Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

राजीनामा दिएर कहाँ भागे प्रधानमन्त्री ओली ?

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंसहित देशैभरि ‘जेनजी’ आन्दोलन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेका छन् । सोमबार ओलीले राजीनामा गरेका हुन् । आइतबारबाट सुरु भएको जेनजी आन्दोलन चर्किंदैजाँदा देशैभरि ठूलो जनधनको क्षति भएको छ ।

‘सम्वत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकामा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकासका र समस्या समाधानका थप पहलका लागि संविधानको धारा ७७(१)क बमोजिम आजैका मितिदेखि लागू हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ ओलीले दिएको राजीनामापत्रमा उल्लेख गरिएको छ । 

आन्दोलनकारी, बुद्धिजीवी, नागरिक समाज, राजनीतिक दललगायतकाले ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने चौतर्फी दबाब दिँदैआएका थिए । ओलीले राजीनामा गरे पनि आन्दोलन रोकिएको छैन ।

जेनजी पुस्ताको आन्दोलन सुरु भएको २७ घण्टामा प्रधानमन्त्री ओलीले सत्तात्याग गरेका छन् । सोमबार १० बजे माइतीघरबाट सुरु भएको आन्दोलनले २७ घण्टामा काठमाडौं उपत्यकाका सम्पूर्ण प्रहरी कार्यालय, संसद्, सिंहदरबार, कब्जा भएपछि प्रधानमन्त्रीबाट राजीनामा गरेर ओली वालुवाटारबाट हेलिकोप्टर चढेर निस्किए पनि कहाँ छन् भनेर खुलेको छैन । आन्दोलनकारीले सिंहदरबारमा प्रवेश गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न कार्यालयमा तोडफोडका साथै आगजनी गरेका छन् ।

देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार, संघीय संसद् भवन, सर्वो च्च अदालतसहित प्रमुख दलका शीर्ष नेताहरूको घरमा आन्दोलनकारीले आगजनी गरेका छन् । यस्तै, आन्दोलनकारीले राष्ट्रपति कार्यालय शीतलनिवास, राष्ट्रपतिको निजी निवास, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास भै ंसेपाटीसहित भीआईपीहरूको सरकारी कार्यालय एवं निवासमा आगजनी गरेका छन् ।

काठमाडौं उपत्यकामा रहेको नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहितका पार्टी कार्यालयमा आगजनी एवं तोडफोड गरिएको छ ।

यस्तै, काठमाडौ उपत्यकामा रहेका पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, मन्त्री, सांसद एवं नेताहरूको घरमा समेत आगजनी भएको छ । भाटभटेनी सुपरमार्के ट, हिल्टनलगायतका होटलहरूदेखि व्यापारिक कम्प्लेक्स जलेर खरानी भएका छन् । कान्तिपुर मिडिया ग्र ुपले सञ्चालन गरेको दैनिक पत्रिका, टेलिभिजन र रेडियोमा आगजनी भएको छ भने अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा आगजनी गरिएको छ ।

आइतबारको आन्दोलनमा प्रहरीको गोली प्रहारबाट युवा तथा विद्यार्थीको निर्मम हत्या एवं घाइते भएपछि आक्रोशित आन्दोलनकारीले नेताको घरमा आगजनी एवं तोडफोड गरेका छन् । ओलीको बालकोट र झापाको दमकमा रहेको घरमा आगजनी गरिएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भंगालस्थित निवास, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दर्जनभन्दा बढी मन्त्री र पूर्वमन्त्रीका घरमा आन्दोलनकारीले आगजनी गरेका छन् ।

कतिपय मन्त्री, नेताहरूले भागेर ज्यान जोगाउन सफल भएका छन् भने कतिलाई आन्दोलनकारीले लखेटेका छन् । प्रदेशसभादेखि पालिकाको कार्यालयमा समेत आन्दोलनकारीले प्रवेश गर्दै तोडफोड एवं आगजनी गरेका छन् । विभिन्न जिल्लामा रहेका नेताहरूको घरमा समेत आगजनी एवं तोडफोड भएको छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

हाम्रो समाजलाई शान्ति र सद्भावको ठुलो आवश्यकता छ : प्रचण्ड

काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...

ओलीको अभिव्यक्तिको संकेत- शक्तिप्रदर्शन या प्रश्न छल्ने चाल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending