सल्यान। भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लाको पूर्वी बागर, छेनागाडमा गएको शुक्रबार बिहान आएको बाढी–पहिरोमा परी सल्यानका तीन जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा बनगाड कुपिण्डे नगरपालिका–६ कालागाउँका ४९ वर्षीय शरद आग्री, उनका २४ वर्षीय छोरा दीपक आग्री र वडा ५ राउचका ६९ वर्षीय भीमबहादुर बुढा छन्। वनगाड कुपिण्डे नगरपालिका–६ का वडा अध्यक्ष गणेश बिसीका अनुसार उनीहरू रोजगारीको सिलसिलामा साउन १६ गते सल्यानबाट भारत गएका थिए।
“बेपत्ताको खबर परिवारमार्फत पाएका हौँ। बिहान ३।४ बजेतिर आएको लेदोसहितको पहिरोले उनीहरू सुतेकै अवस्थामा बस्ती पुरिएको जानकारी छ,” वडा अध्यक्ष बिसीले भने।
उक्त पहिरोमा ४ जना नेपाली र ४ जना भारतीय गरी कम्तीमा ८ जना बेपत्ता भएको पुष्टि भएको छ। बेपत्ता भएकामध्ये जुम्ला घर भएका अर्का एक नेपालीको परिचय खुल्न सकेको छैन।
बेपत्ता भीमबहादुर बुढाका छोरा सुरेश बुढाले पनि खोजी कार्यमा कठिनाइ भएको बताए । उनका अनुसार गाउँ विकट र अप्ठ्यारो ठाउँमा भएकाले खोजीमा समस्या भइरहेको छ। चार दिनसम्म कुनै सम्पर्क नहुँदा परिवारले काजकिरिया गर्न तयारी थालेको बताइएको छ।
१२ भदौको राति भएको अविरल वर्षापछि आएको बाढी–पहिरोले रुद्रप्रयाग जिल्लाको पूर्वी बागर क्षेत्रको छेनागाड गाउँमा ठूलो क्षति पुर्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। १३ भदौको बिहान आएको लेदोसहितको बाढीले त्यहाँका १५ भन्दा बढी घर र पसल बगाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: