Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

जेन-जी प्रदर्शन : देशभर ३४७ जना घाइते, कुन अस्पतालमा कति उपचाररत ?

खबरडबली संवाददाता

काठमाडौं । सोमबार देशभर भएको जेन-जी आन्दोलनका क्रममा घाइते भएका ३४७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारी तथा निजी गरी ११ वटा अस्पतालमा उनीहरूको उपचार भइरहेको हो।

मन्त्रालयका अनुसार सबैभन्दा बढी घाइते सिभिल (निजामती कर्मचारी) अस्पतालमा भर्ना भएका छन्। यहाँ १०० जनाको उपचार भइरहेको छ भने १५ जनालाई वीर र ट्रमा सेन्टरमा रिफर गरिएको छ। सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ।

ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन्, जसमा ८ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयले ट्रमा सेन्टरलाई विपद् व्यवस्थापन योजना अनुरूप आकस्मिक घाइतेहरूका लागि विशेष ध्यान दिन निर्देशन दिएको छ।

एभरेस्ट अस्पतालमा १०२ जना घाइते उपचारमा छन्, जसमध्ये ७ जना गम्भीर अवस्थामा छन्। यहाँ पनि ३ जनाको मृत्यु भएको छ।

अन्य अस्पतालहरूको अवस्था यस प्रकार छ:

वीर अस्पताल: ६ जना उपचाररत
पाटन अस्पताल: ४ जना गम्भीर घाइते
काठमाडौं मेडिकल कलेज (केएमसी): ३७ जना, जसमा ६ जनाको शल्यक्रिया आवश्यक
त्रिवि शिक्षण अस्पताल: १८ जना
नर्भिक अस्पताल: ३ जना
गण्डकी मेडिकल कलेज, पोखरा: १ जना
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान: २ जना
दमक अस्पताल, झापा: ७ जना
विराट मेडिकल कलेज, विराटनगर: ४ जना

स्वास्थ्य मन्त्रालयले आवश्यक उपचार व्यवस्था मिलाउन सबै अस्पतालहरूलाई निर्देशन दिइसकेको छ। मृतक संख्या बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै अस्पतालहरूमा आपतकालीन तयारी अवस्थामा राखिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending