काठमाडौं । सोमबार देशभर भएको जेन-जी आन्दोलनका क्रममा घाइते भएका ३४७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारी तथा निजी गरी ११ वटा अस्पतालमा उनीहरूको उपचार भइरहेको हो।
मन्त्रालयका अनुसार सबैभन्दा बढी घाइते सिभिल (निजामती कर्मचारी) अस्पतालमा भर्ना भएका छन्। यहाँ १०० जनाको उपचार भइरहेको छ भने १५ जनालाई वीर र ट्रमा सेन्टरमा रिफर गरिएको छ। सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ।
ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन्, जसमा ८ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयले ट्रमा सेन्टरलाई विपद् व्यवस्थापन योजना अनुरूप आकस्मिक घाइतेहरूका लागि विशेष ध्यान दिन निर्देशन दिएको छ।
एभरेस्ट अस्पतालमा १०२ जना घाइते उपचारमा छन्, जसमध्ये ७ जना गम्भीर अवस्थामा छन्। यहाँ पनि ३ जनाको मृत्यु भएको छ।
अन्य अस्पतालहरूको अवस्था यस प्रकार छ:
वीर अस्पताल: ६ जना उपचाररत
पाटन अस्पताल: ४ जना गम्भीर घाइते
काठमाडौं मेडिकल कलेज (केएमसी): ३७ जना, जसमा ६ जनाको शल्यक्रिया आवश्यक
त्रिवि शिक्षण अस्पताल: १८ जना
नर्भिक अस्पताल: ३ जना
गण्डकी मेडिकल कलेज, पोखरा: १ जना
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान: २ जना
दमक अस्पताल, झापा: ७ जना
विराट मेडिकल कलेज, विराटनगर: ४ जना
स्वास्थ्य मन्त्रालयले आवश्यक उपचार व्यवस्था मिलाउन सबै अस्पतालहरूलाई निर्देशन दिइसकेको छ। मृतक संख्या बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै अस्पतालहरूमा आपतकालीन तयारी अवस्थामा राखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - ०८:३२
मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...
चैत्र १८ गते, २०८२ - ०८:२७
काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...
चैत्र १८ गते, २०८२ - ०७:३८
काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...
चैत्र १८ गते, २०८२ - ०७:२७
काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...
चैत्र १८ गते, २०८२ - ०७:२४
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...
चैत्र १८ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...
चैत्र १८ गते, २०८२ - ०७:१९
बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...
चैत्र १८ गते, २०८२ - ०७:१४
काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...
चैत्र १७ गते, २०८२ - ०९:१०
म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...
चैत्र १७ गते, २०८२ - ०९:०८
काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...


प्रतिकृया लेख्नुहोस्: