Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

कांग्रेस र एमालेको चेतावनी- संविधान बाहिर जान खोजे मुलुक फेरि अशान्तिको चपेटामा पर्छ

राष्ट्रपतिलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । दुई दिनयता उत्कर्षमा पुगेको ‘जेन–जी आन्दोलन’का बीच प्रमुख विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले संविधानसम्मत, कानुनी र लोकतान्त्रिक बाटोबाट मात्र समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले संयुक्त वक्तव्य जारी गर्दै आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले अर्को विज्ञप्ति जारी गरी राष्ट्रपतिलाई समेत जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

कांग्रेस र एमाले दुवैले देशमा अराजकता बढ्न सक्ने खतरा औंल्याउँदै विधिविहीनता अस्वीकार्य हुने चेतावनी दिएका छन्। उनीहरूका अनुसार अहिलेको आन्दोलन जेन–जी पुस्ताको आवाज भए पनि त्यसमा स्वार्थ समूहको हस्तक्षेपले हिंसात्मक रूप लिएको छ।

कांग्रेस महामन्त्रीहरूका अनुसार, संविधानभन्दा बाहिर जान खोजे मुलुक फेरि अशान्तिको चपेटामा पर्न सक्छ। उनीहरूले वार्ताबाटै समाधान खोज्नुपर्ने र नयाँ राजनीतिक संरचना बनाउँदा संविधानिक रिक्तता नआउने खालको वैधानिक बाटो अवलम्बन गर्न सुझाव दिएका छन्।

एमालेले पनि लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई कमजोर पार्ने कुनै पनि सहमति अस्वीकार्य हुने जनाएको छ। पार्टीका नेताहरूले प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न संकटको समाधान संविधान र लोकतान्त्रिक प्रक्रियाबाटै खोजिनुपर्ने बताएका छन्।

दुवै दलले आन्दोलनको नाममा भइरहेको हिंसा, आगजनी, लुटपाट र ध्वंसप्रति चिन्ता व्यक्त गर्दै छानबिन तथा दोषीमाथि कारबाही हुनुपर्ने माग गरेका छन्। एमालेले नेपाली सेनालगायत सुरक्षा निकायलाई शान्ति र सुरक्षा कायम गर्न आह्वानसमेत गरेको छ।

संकटकालीन अवस्थामा सबै पक्षले संयम र सहकार्य अपनाउनुपर्नेमा कांग्रेसले जोड दिएको छ भने जनताको जिउधन, सार्वजनिक सम्पत्तिको रक्षा र शान्तिको पुनर्स्थापनाका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा एमालेले बल दिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी । यहाँका एक जना किसानले एक सय २० मुरी धान फलाएका छन् । मङ्गला गाउँपालिका–२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गरेका ...

निर्वाचन आउन ४८ दिन बाँकी: यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिई जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन्...

रवि लामिछानेबारे महान्यायाधिवक्ताको कार्यालयको नयाँ निर्णयको अर्थ र सम्भाव्य असर

काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending