काठमाडौं । दुई दिनयता उत्कर्षमा पुगेको ‘जेन–जी आन्दोलन’का बीच प्रमुख विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले संविधानसम्मत, कानुनी र लोकतान्त्रिक बाटोबाट मात्र समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले संयुक्त वक्तव्य जारी गर्दै आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले अर्को विज्ञप्ति जारी गरी राष्ट्रपतिलाई समेत जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
कांग्रेस र एमाले दुवैले देशमा अराजकता बढ्न सक्ने खतरा औंल्याउँदै विधिविहीनता अस्वीकार्य हुने चेतावनी दिएका छन्। उनीहरूका अनुसार अहिलेको आन्दोलन जेन–जी पुस्ताको आवाज भए पनि त्यसमा स्वार्थ समूहको हस्तक्षेपले हिंसात्मक रूप लिएको छ।
कांग्रेस महामन्त्रीहरूका अनुसार, संविधानभन्दा बाहिर जान खोजे मुलुक फेरि अशान्तिको चपेटामा पर्न सक्छ। उनीहरूले वार्ताबाटै समाधान खोज्नुपर्ने र नयाँ राजनीतिक संरचना बनाउँदा संविधानिक रिक्तता नआउने खालको वैधानिक बाटो अवलम्बन गर्न सुझाव दिएका छन्।
एमालेले पनि लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई कमजोर पार्ने कुनै पनि सहमति अस्वीकार्य हुने जनाएको छ। पार्टीका नेताहरूले प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न संकटको समाधान संविधान र लोकतान्त्रिक प्रक्रियाबाटै खोजिनुपर्ने बताएका छन्।
दुवै दलले आन्दोलनको नाममा भइरहेको हिंसा, आगजनी, लुटपाट र ध्वंसप्रति चिन्ता व्यक्त गर्दै छानबिन तथा दोषीमाथि कारबाही हुनुपर्ने माग गरेका छन्। एमालेले नेपाली सेनालगायत सुरक्षा निकायलाई शान्ति र सुरक्षा कायम गर्न आह्वानसमेत गरेको छ।
संकटकालीन अवस्थामा सबै पक्षले संयम र सहकार्य अपनाउनुपर्नेमा कांग्रेसले जोड दिएको छ भने जनताको जिउधन, सार्वजनिक सम्पत्तिको रक्षा र शान्तिको पुनर्स्थापनाका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा एमालेले बल दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - ०८:०७
काठमाडौं । कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...
चैत्र १९ गते, २०८२ - ०८:०३
काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...
चैत्र १९ गते, २०८२ - ०७:५६
काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...
चैत्र १९ गते, २०८२ - ०७:४९
जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध
चैत्र १९ गते, २०८२ - ०७:४४
काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...
चैत्र १९ गते, २०८२ - ०७:३९
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...
चैत्र १९ गते, २०८२ - ०७:३५
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...
चैत्र १९ गते, २०८२ - ०७:२३
काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...
चैत्र १९ गते, २०८२ - ०७:१९
काठमाडौँ । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...
चैत्र १९ गते, २०८२ - ०७:१५
आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव


प्रतिकृया लेख्नुहोस्: