काठमाडौं । माइतीघर मण्डलामा जेनजी पुस्ताका युवाहरूले सोमबार बिहानदेखि शान्तिपूर्ण प्रदर्शन गर्दैछन्।
सन् १९९७ देखि २०१२ को बीचमा जन्मेका युवा समेटिएको यस पुस्ताले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका हुन्। जेनजीले काठमाडौंको माइतीघरमा बिहान ९ बजेदेखि प्रदर्शन लागेका हुन्।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रदर्शनका लागि अनुमति दिएको पुष्टि प्रमुख जिल्ला अधिकारी छवि रिजालले गरेका छन्। उनले निषेधित क्षेत्रबाहेकको ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्न रोक नलगाइएको जानकारी दिए। "आवश्यक परेमा सुरक्षाकर्मी संख्या पनि बढाउन सकिन्छ," उनले भने।
सामाजिक सञ्जालमार्फत केही दिनदेखि प्रदर्शनको तयारी गर्दै आएका युवाहरू आइतबार नै माइतीघरमा भेला भएर कार्यक्रमबारे छलफल गरेका थिए। तय गरिएको कार्यक्रमअनुसार सोमबार बिहान ९ बजेदेखि भेला भई, ११ बजेतिर मार्चपास गर्दै बानेश्वरसम्म जाने योजना बनाइएको हो।
एक सहभागी युवाका अनुसार प्रदर्शनमा कुनै औपचारिक संस्था वा व्यक्ति आयोजक छैन। साना साना समूहको रूपमा साथीहरू स्वतःस्फूर्त रूपमा भेला भएका हुन्। "शान्तिपूर्ण तरिकाले कार्यक्रम हुनेछ, भाषण होइन, नाचगान लगायत सांस्कृतिक प्रस्तुति दिने योजना छ," उनले भने।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रदर्शनप्रति समर्थन जनाए पनि स्वयम् सहभागी नहुने जनाएका छन्।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि जेनजीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्। पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछानेले एक सन्देश जारी गर्दै प्रदर्शनमा सहभागी युवालाई विवेकशील रहन आग्रह गरेका छन्।
उनले लेखेका छन्, “शासकहरूले न त तपाईंहरूलाई विधिको शासन दिए, न त सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता नै। तर तपाईंहरूको विवेक र आवेगमा इतिहास बदल्ने क्षमता छ। भोलिको दिन नयाँ इतिहासको सुरुआत हो। सचेत रहनुहोस्, उत्तेजनामा नफस्नुहोस्।”
त्यस्तै, पछिल्लो समय राजावादी धारबाट पार्टी खोल्ने तयारीमा रहेका दुर्गा प्रसाईंले पनि प्रदर्शनमा सहभागी हुने घोषणा गरेका थिए। तर उनको सहभागितालाई लिएर जेनजी पुस्तामा असन्तुष्टि देखिएको छ। केही युवाहरूले उनलाई फोन गरेर कार्यक्रममा नआउन आग्रह गरेका छन्।
एक सहभागीका अनुसार, “उहाँलाई फोन गरेर नआउन भनिएको छ। प्रसाईंले पनि आफू नआउने र कार्यक्रममा राम्रोसँग गर्न सुझाव दिएको बताउनु भएको छ।”
यसरी स्वतःस्फूर्त रूपमा आयोजित यो प्रदर्शन सामाजिक सञ्जाल प्रतिबन्ध र सत्ताको दुरुपयोगविरुद्ध जेनजी पुस्ताको एक संगठित प्रतिक्रिया बन्न पुगेको देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - ०८:१९
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...
चैत्र २० गते, २०८२ - ०८:१५
फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने
चैत्र २० गते, २०८२ - ०८:१०
दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि ...
चैत्र २० गते, २०८२ - ०८:०८
काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...
चैत्र २० गते, २०८२ - ०८:०२
पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने
चैत्र २० गते, २०८२ - ०७:५०
सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...
चैत्र २० गते, २०८२ - ०७:४१
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...
चैत्र २० गते, २०८२ - ०७:३८
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...
चैत्र २० गते, २०८२ - ०७:२४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...
चैत्र २० गते, २०८२ - ०७:२३
जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...


प्रतिकृया लेख्नुहोस्: