बागलुङ । पहिरोले अवरुद्ध बनेको राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक तीन दिनपछि सञ्चालनमा आएको छ । सडकमाथिबाट झरेको पहिरो दुई दिनको निरन्तर पहलमा पन्छ्याएपछि आजदेखि सडक सञ्चालनमा आएको हो ।
भारी वर्षाका कारण ढोरपाटन नगरपालिका–७ धाराबोटमा सोमबार साँझ झरेको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन आवागमन गर्ने सयौँ आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको थियो ।
आजदेखि सडक सञ्चालनमा आएपछि पर्यटक गन्तव्यतर्फ लागेका ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए । उक्त खण्डमा ठूलो पहिरो गएकाले सडक खुलाउन तीन दिन लागेको उनले बताए । योबाहेक वैकल्पिक सडक नहुँदा स्थानीयलाई आवतजावतमा समस्या हुँदै आएको उनको भनाइ छ ।
यसैबीच ढोरपाटन आउने पर्यटकलाई नगरपालिका र प्रहरीले मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ । उपप्रमुख कायतले भने, ‘निरन्तर पानी परिरहेको र पहिरो पनि ठूलो भएकाले पन्छ्याउन समय लागेको हो ।
अहिले सामान्य पहिरो पन्छ्याएर सवारीसाधान आवतजावत गर्नेगरी सडक सञ्चालनमा ल्याएका हौँ । सबै पहिरो हटाउनका लागि समय लाग्ने देखिन्छ । अहिले पर्यटक र स्थानीयलाई समस्या नहोस् भन्ने उद्देश्यले सवारीसाधन सञ्चालनमा ल्याएका छौँ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १२:३५
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा विद्युत् कटौती गर्ने भएको छ । विद्यु...
मंसिर २१ गते, २०८२ - १०:५३
सुलीकोट। गोरखामा आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा स्वास्थ्य जाँच गर्दा २८ जना बालबालिका कुपोषण लागेको अवस्थामा भेटिएका छन् । जिल्ला भरका ११ वटा...
मंसिर २१ गते, २०८२ - ०९:५७
काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाब...
मंसिर २० गते, २०८२ - १७:०४
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्। हाम्रो पार्टी नेपालका...
मंसिर २० गते, २०८२ - १६:४४
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...
मंसिर २० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...
मंसिर २० गते, २०८२ - १६:२६
खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ। खोटाङको खोटेहाङ...
मंसिर २० गते, २०८२ - १६:०४
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...
मंसिर २० गते, २०८२ - १५:५२
नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...
मंसिर २० गते, २०८२ - १५:४७
काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...




प्रतिकृया लेख्नुहोस्: