काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने तय भएको छ।
तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरिबाट आएका २,०२६ जना प्रतिनिधि र ३१५ जना आयोजकसहित करिब २,३४१ जना सहभागी भएको पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार विभागका नेता राजेन्द्र गौतमले जानकारी दिए।
गोदावरी महाधिवेशन स्थलसम्मको सातदोबाटोदेखि १० किलोमिटरको क्षेत्रमा १८ वटा भव्य स्वागतद्वार निर्माण गरिएको छ। एमालेले महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली, समृद्ध नेपाल राष्ट्रिय गन्तव्य’ तय गरेको छ।
गौतमका अनुसार उद्घाटन सत्र डिजिटल प्रविधिको प्रयोगमार्फत सम्पन्न गरिएको हो। प्रतिनिधिहरूको परिचय स्क्यान गर्नका लागि ६ वटा कम्प्युटर बुथ राखिएका छन्, जसबाट प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकहरूलाई प्रवेश दिइएको छ। चारवटा डिजिटल ढोकाबाट महाधिवेशन हलमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ।
सम्मेलन स्थलको सजावट विशेष आकर्षण बनेको छ। प्रवेशद्वारबाट भित्रिँदै गर्दा प्रधानमन्त्री ओलीको पूर्ण कदको तस्बिर, महाधिवेशनको लोगो, तथा सीपीएन(यूएमएलको स्वागत सन्देश देख्न सकिन्छ। महाधिवेशन परिसरमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, कार्ल माक्र्स, फ्रेडरिक एंगेल्स र लेनिनका पूर्णकदका तस्बिरहरू समेत राखिएको छ। पोखरीमा सेता हाँसका जोडीहरूले वातावरण थप रमाइलो बनाएका छन्।
मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठका अनुसार हलबाहिर विभिन्न जातजाति र समुदायका झाँकी प्रदर्शन गरिने छन्, जसलाई हलभित्र रहेका प्रतिनिधिहरूले डिजिटल बोर्डमार्फत अवलोकन गर्ने व्यवस्था छ।
महाधिवेशनको उद्घाटन सत्र करिब १२ मिनेटमा सम्पन्न गरिएको छ। त्यसपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्, जुन प्रतिवेदन बिहीबार बसेको सचिवालय बैठकबाट पारित गरिएको थियो। दिउँसो एक बजे ‘खाजा ब्रेक’ पछि उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले अर्को राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। त्यस्तै, निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदनहरू पनि आजै प्रस्तुत गरिने जनाइएको छ।
शनिबार विभिन्न नौ समूहमा प्रतिवेदनमाथि छलफल हुनेछ भने आइतबार ती समूहका निष्कर्षसहित अध्यक्ष ओलीको सम्बोधनसँगै महाधिवेशनको समापन हुने एमालेले जनाएको छ।
यसअघि, एमालेले पहिलो विधान महाधिवेशन पनि यही सनराइज हलमा २०७८ सालमा आयोजना गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण




प्रतिकृया लेख्नुहोस्: