Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

एमालेमा ईश्वरको फरक मत– विद्याको सदस्यता खारेज गर्ने स्वेच्छाचारी निर्णय सच्याइयोस् (पूर्णपाठ)

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता खारेज गर्ने केन्द्रीय कमिटीको निर्णय स्वेच्छाचारी भन्दै तत्काल सच्याउन माग गरेका छन्।

बिहीबार बसेको सचिवालय बैठकमा लिखित रुपमै आफ्नो फरक मत दर्ज गर्दै केन्द्रीय कमिटीमा छलफलको एजेन्डामै नराखिएको विषयमा एकैपटक निर्णयका रुपमा सार्वजनिक गरिएको भन्दै त्यसमा आपत्ति जनाए। 

यस्तो उनको फरक मत- 

नेकपा (एमाले)को केन्द्रीय कमिटीको नवौं बैठक (५–६ साउन २०८२) मा पूर्व राष्ट्रपति तथा नेकपा (एमाले)का पूर्व केन्द्रीय उपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी राजनीतिमा प्रवेश तथा पार्टी सदस्यता सम्बन्धमा भएको छलफल तथा त्यहाँ स्वाभाविक नलाग्ने वातावरणमा सुनाइएको निर्णय सम्वन्धमा आफ्नो धारणा प्रस्तुत गर्न चाहन्छु।

यो मेरो आफ्नो मत पनि हो र त्यसै रूपमा यसलाई बैठकसमक्ष प्रस्तुत गर्न चाहन्छु। केन्द्रीय कमिटीको बैठकमा छलफलको कार्यसूचीमा समेत नराखिएको पूर्वउपाध्यक्ष÷पूर्वराष्ट्रपति कमरेड विद्यादेवी भण्डारीको २०८१ सालको प्रारम्भमै केन्द्रीय संगठन विभागद्वारा नवीकृत गरिएको पार्टी सदस्यता खारेज गर्ने निर्णय सुनाइएको थियो। मेरो विचारमा – त्यस्तो निर्णयले पार्टीभित्र अस्वस्थता र स्वेच्छाचारितालाई बढावा दिने काम गर्नेछ। यो राजनीतिक पूर्वाग्रहको एउटा गम्भीर दृष्टान्तको रूपमा पनि उल्लेख हुनसक्छ।

लोकतन्त्रका विश्वव्यापी मान्यता तथा अभ्यास, नेपालको संविधान तथा प्रचलित कानून अनुसार कुनै पनि नागरिकको राजनीतिक अधिकारमाथि बन्देज लगाउन मिल्दैन। हाम्रो पार्टीको विधान र हाम्रो पार्टीले लामै समयदेखि अवलम्वन गर्दै आएको पार्टी जीवनको लोकतान्त्रिकरणको अभ्यासले पनि यस्तो कुरालाई स्वीकार गर्दैन।

कमरेड विद्यादेवी भण्डारी राष्ट्रपति हुनुभन्दा अगाडि नेकपा (एमाले) को केन्द्रीय कमिटीको उपाध्यक्ष हुनुहुन्थ्यो र पार्टी निर्णयको पालना गरेर नै उहाँ नेपालको पहिलो महिला राष्ट्रपति हुनुभएको थियो। त्यो जिम्मेवारी लिइरहंदा २०७२ साल कार्तिक १२ गते उहाँले जारी गर्नु भएको प्रेस नोटले यो कुरा स्पष्ट पार्दछ। उक्त पदमा रहँदा उहाँले पदको गरिमालाई उच्च बनाउनु भएको र पार्टीको प्रतिष्ठालाई समेत उच्च राखेको बारेमा कुनै विवाद छैन।

राष्ट्रपतिको पदावधि पुरा गरिसकेपछि एउटा जिम्मेवार नेपाली नागरिकका हैसियतले नेकपा (एमाले)का अध्यक्ष लगायतका पार्टीका अन्य नेताहरू, विभिन्न पार्टीका नेता, विभिन्न क्षेत्रका विज्ञ÷ विशेषज्ञ, आम नागरिकसित समेत लगातारको छलफलपछि सबैको सल्लाह सुझावमा नै आफूले पार्टी केन्द्रीय कार्यालयबाटै केन्द्रीय संगठन विभागबाटै) आधिकारिक रूपमा पार्टी सदस्यता नविकरण गरी पार्टी परिवारको सदस्य भएको तथ्य सार्वजनिक गरिसक्नु भएको हो।

हाम्रो पार्टीका अध्यक्ष क. केपी शर्मा ओली प्रमुख अतिथि रहनु भएको ‘जननेता मदन भण्डारी’को जन्मजयन्तीका दिन २०८२ साल असार १४ गते, राष्ट्रिय सभा गृहमा आयोजित भव्य सार्वजनिक कार्यक्रममा उहांले औपचारिक रूपमै आफूले पार्टी सदस्यता नविकरण गरिसकेको जानकारी गराउनुभएको थियो। पूर्व उपाध्यक्ष कमरेड विद्यादेवी भण्डारीले पनि नेकपा (एमाले) लाई यहाँसम्म ल्याइपुर्‍याउनका लागि महत्वपूर्ण भूमिका खेल्नु भएको कुराप्रति हामी कसैको पनि विमती छैन। अहिले उहाँको जुन व्यक्तित्व बनेको छ – त्यो हाम्रो पार्टीका लागि महत्वपूर्ण सम्पत्तिका रूपमा रहेको हामी सबैले स्वीकार गर्दै आएको तथ्य हो।

विद्यादेवी भण्डारी अहिले पार्टी परिवारको सदस्य हुनु वा पार्टीमा औपचारिक रूपमा जोडिनु कुनै पनि दृष्टिले नेपाल, नेपाली जनता, संघीय लोकतान्त्रिक गणतन्त्र र नेपाली समाजका लागि नोक्सानदायी विषय हुन सक्तैन। दलीय प्रणाली अन्तर्गत औपचारिक राजनीतिक निर्णयका आधारमा विशेष कामका लागि प्रदान गरिएको विशेष जिम्मेवारी पार्टीको विधानको धारा ९ को (३) को व्यवस्थालाई हामी सबैले बुझ्नुपर्ने आवश्यकता छ।

पार्टी केन्द्रीय संगठन विभागबाटै गरिएको उहाँको सदस्यता नविकरणको कुरा, पार्टी अध्यक्षसित उहाँको पटक–पटक भएका आपसी सम्वाद र पार्टी राजनीतिमा उहाँ पुनः जोडिने विषयमा त्यहाँ भए-गरिएका र सार्वजनिक संचार माध्यममार्फत बाहिर आएका अध्यक्ष कमरेडका स्पष्ट अभिव्यक्तिहरू, २०८२ जेष्ठ १० देखि १९ सम्म औपचारिक रूपमा चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारका तर्फबाट गरिएको निमन्त्रणालाई स्वीकार गरी पार्टी नेतृत्वसितको सल्लाह र योजनामा उहाँले नेकपा (एमाले) लाई प्रतिनिधित्व गर्दै गर्नु भएको औपचारिक भ्रमण र त्यस अवधिमा त्यहाँ उहाँले व्यक्त गर्नु भएका विचार आदि प्रशङ्गहरूले उहाँ पार्टी परिवारमा औपचारिक रूपमै सम्वन्धित बनिसक्नु भएको तथ्य स्वतः पुष्टि भइसकेको कुरा हो।

यस्तो वास्तविक पृष्ठभूमिलाई बेवास्ता गर्दै केन्द्रीय कमिटीको नवौं बैठकमा पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई नेकपा (एमाले) को सदस्य समेत नरहने गरी, पार्टी राजनीतिमा समेत संलग्न हुन नपाउने गरी गरिएको निर्णय र त्यसपछि जारी गरिएको ‘अन्तर पार्टी निर्देशन – १२’ मा उल्लेख गरिएको सो विषय नेपालको संविधान, कानूनी प्रवन्ध र हाम्रो पार्टीको विधान प्रतिकूल रहेकोले त्यस निर्णयसित सहमत हुन नसकी विधान महाधिवेशन अगाडि आयोजना गरिएको यो सचिवालय बैठक समक्ष मेरो मत प्रस्तुत गर्दैछु।

अस्वभाविक वातावरणमा नवौं बैठकमा अन्तिम निर्णय सुनाउंदै बैठक समापन गरिएको, त्यसपछि राखिएको केन्द्रीय कमिटीको बैठक सूचनामार्फत अनिश्चित कालका लागि स्थगित गरिएका कारण अहिले सचिवालयको बैठकमा औपचारिक रूपमा मेरो विचार प्रस्तुत गर्न चाहन्छु। पार्टी र आन्दोलनमा पर्ने दूरगामी नकारात्मक प्रभाव र परिणामको गम्भीर सम्भावनालाई समेत ख्याल गर्दै उक्त निर्णयप्रति आफ्नो असहमति राख्दै पार्टी विधानको धारा ७८ (१) मा भएको व्यवस्था बमोजिम मेरो फरक मतमा छलफल गरियोस् र पूर्व निर्णयलाई सच्याइयोस् भनी अनुरोध (माग) गर्दछु।

२०८२-५-१९
ईश्वर पोखरेल
वरिष्ठ उपाध्यक्ष

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending