Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

इपिएस प्रणाली कमजोर पार्दै मेनपावरमार्फत कोरियामा कामदार पठाउने श्रममन्त्री भण्डारीको तयारी

खबरडबली संवाददाता

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीको स्वार्थअनुकूल दक्षिण कोरियामा ‘ई–सेभेन’ भिसामार्फत नेपाली श्रमिक पठाउन जारी कार्यविधि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पटकपटक संशोधन गरेको छ । यसले पारदर्शी र श्रमिकमैत्री मानिएको इपिएस प्रणाली धरापमा पर्ने मात्र होइन, मेनपावर कम्पनीहरूले धेरै पैसा असुल्ने र श्रमिकहरू ठगिने जोखिम बढेको छ ।

हाल दुई देशको सरकारीस्तरमा भएको सम्झौता (जिटुजी) अनुसार दक्षिण कोरियामा पारदर्शी रूपमा श्रमिक पठाउने व्यवस्था रहे पनि श्रममन्त्री शरत्सिंह भण्डारीले कार्यविधि संशोधन गरेर निजी मेनपावर कम्पनीलाई ‘ई–सेभेन’ भिसामार्फत श्रमिक पठाउने बाटो खोलिदिएका छन् । मन्त्री भण्डारीले गत ९ र १३ असारमा लगातार कार्यविधि संशोधन गरेका छन् । यसमा ठुलो नीतिगत चलखेलको आरोप लागेको छ ।

आफूअनुकूल कार्यविधि आएसँगै केही ठुला मेनपावर कम्पनीहरूले कोरिया पठाउने भन्दै श्रमिकसँग पैसा असुल्न थालिसकेका छन् । इपिएस प्रणालीमार्फत नै ‘जी–सेभेन’ भिसामा कामदार पठाउन सके पारदर्शी र सहुलियत हुने विज्ञहरूको सुझाव थियो । तर, त्यसलाई बेवास्ता गर्दै मन्त्री भण्डारीले मेनपावरबाट श्रमिक पठाउने तयारी गरेपछि यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेको छ । 

हाल दक्षिण कोरियामा जिटुजीअनुसार श्रमिक गइरहेका छन् । दक्षिण कोरियामा सरकारी स्तरबाट कामदार पठाउन श्रम मन्त्रालयले इपिएस शाखा भनेर छुट्टै युनिट खडा गरेको छ । तर, श्रममन्त्री भण्डारी भने कामदारको हितप्रतिकूल हुने गरी म्यानपावरलाई यो अधिकार दिन पहिलो कार्यकालबाटै लागिपरेका छन् । मेनपावरमार्फत कोरिया कामदार पठाउँदा एकै कामदारसँग लाखौैँ असुली हुने जोखिम छ । केही सीमित मेनपावरको प्रभावमा परेर मन्त्री भण्डारीले यस्तो प्रक्रिया अघि बढाएको स्रोत बताउँछ । 

०८० मा श्रममन्त्री भएकै वेला उनले ‘गणतन्त्र कोरियामा सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, ०८०’ तयार गरेका थिए । उनले सो कार्यविधि तयार गरेर लागू गर्ने वेला उनको मन्त्री पद नै खुस्किएको थियो । गत वर्ष साउनमा पुनः श्रममन्त्री नियुक्त भएका भण्डारी सोही कार्यविधि लागू गरेर मेनपावरबाट कोरियामा श्रमिक पठाउन उद्यत् छन् । 

मन्त्री नियुक्त भएको चार महिनापछि भण्डारीले गत ९ कात्तिकमा कार्यविधि संशोधन गर्दै लागू गर्ने प्रयत्न गरेका थिए । उनले मेनपावरमार्फत श्रमिक कोरिया पठाउने कार्यविधि जारी गरेपछि परराष्ट्र मन्त्रालयले हस्तक्षेप गरेको थियो । स्रोतका अनुसार परराष्ट्रले मेनपावरमार्फत कोरिया लैजाने श्रमिकको भिसा प्रमाणीकरण नगर्ने जानकारी श्रम मन्त्रालयलाई दिएको थियो । ‘भिसा प्रमाणीकरण नै नगर्ने परराष्ट्र मन्त्रालयको जानकारीपछि कार्यविधि लागू हुन सकेन,’ स्रोतले भन्यो ।

तर, मेनपावरको स्वार्थपूर्ति गर्न तल्लीन मन्त्री भण्डारीले गत ९ असारमा कार्यविधि संशोधन गर्दै कोरियास्थित दूतावासले १५ दिनभित्र भिसा प्रमाणीकरण नगरे काठमाडौंस्थित वैदेशिक रोजगार विभागले नै श्रम स्वीकृति र भिसा प्रमाणीकरण गर्न सक्ने व्यवस्था राखेका थिए । उनले कार्यविधि सच्याएर यस्तो व्यवस्था राखेको विषय परराष्ट्र मन्त्रालय हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको थियो । विभागले भिसा प्रमाणीकरण गर्ने अधिकार लिएको विषय अख्तियारमा समेत पुगेको थियो । त्यसपछि मन्त्री भण्डारीले चार दिनपछि १३ असारमा पुनः कार्यविधि संशोधन गरेर भिसा प्रमाणीकरणसम्बन्धी व्यवस्था नै हटाएका छन् । 

मन्त्रालयका सूचना अधिकारी हुमनाथ अधिकारीले प्रचलित कानुनी व्यवस्थाअनुसार श्रमिक जसरी विदेश गइरहेका छन्, त्यसरी नै ई–सेभेन भिसामार्फत जान सक्ने गरी कार्यविधि बनाएको बताए । ‘वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजत प्राप्त संस्थाले कोरिया कामदार पठाउने विषयमा कार्यविधि जारी भएको छ । यसमा भिसासम्बन्धी व्यवस्था अहिले भइरहेको कानुनी अभ्यासअनुसार नै गर्ने भन्ने छ,’ उनले भने ।

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले विगतमा देखिएका समस्या हल गरेर कार्यविधि जारी भएको, तर कामदार पठाइनसकेको बताए । ‘विगतमा कार्यविधि जारी हुँदा परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली नियोगहरूले समन्वय नभएको भन्ने कुरा भयो । त्यसैले अहिले संशोधन गरिएको छ,’ उनले भने, ‘सियोलस्थित नेपाली दूतावासलाई वैदेशिक रोजगार विभागको फेमिस प्रणालीमा आबद्ध गराइएको छ भने दूतावासका कर्मचारीहरूलाई पनि भिसा प्रक्रियामा सामेल गराइएको छ ।’

श्रममन्त्री भण्डारीले गुपचुप कार्यविधि बनाएर मेनपावरमार्फत श्रमिक कर्मचारी पठाउन लागेको सार्वजनिक भएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेका थिए । उनले ई–सेभेन भिसालाई पनि इपिएस प्रणालीभित्रै राखेर जिटुजी माध्यमबाटै श्रमिक पठाउने व्यवस्था गर्न निर्देशन दिएका थिए । ‘दक्षिण कोरियाली मुलुकमा हाल एपिएस प्रणालीबाट मात्र नेपाली श्रमिक पठाउने व्यवस्था भएकोमा ई–सेभेन भिसालाई समेत सोही प्रणालीमा आबद्ध गराउन कोरिया सरकारसँग भएका श्रम सम्झौता नवीकरणको कार्य प्रारम्भ गर्नुहोला,’ तत्कालीन प्रधानमन्त्री प्रचण्डको १६बुँदे निर्देशनमा थियो । प्रचण्डले रोकेको सोही कार्यविधि मन्त्री भण्डारीले फेरि अघि बढाएका हुन् ।

भण्डारी पदमुक्त भएपछि श्रममन्त्री बनेका डोलप्रसाद (डिपी) अर्यालले मेनपावरबाट श्रमिक पठाउने कार्यविधि स्थगन गरेका थिए । उनले एउटा कार्यदल बनाएर अध्ययन गर्ने भन्दै ई–सेभेन भिसामार्पmत मेनपावरबाट कोरिया लैजाने कार्यविधि आफ्नो कार्यकालभरि लागू हुन दिएका थिएनन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending