Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

ओलीको पतन अत्यधिक दम्भ र संवैधानिक अपराधको परिणाम

खबरडबली संवाददाता

काठमाडौं । जेनजेड पुस्ताको आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः राजीनामा दिन बाध्य भएका छन् । सोमबार मात्रै २० जनाको ज्यान जाने र सयौँ घाइते हुने घटनापछि मुलुकभरी आक्रोश चुलिँदा मंगलबार दिउँसो ओलीले पदत्याग गरेका हुन्।

सत्ता सम्हालेको १६ महिनाभित्रै सर्वाधिक क्रूर र दम्भी शासकको रुपमा आलोचित बनेका ओलीको राजनीतिक अवसान पनि असामान्य शैलीमै भएको छ। सोमबारदेखि राजधानीसहित देशभर आन्दोलन चर्किँदै जाँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतलगायत राज्यका प्रमुख निकाय आन्दोलनकारीको कब्जामा पुगेका थिए। यस क्रममा शीर्ष नेताका निजी निवाससमेत जलाइए।

२० जनाको आमहत्या र त्यसपछिको निरन्तर दमनले प्रधानमन्त्री ओलीविरुद्धको जनआक्रोश झन् बढ्यो। मंगलबार बिहान बानेश्वरमा गोली लागेर थप एक जनाको मृत्यु भएपछि परिस्थिति असन्तुलित बन्दै गयो। सुरक्षाकर्मीहरूले समेत नियन्त्रण बाहिर गएको घोषणा गरेपछि सरकार पूर्णतः असहाय देखियो।

राजनीतिक विश्लेषकहरूले ओलीको पतनलाई ‘अत्यधिक दम्भ र संवैधानिक अपराधको परिणाम’ भनेका छन्। उनी यसअघि दुई–दुई पटक संसद् विघटन गरेर आलोचनामा परेका थिए। त्यतिबेलाको असंवैधानिक कदमलाई सजाय नपाउँदा आजको त्रासदी निम्तिएको टिप्पणीसमेत भइरहेको छ।

राजनीतिक इतिहासका ‘क्रूर बादशाह’हरूको सूचीमा ओली सबैभन्दा माथि राखिने विश्लेषण हुँदैछ। संसद् विघटनदेखि सोमबार–मंगलबारको जनधनको क्षतिको जिम्मेवारी उनले लिनैपर्छ भन्नेमा आमसहमति बनेको छ।

अब मुलुकले अन्तरिम व्यवस्थाको खोजी गर्दै अघि बढ्ने अनुमान गरिएको छ। तर ओलीको पतन मुलुकमा अराजकताको आगो सल्काएर मात्रै सम्भव भएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा भेरी करिडोर अनुगमन

सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...

महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा

महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति: प्रतिवेदन

काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...

निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने

काठमाडौँ ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...

सुडान अस्पताल आक्रमणमा मृतक सङ्ख्या ७० पुग्यो : विश्व स्वास्थ्य सङ्गठन

काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...

इनरुवामा फहराइयो नेपालकै अग्लो राष्ट्रिय झण्डा

काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए...

भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...

आगलागीबाट १० बिघामा लगाइएको उखु खेती नष्ट

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: