Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

अमेरिकाको ब्याट्री कारखानामा छापा: ३०० भन्दा बढी दक्षिण कोरियाली नागरिक पक्राउ

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी सोलुसनको संयुक्त ब्याट्री कारखानामा अमेरिकी आप्रवासन अधिकारीहरूले छापा मार्दा ३०० भन्दा बढी दक्षिण कोरियाली नागरिक पक्राउ परेका छन् । शनिबार सउलस्थित विदेश मन्त्रालयले यसबारे पुष्टि गरेको हो ।

विदेशमन्त्री चो ह्युनले सउलमा आयोजित आपत्कालीन बैठकमा बताएअनुसार, कुल ४७५ जना पक्राउ परेका मध्ये “३०० भन्दा बढी हाम्रो देशका नागरिक रहेको विश्वास गरिएको छ ।”

कानुनी उल्लङ्घनमा आधारित छापा

अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागका विशेष एजेन्ट स्टीवन श्र्यांकका अनुसार, यो छापा बिहीबार एलाबेल शहरस्थित हुन्डाई–एलजीको संयुक्त कारखानामा ‘गम्भीर सङ्घीय अपराध र अवैध रोजगार सम्बन्धी आरोपहरूको’ अनुसन्धानका क्रममा गरिएको हो ।

“यो सामान्य आप्रवासन छापा होइन,” श्र्यांकले भने । “यो धेरै महिना लामो आपराधिक अनुसन्धानको नतिजा हो ।”

उनले थप जानकारी दिँदै भने, “पक्राउ परेका व्यक्तिहरू अमेरिका भित्र अवैध रूपमा रहेका थिए र गैरकानुनी रूपमा कार्यरत थिए ।” उनीहरूलाई अब आप्रवासन तथा सीमा सुरक्षा  विभागमार्फत देशनिकालाको प्रक्रियामा लगिएको छ ।

दक्षिण कोरियाको कूटनीतिक प्रतिक्रिया

विदेशमन्त्री चो ह्युनले भने,“हामी यस घटनाबाट गहिरो चिन्तित छौँ र गम्भीर जिम्मेवारीको भावना महसुस गरेका छौँ । आवश्यक परे म स्वयम् वासिङ्टन पुगेर वार्ता गर्न तयार छु ।”

यसअघि, विदेश मन्त्रालयका प्रवक्ता ली जे–वुङले अमेरिकालाई आग्रह गर्दै भनेका थिए,“हाम्रो लगानीकर्ताका आर्थिक गतिविधि र हाम्रा नागरिकको वैध अधिकारलाई अमेरिकी कानुनी कारबाहीका क्रममा अन्यायपूर्वक हानि पुर्‍याइनु हुँदैन ।”

कम्पनीहरूको प्रतिक्रिया

एलजी एनर्जी सोलुसनले शनिबार जनाएको अनुसार, पक्राउ परेका ४७ जना कम्पनीका कर्मचारी हुन्, जसमा ४६ जना दक्षिण कोरियाली र एक जना इन्डोनेसियाली नागरिक छन् । करिब २५० जना तेस्रो पक्ष ठेकेदारमार्फत खटाइएका थिए, जसमा अधिकांश दक्षिण कोरियाली रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले हाललाई अत्यावश्यक बाहेक अमेरिकातर्फको सबै व्यावसायिक भ्रमण स्थगित गर्ने निर्णय लिएको छ ।“अमेरिकामा खटिएका कर्मचारीहरूलाई यथासम्भव घर फर्काइनेछ वा उनीहरूलाई अस्थायी रूपमा आवासमै रोकिएको छ,” कम्पनीकी प्रवक्ताले बताए ।

हुन्डाई मोटर कम्पनीले भन्यो, “हामीले सिधै कुनै पनि पक्राउ परेका व्यक्तिलाई रोजगारी दिएका छैनौँ,” भन्दै आफूहरू कारखाना निर्माणमा प्रत्यक्ष संलग्न नभएको स्पष्ट पारेको छ ।

राजनीतिक सन्दर्भ र लगानी

दक्षिण कोरिया अमेरिकामा आफ्ना कम्पनीहरूको विस्तारका लागि अर्बौँ डलर लगानी गरिरहेको छ ।

राष्ट्रपति ली जे–म्युंगले गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभएका थिए, जसपछि दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब डलरको लगानी गर्ने घोषणा गरेको थियो ।अर्कोतर्फ, राष्ट्रपति ट्रम्पले निर्माण क्षेत्र पुनः जागृत गर्ने र अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । 

विशेषज्ञहरूका अनुसार, यस घटनाले दुई देशबिचको व्यापारिक र कूटनीतिक सम्बन्धमा चुनौती खडा गर्न सक्छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending