काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने तय भएको छ।
तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरिबाट आएका २,०२६ जना प्रतिनिधि र ३१५ जना आयोजकसहित करिब २,३४१ जना सहभागी भएको पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार विभागका नेता राजेन्द्र गौतमले जानकारी दिए।
गोदावरी महाधिवेशन स्थलसम्मको सातदोबाटोदेखि १० किलोमिटरको क्षेत्रमा १८ वटा भव्य स्वागतद्वार निर्माण गरिएको छ। एमालेले महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली, समृद्ध नेपाल राष्ट्रिय गन्तव्य’ तय गरेको छ।
गौतमका अनुसार उद्घाटन सत्र डिजिटल प्रविधिको प्रयोगमार्फत सम्पन्न गरिएको हो। प्रतिनिधिहरूको परिचय स्क्यान गर्नका लागि ६ वटा कम्प्युटर बुथ राखिएका छन्, जसबाट प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकहरूलाई प्रवेश दिइएको छ। चारवटा डिजिटल ढोकाबाट महाधिवेशन हलमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ।
सम्मेलन स्थलको सजावट विशेष आकर्षण बनेको छ। प्रवेशद्वारबाट भित्रिँदै गर्दा प्रधानमन्त्री ओलीको पूर्ण कदको तस्बिर, महाधिवेशनको लोगो, तथा सीपीएन(यूएमएलको स्वागत सन्देश देख्न सकिन्छ। महाधिवेशन परिसरमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, कार्ल माक्र्स, फ्रेडरिक एंगेल्स र लेनिनका पूर्णकदका तस्बिरहरू समेत राखिएको छ। पोखरीमा सेता हाँसका जोडीहरूले वातावरण थप रमाइलो बनाएका छन्।
मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठका अनुसार हलबाहिर विभिन्न जातजाति र समुदायका झाँकी प्रदर्शन गरिने छन्, जसलाई हलभित्र रहेका प्रतिनिधिहरूले डिजिटल बोर्डमार्फत अवलोकन गर्ने व्यवस्था छ।
महाधिवेशनको उद्घाटन सत्र करिब १२ मिनेटमा सम्पन्न गरिएको छ। त्यसपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्, जुन प्रतिवेदन बिहीबार बसेको सचिवालय बैठकबाट पारित गरिएको थियो। दिउँसो एक बजे ‘खाजा ब्रेक’ पछि उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले अर्को राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। त्यस्तै, निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदनहरू पनि आजै प्रस्तुत गरिने जनाइएको छ।
शनिबार विभिन्न नौ समूहमा प्रतिवेदनमाथि छलफल हुनेछ भने आइतबार ती समूहका निष्कर्षसहित अध्यक्ष ओलीको सम्बोधनसँगै महाधिवेशनको समापन हुने एमालेले जनाएको छ।
यसअघि, एमालेले पहिलो विधान महाधिवेशन पनि यही सनराइज हलमा २०७८ सालमा आयोजना गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - ०९:१९
जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?
चैत्र १८ गते, २०८२ - ०८:३८
दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...
चैत्र १८ गते, २०८२ - ०८:३२
मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...
चैत्र १८ गते, २०८२ - ०८:२७
काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...
चैत्र १८ गते, २०८२ - ०७:३८
काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...
चैत्र १८ गते, २०८२ - ०७:२७
काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...
चैत्र १८ गते, २०८२ - ०७:२४
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...
चैत्र १८ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...
चैत्र १८ गते, २०८२ - ०७:१९
बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...
चैत्र १८ गते, २०८२ - ०७:१४
काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...


प्रतिकृया लेख्नुहोस्: