काठमाडौं । काठमाडौंसहित देशैभरि ‘जेनजी’ आन्दोलन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेका छन् । सोमबार ओलीले राजीनामा गरेका हुन् । आइतबारबाट सुरु भएको जेनजी आन्दोलन चर्किंदैजाँदा देशैभरि ठूलो जनधनको क्षति भएको छ ।
‘सम्वत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकामा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकासका र समस्या समाधानका थप पहलका लागि संविधानको धारा ७७(१)क बमोजिम आजैका मितिदेखि लागू हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ ओलीले दिएको राजीनामापत्रमा उल्लेख गरिएको छ ।
आन्दोलनकारी, बुद्धिजीवी, नागरिक समाज, राजनीतिक दललगायतकाले ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने चौतर्फी दबाब दिँदैआएका थिए । ओलीले राजीनामा गरे पनि आन्दोलन रोकिएको छैन ।
जेनजी पुस्ताको आन्दोलन सुरु भएको २७ घण्टामा प्रधानमन्त्री ओलीले सत्तात्याग गरेका छन् । सोमबार १० बजे माइतीघरबाट सुरु भएको आन्दोलनले २७ घण्टामा काठमाडौं उपत्यकाका सम्पूर्ण प्रहरी कार्यालय, संसद्, सिंहदरबार, कब्जा भएपछि प्रधानमन्त्रीबाट राजीनामा गरेर ओली वालुवाटारबाट हेलिकोप्टर चढेर निस्किए पनि कहाँ छन् भनेर खुलेको छैन । आन्दोलनकारीले सिंहदरबारमा प्रवेश गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न कार्यालयमा तोडफोडका साथै आगजनी गरेका छन् ।
देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार, संघीय संसद् भवन, सर्वो च्च अदालतसहित प्रमुख दलका शीर्ष नेताहरूको घरमा आन्दोलनकारीले आगजनी गरेका छन् । यस्तै, आन्दोलनकारीले राष्ट्रपति कार्यालय शीतलनिवास, राष्ट्रपतिको निजी निवास, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास भै ंसेपाटीसहित भीआईपीहरूको सरकारी कार्यालय एवं निवासमा आगजनी गरेका छन् ।
काठमाडौं उपत्यकामा रहेको नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहितका पार्टी कार्यालयमा आगजनी एवं तोडफोड गरिएको छ ।
यस्तै, काठमाडौ उपत्यकामा रहेका पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, मन्त्री, सांसद एवं नेताहरूको घरमा समेत आगजनी भएको छ । भाटभटेनी सुपरमार्के ट, हिल्टनलगायतका होटलहरूदेखि व्यापारिक कम्प्लेक्स जलेर खरानी भएका छन् । कान्तिपुर मिडिया ग्र ुपले सञ्चालन गरेको दैनिक पत्रिका, टेलिभिजन र रेडियोमा आगजनी भएको छ भने अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा आगजनी गरिएको छ ।
आइतबारको आन्दोलनमा प्रहरीको गोली प्रहारबाट युवा तथा विद्यार्थीको निर्मम हत्या एवं घाइते भएपछि आक्रोशित आन्दोलनकारीले नेताको घरमा आगजनी एवं तोडफोड गरेका छन् । ओलीको बालकोट र झापाको दमकमा रहेको घरमा आगजनी गरिएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भंगालस्थित निवास, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दर्जनभन्दा बढी मन्त्री र पूर्वमन्त्रीका घरमा आन्दोलनकारीले आगजनी गरेका छन् ।
कतिपय मन्त्री, नेताहरूले भागेर ज्यान जोगाउन सफल भएका छन् भने कतिलाई आन्दोलनकारीले लखेटेका छन् । प्रदेशसभादेखि पालिकाको कार्यालयमा समेत आन्दोलनकारीले प्रवेश गर्दै तोडफोड एवं आगजनी गरेका छन् । विभिन्न जिल्लामा रहेका नेताहरूको घरमा समेत आगजनी एवं तोडफोड भएको छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - ०८:३२
मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...
चैत्र १८ गते, २०८२ - ०८:२७
काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...
चैत्र १८ गते, २०८२ - ०७:३८
काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...
चैत्र १८ गते, २०८२ - ०७:२७
काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...
चैत्र १८ गते, २०८२ - ०७:२४
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...
चैत्र १८ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...
चैत्र १८ गते, २०८२ - ०७:१९
बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...
चैत्र १८ गते, २०८२ - ०७:१४
काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...
चैत्र १७ गते, २०८२ - ०९:१०
म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...
चैत्र १७ गते, २०८२ - ०९:०८
काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...


प्रतिकृया लेख्नुहोस्: