Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

थाइल्याण्डका भावी प्रधानमन्त्रीले गरे नयाँ चुनाव सम्पन्न गर्ने प्रतिबद्धता

खबरडबली संवाददाता

बैङ्कक। थाइल्याण्डका नयाँ प्रधानमन्त्रीले गठबन्धनमा फुटपछि बनेको अन्तरिम सरकारले नयाँ चुनावलाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न नेतृत्व गर्ने आफ्नो पूरानो वाचालाई सही तरिकाले पूरा गर्ने प्रतिबद्धता दोहोराएको छन् । 

कन्जर्भेटिभ पार्टीका नेता अनुटिन चार्नविराकुललाई संसदले शुक्रबार अनुमोदन गरेको छ । यसका कारण उहाँका पूर्ववर्ती पेटोङ्टार्न सिनावात्रालाई सत्ताच्युत गरेपछि एक हप्ता लामो शक्ति शून्यता अन्त्य भएको छ । उनले विपक्षी समूहको गठबन्धनलाई एक साथ मिलाएर एक पटक प्रभावशाली सिनावात्रा वंशका पूर्वप्रधानमन्त्री थाक्सिनको चुनावी वाहन फेउ थाई पार्टीलाई सत्तामा आउनबाट रोक लगाउन सफल भएको छ । 

नयाँ निर्वाचनका लागि चार महिनाभित्र संसद् विघटन गर्ने शर्तमा उहाँले बहुमत प्राप्त गरेको पिपुल्स पार्टीको समर्थन पाउनुभयो । “म सबै सहमतिको पालना गर्नेछु,” शुक्रबार पार्टी मुख्यालयबाहिर उनले भने। उनले भन्नुभयो, “मेरो छोटो कार्यकालमा हामीले हाम्रो देशमा ‘मुस्कानको भूमि’को भावना फिर्ता ल्याउनुपर्छ ।”

अनुटिनले शुक्रबारको मतदानको अघिल्लो रात र अदालती मुद्दाको केही दिन अघि थाक्सिनको अनपेक्षित विदेश उडान भएको बताएको थिए। उनले विदेशमा आफ्ना साथीहरूसँग भेट्ने र चिकित्सा उपचार लिने बताएको थिए । अनुटिनले भने, “निर्वाचनमा कुनै पक्षपात, उत्पीडन र बदला लिने काम हुने छैन ।”

सन् २०२३ को अगष्टमा निर्वासनबाट फर्केपछि थाक्सिनको अस्पताल बसाइलाई लिएर सर्वोच्च अदालतले मङ्गलबार फैसला सुनाउने भएको छ । अनुटिनको दक्षिणपन्थी भुम्जाइथाई पार्टीले सन् २०२३ मा फेउ थाईसँग गठबन्धन गरेको थियो तर जुनमा कम्बोडियाका पूर्व नेता हुन सेनसँगको टेलिफोन वार्तामा पेटोङ्टार्नको कथित दुव्र्यवहारका कारण गठबन्धनबाट पछि हटेको थियो ।

सिनावात्रा परिवार विगत दुई दशकदेखि थाई राजनीतिको मुख्य आधार बनेको छ । उनीहरूको राज्यको परम्परागत सामाजिक व्यवस्थाको लागि खतराको रूपमा हेर्ने राजतन्त्र समर्थक, सैन्य–समर्थक संस्थापनसँग विवाद बढेको छ । उनीहरूले गत हप्ता पेटोङ्टार्नलाई पदबाट हटाउने लगायतका शृङ्खलाबद्ध असफलताको सामना गर्नु परेको छ ।

अनुटिनले यसअघि उपप्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालि सक्नु भएको छ ।सन् २०२२ मा भाङलाई वैधानिकता दिने वाचा पूरा गरेका कारण उहाँको चर्चा व्यापक बनेको छ । उनी आधिकारिक रूपमा प्रधानमन्त्री हुनका लागि उहाँको पदोन्नतिलाई थाइल्याण्डका राजाले अनुमोदन गर्न आवश्यक छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending