काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनसँग वार्ताको तयारी गर्दै प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ। सेनाले बुधबार बिहान ८ बजेभित्र वार्ता टोलीका सदस्यहरूको नाम दिन अनुरोध गरेको हो।
यो प्रस्तावपछि जेनजी आन्दोलनका विभिन्न समूहहरूमा आन्तरिक छलफल चलिरहेको छ। समूहहरू राजनीतिक सचेतता राख्ने मात्र नभई, आर्थिक क्षेत्रमा पनि दक्षता भएका व्यक्तिहरूलाई वार्तामा पठाउनेबारे विचार गरिरहेका छन्।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको सम्भावित सहभागिताबारे अझै स्पष्ट भइसकेको छैन। उनी जेनजी प्रतिनिधिको हैसियतमा वार्तामा जाने कि स्वतन्त्र रूपमा सहभागिता जनाउने भन्नेबारे समूहभित्र छलफल जारी छ।
यसअघि, राष्ट्रपति कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गर्दै सबै पक्षलाई वार्तामा आउन आह्वान गरेको थियो। त्यससँगै, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले भिडियो सन्देश जारी गर्दै आन्दोलन तत्काल रोकेर वार्तामा सहभागिता जनाउन अपिल गरेका थिए।
सेनाको सहजीकरणमा वार्ता प्रक्रियालाई अघि बढाउने तयारी भइरहेको छ। सामाजिक सञ्जालमार्फत बालेन शाहले संसद विघटनपछि नागरिक सरकार गठनको पक्षमा जनमत जाहेर गर्दै वार्ताका लागि सेना प्रमुखसँग संवाद आवश्यक रहेको बताएका थिए।
तर वार्ताको ढाँचा, एजेन्डा र सम्भावित समाधानको मार्गचित्र भने अझै स्पष्ट भइसकेको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: