काभ्रेपलाञ्चोक । जिल्लामा अवैध रूपमा सञ्चालित ‘कन्सल्टेन्सी’लाई जिल्ला प्रशासन कार्यालय धुलिखेलले ठगी मुद्दा चलाएर कार्वाहीको तयारी गरेको छ । गत बिहीबार अनुगमनका क्रममा भेटिएका अवैध रुपमा सञ्चालित कन्सल्टेन्सीलाई प्रशासनले कार्वाहीको तयारी गरेको हो ।
जिल्लामा एक सयभन्दा बढी कन्सल्टेन्सी सञ्चालनमा रहेको प्रशासनको प्रारम्भिक अनुगमनमा भेटिएको जनाइएको छ । स्थानीय प्रशासनले अनुगमनका क्रममा क्रमशः सम्बन्धित कन्सल्टेन्सी कार्यालयमा पुगेर प्रमाण खोज्ने र अनुमति नलिएकालाई कानुनअनुसार ठगी ऐनअन्तर्गत कार्वाहीको तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले बताए । उनका अनुसार कन्सल्टेन्सी सञ्चालनसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा नभएकालाई बन्द गराइने तयारी भइरहेको हो ।
“अनुगमनका क्रममा मापदण्ड पूरा नगरी कन्सल्टेन्सी सञ्चालनमा ल्याएको भए तत्कालै सेवा बन्द गर्न निर्देशन दिने काननुी व्यवस्था छ”, श्रेष्ठले भने । शुक्रबारका अनुगमनका क्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरमा अवैध रुपमा सञ्चालित ६ वटा कन्सल्टेन्सी बन्द गर्न निर्देशन दिइएको थियो । जिल्लास्तरीय अनुगमन समितिले गरेको अनुगमनका क्रममा अवैध रुपमा सञ्चालित कन्सल्टेन्सी बन्द गर्न निर्देशन दिएको हो । समितिले बनेपा नगरमा सञ्चालन हुँदै आएका करिब एक सयमध्ये १५ कन्सल्टेन्सीको अनुगमन गरेको जनाएको छ । जसमध्ये पाँच कन्सल्टेन्सी दर्ता रहेको फेला परेको छ भने ६ वटालाई बन्द गर्ने निर्देशन दिइएको जनाइएको छ । त्यस्तै अनुगमन टोली पुग्दा चार कन्सल्टेन्सी सञ्चालक फरार भएका थिए ।
समितिले बन्द गर्न निर्देशन दिएका कन्सल्टेन्सीमा ग्लोबल हब एजुकेसनल कन्सल्टेन्सी, मिसन कम्प्युटर एन्ड एजुकेसनल कन्सल्टेन्सी, बनेपा हार्डफोर्ड एजुकेसनल कन्सल्टेन्सी र सार एजुकेसनल नेटवर्क रहेका छन् । यस्तै डिस्कभरी पाथवे एजुकेसनल कन्सल्टेन्सीलाई पनि प्रमाणपत्र आएपछि मात्रै सेवा सञ्चालनको निर्देशन दिएको छ । एसडिसी एजुकेसनल कन्सल्टेन्सीलाई दर्ता नभएकाले बन्द गर्न निर्देशन दिइएको हो । काभ्रेपलाञ्चोकमा सञ्चालित कन्सल्टेन्सीको अनुगमन तीव्र पारिने कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: