काठमाडौँ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारी कदमविरुद्ध जेन्जी पुस्ताले सोमबार माइतीघरमा गर्ने प्रदर्शनलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईले खुलेर समर्थन गरेका छन्।
प्रसाईले सामाजिक सञ्जालमार्फत आफू प्रदर्शनमा प्रत्यक्ष सहभागी हुने घोषणा गर्दै गत चैत १५ गते भएको आन्दोलनमाथि भएको दमन दोहोरिन नहुने चेतावनी दिएका छन्।
उनले लेखेका छन् : “भ्रष्टाचारविरुद्धको यस महाअभियानमा सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई धन्यवाद छ। यो देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफैं सरिक हुनेछु। सरकारलाई भन्न चाहन्छु – गत चैत १५ गतेको जस्तो दमन नगरियोस्।”
जेन्जी पुस्ताको आन्दोलन
नयाँ पुस्ताले अहिले उठाएको एजेन्डा केवल सामाजिक सञ्जाल बन्दविरुद्धको असहमति मात्र होइन, भ्रष्टाचारविरुद्धको असन्तोषसँग जोडिएको छ। फेसबुक, टिकटकदेखि विभिन्न प्लेटफर्ममा फैलिएको आक्रोशले सडकमा जनसहभागिता बढ्ने संकेत देखिएको छ।
प्रसाईको राजनीतिक संकेत
प्रसाईले “३ वर्षअघि उठाएको हाम्रो आवाजलाई अहिले सञ्चारमाध्यमले दोहोर्याएको छ” भन्दै ढिलो भए पनि जनचेतना जागेको टिप्पणी गरेका छन्। यो अभिव्यक्तिले उनी आफूलाई भ्रष्टाचारविरुद्धको लामो संघर्षको निरन्तरता दिने पात्रका रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ।
जेन्जी पुस्ताको आन्दोलनलाई प्रसाईले समर्थन गर्नु राजनीतिक दृष्टिले युवापुस्तासँग निकटता बढाउने प्रयास पनि हो।
तर, सरकारको प्रतिक्रिया र सुरक्षाकर्मीहरूको व्यवहार कस्तो हुन्छ भन्ने प्रश्न अझै उत्तिकै संवेदनशील छ। “चैत १५” को स्मरणले आन्दोलनमाथि दमनको पुनरावृत्ति हुने आशंका बल्झाएको छ।
यसरी हेर्दा, जेन्जी पुस्ताको प्रदर्शन केवल सामाजिक सञ्जाल बन्दविरुद्धको नारासम्म सीमित नहुँदै, भ्रष्टाचार र दमनविरुद्धको व्यापक राजनीतिक प्रतिरोधमा बदलिन सक्ने संकेत देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - २०:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण का तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरूले उनीमाथि लगाइए...
आषाढ़ ११ गते, २०८३ - २०:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा उपसभापति स्वर्णिम वाग्लेले प्रवासबाट...
आषाढ़ ११ गते, २०८३ - १९:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट अघि सारेको प्रदेश सभा खारेजीसहित संघीय संरचना पुनर्संरचनाको प्रस्ताव प्रति प्रमु...
आषाढ़ ११ गते, २०८३ - १९:४७
काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए । ...
आषाढ़ ११ गते, २०८३ - १९:४३
काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा अपेक्षाकृत कम वर्षा भएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि जुन २५ (जेठ १८ देखि असार ११...
आषाढ़ ११ गते, २०८३ - १९:३६
पोखरा । फेवातालसहित कास्कीका तालहरूमा जल पर्यटन गतिविधि अव्यवस्थित बन्दै गएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले डुङ्गा, कायाकिङ र सर्फिङ ...
आषाढ़ ११ गते, २०८३ - १९:३४
काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबार आह्वान भएको बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । महासचिव पद्मप्रसाद पाण्डेद्वारा हस्त...
आषाढ़ ११ गते, २०८३ - १९:२३
काठमाडौं । काठमाडौं जिल्ला अदालतले रवि लामिछाने विरुद्धको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा साउन २१ गतेका लागि साधारण तारिख तोकेको छ। अदालतका सूचना...
आषाढ़ ११ गते, २०८३ - १९:२१
काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधा...
आषाढ़ ११ गते, २०८३ - ०९:२९
काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा भिड्ने भएका छन्। समूह चरणको अन्तिम खेलमा दक्षिण अफ...



प्रतिकृया लेख्नुहोस्: