Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

जेन्जी पुस्ताको आन्दोलनमा दुर्गा प्रसाई पनि सहभागि हुने

खबरडबली संवाददाता

काठमाडौँ  । सामाजिक सञ्जाल बन्द गर्ने सरकारी कदमविरुद्ध जेन्जी पुस्ताले सोमबार माइतीघरमा गर्ने प्रदर्शनलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईले खुलेर समर्थन गरेका छन्।

प्रसाईले सामाजिक सञ्जालमार्फत आफू प्रदर्शनमा प्रत्यक्ष सहभागी हुने घोषणा गर्दै गत चैत १५ गते भएको आन्दोलनमाथि भएको दमन दोहोरिन नहुने चेतावनी दिएका छन्।

उनले लेखेका छन् : “भ्रष्टाचारविरुद्धको यस महाअभियानमा सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई धन्यवाद छ। यो देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफैं सरिक हुनेछु। सरकारलाई भन्न चाहन्छु – गत चैत १५ गतेको जस्तो दमन नगरियोस्।”

जेन्जी पुस्ताको आन्दोलन

नयाँ पुस्ताले अहिले उठाएको एजेन्डा केवल सामाजिक सञ्जाल बन्दविरुद्धको असहमति मात्र होइन, भ्रष्टाचारविरुद्धको असन्तोषसँग जोडिएको छ। फेसबुक, टिकटकदेखि विभिन्न प्लेटफर्ममा फैलिएको आक्रोशले सडकमा जनसहभागिता बढ्ने संकेत देखिएको छ।

प्रसाईको राजनीतिक संकेत

प्रसाईले “३ वर्षअघि उठाएको हाम्रो आवाजलाई अहिले सञ्चारमाध्यमले दोहोर्‍याएको छ” भन्दै ढिलो भए पनि जनचेतना जागेको टिप्पणी गरेका छन्। यो अभिव्यक्तिले उनी आफूलाई भ्रष्टाचारविरुद्धको लामो संघर्षको निरन्तरता दिने पात्रका रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ।

जेन्जी पुस्ताको आन्दोलनलाई प्रसाईले समर्थन गर्नु राजनीतिक दृष्टिले युवापुस्तासँग निकटता बढाउने प्रयास पनि हो।

तर, सरकारको प्रतिक्रिया र सुरक्षाकर्मीहरूको व्यवहार कस्तो हुन्छ भन्ने प्रश्न अझै उत्तिकै संवेदनशील छ।  “चैत १५” को स्मरणले आन्दोलनमाथि दमनको पुनरावृत्ति हुने आशंका बल्झाएको छ।

यसरी हेर्दा, जेन्जी पुस्ताको प्रदर्शन केवल सामाजिक सञ्जाल बन्दविरुद्धको नारासम्म सीमित नहुँदै, भ्रष्टाचार र दमनविरुद्धको व्यापक राजनीतिक प्रतिरोधमा बदलिन सक्ने संकेत देखिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वप्रकाश शर्माको सन्देश : छुटेका सबैलाई जोडेर नयाँ कांग्रेस बनाउँछौँ

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...

अब कांग्रेसमा गठबन्धन, गुट र भागबन्डाको राजनीति हुँदैनः गगन थापा

  काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिँदै आएको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्ने स्पष्ट संकेत...

आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं: पूर्णबहादुर खड्का

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्क...

आयोगले नियम-कानून र विधिको धज्जी उँडायाेः प्रकाशशरण महत

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाश...

कालीकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे ...

निर्वाचन आयोगले देउवा पक्षलाई नयाँ दल दर्ताको अवसर दिने

काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा बस्न नचाहेमा नयाँ दल दर्ता गर्ने अवसर उपलब्ध गराउने भएको छ । ...

२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईं समूहबीच सम्झौता

काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको वार...

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दियो

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट ...

गगन थापाको विधान क्रान्ति : नेतृत्वदेखि उम्मेदवारसम्म प्रत्यक्ष चुनाव

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...

कांग्रेस विवाद थप पेचिलो, निर्वाचन आयोगको निर्णय कुर्दै गगन समूह सडकमै

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending