, लिङ्देनले भने, “बजारमा प्रतिकेजी रु एक सयदेखि १२० सम्ममा बिक्री हुँदै आएको छ । यसपालि मनग्य आम्दानी होला जस्तो छ ।” 

उनले यस सिजनमा मात्र रु ३० लाखको साग बिक्री गर्ने लक्ष्य सुनाउनुभयो । “लगानी र खर्च कटाएर रु १० लाख नाफा हुन्छ भन्ने आशा छ”, लिङ्देनले भने,“गत वर्ष १५ कट्ठामा लगाएको साग खेतीबाट रु १८ लाख आम्दानी भएको थियो ।”

वैदेशिक रोजगारीको सिलसिलामा ११ वर्ष मलेसिया बसेर फर्किएका लिङ्देनले स्वदेशमै परिवारसँगै बसेर व्यवसाय गर्ने उद्देश्यले २०७३ मा लिङ्देन कृषि फार्म सुरु गरेका थिए । त्यसयता उनले बर्सेनि साग बेचेरै उल्लेख्य आर्जन गर्दै आएका छन् ।

लिङ्देनले उत्पादन गरेको साग चन्द्रगढी, भद्रपुर मात्र नभएर र बिर्तामोड नगरपालिकास्थित कृषि थोक बजारमा बिक्री हुँदै आएको छ । उनले १० वटा पोखरीमा माछापालनसमेत गरिरहेको बताए। सोही माछा पोखरीको डिलमा समेत साग उत्पादन हुँदै आएको छ । मलेसियामा हुँदा सागसब्जी र फूलखेतीमा काम गरेको अनुभवले आफ्नै देशमा केही गर्न सहज भएको लिङ्देनको भनाइ छ ।  

भद्रपुर–१ मा भइरहेको व्यावसायिक खेतीमा १८ जनाले रोजगारी पाइरहेका छन् । उनीहरूले फार्ममा साग गोड्ने, मल हाल्ने, टिप्ने र बजार लैजाने कार्यमा सहयोग गर्छन् । “सुरुमा लाभदायक हुन्छ कि हुँदैन भनेर दुई कट्ठाबाट साग उत्पादन सुरु गरेको थिए । उत्पादन र त्यसको मागसमेत राम्रो भएपछि खेती बढाएर एक बिघामा बिस्तार गरेको हुँ । मौसमीभन्दा बेमौसमी खेतीबाटै फाइदा लिइरहेको छु”, लिङ्देनले भने।  

कात्तिक–मङ्सिरमा अरूले पनि साग उत्पादन गर्ने र भाउ नहुने हुँदा आफूले सधैँ साउन–भदौ महिनामै बेमौसमी साग उत्पादन गर्दै आएको उनले बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी । यहाँका एक जना किसानले एक सय २० मुरी धान फलाएका छन् । मङ्गला गाउँपालिका–२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गरेका ...

निर्वाचन आउन ४८ दिन बाँकी: यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिई जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन्...

रवि लामिछानेबारे महान्यायाधिवक्ताको कार्यालयको नयाँ निर्णयको अर्थ र सम्भाव्य असर

काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending