Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

ओलीको पतन अत्यधिक दम्भ र संवैधानिक अपराधको परिणाम

खबरडबली संवाददाता

काठमाडौं । जेनजेड पुस्ताको आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः राजीनामा दिन बाध्य भएका छन् । सोमबार मात्रै २० जनाको ज्यान जाने र सयौँ घाइते हुने घटनापछि मुलुकभरी आक्रोश चुलिँदा मंगलबार दिउँसो ओलीले पदत्याग गरेका हुन्।

सत्ता सम्हालेको १६ महिनाभित्रै सर्वाधिक क्रूर र दम्भी शासकको रुपमा आलोचित बनेका ओलीको राजनीतिक अवसान पनि असामान्य शैलीमै भएको छ। सोमबारदेखि राजधानीसहित देशभर आन्दोलन चर्किँदै जाँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतलगायत राज्यका प्रमुख निकाय आन्दोलनकारीको कब्जामा पुगेका थिए। यस क्रममा शीर्ष नेताका निजी निवाससमेत जलाइए।

२० जनाको आमहत्या र त्यसपछिको निरन्तर दमनले प्रधानमन्त्री ओलीविरुद्धको जनआक्रोश झन् बढ्यो। मंगलबार बिहान बानेश्वरमा गोली लागेर थप एक जनाको मृत्यु भएपछि परिस्थिति असन्तुलित बन्दै गयो। सुरक्षाकर्मीहरूले समेत नियन्त्रण बाहिर गएको घोषणा गरेपछि सरकार पूर्णतः असहाय देखियो।

राजनीतिक विश्लेषकहरूले ओलीको पतनलाई ‘अत्यधिक दम्भ र संवैधानिक अपराधको परिणाम’ भनेका छन्। उनी यसअघि दुई–दुई पटक संसद् विघटन गरेर आलोचनामा परेका थिए। त्यतिबेलाको असंवैधानिक कदमलाई सजाय नपाउँदा आजको त्रासदी निम्तिएको टिप्पणीसमेत भइरहेको छ।

राजनीतिक इतिहासका ‘क्रूर बादशाह’हरूको सूचीमा ओली सबैभन्दा माथि राखिने विश्लेषण हुँदैछ। संसद् विघटनदेखि सोमबार–मंगलबारको जनधनको क्षतिको जिम्मेवारी उनले लिनैपर्छ भन्नेमा आमसहमति बनेको छ।

अब मुलुकले अन्तरिम व्यवस्थाको खोजी गर्दै अघि बढ्ने अनुमान गरिएको छ। तर ओलीको पतन मुलुकमा अराजकताको आगो सल्काएर मात्रै सम्भव भएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेन्सर बोर्डले ल्यायो नयाँ कार्यविधिः अब फिल्ममा कैँची नचल्ने, वर्गीकरण गरिने

काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । से...

कांग्रेसको आधिकारिकता विवादमाथि आयोगको अध्ययन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको आधिकारिकता दाबीमाथि निर्वाचन आयोगले अध्ययन सुर...

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।   समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

कार्यवाहक सभापति खड्काले आज २ बजे पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । खड्काले नेता शेखर कोइरालासहित आज...

कांग्रेस संस्थापन पक्ष आयोगमा, ८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले आफूहरू नै आधिकारिक पार्टी भएको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएको छ । कार...

आजपनि बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो...

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

काठमाडौँ । झापा, नवलपरासी र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । झापाको बिर्ताम...

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

पाेखरा । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ ।  कास्कीका सहायक प्रमुख जि...

प्रदर्शनकारीका शव फिर्ता गर्न इरानी अधिकारीले करोडौँ तोमान मागेको खुलासा

काठमाडाैं । इरानमा हालै भएका विरोध प्रदर्शनका क्रममा मारिएका व्यक्तिहरूका शव परिवारलाई फिर्ता दिन सरकारी सुरक्षा निकायले ठुलो रकम मागिरहेको खुलासा भएक...

निर्वाचन आयोगमा सुरक्षाकर्मीको संख्या बढाइयो

काठमाडौँ । निर्वाचन आयोग परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवाद र सोही सन्दर्भमा नेता–कार्यकर्ताहरू...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending