Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

अपडेट: गोंगबुबाट बरामद रकम ४ करोड २५ लाख ५० हजार, सुन ९ किलो

खबरडबली संवाददाता

काडमाडौं । विनोदकुमार श्रेष्ठको घरबाट प्रहरीले झन्डै ४ करोड अवैध रकमसहित गरगहना बरामद गरेको छ । काठमाडौं महानगरपालिका–२६, गोंगबुमा रहेको उनको साढे दुई तले घरबाट प्रहरीले मंगलबार ४ करोड २५ लाख ५० हजार रुपैयाँसहित ९८३७.९६ ग्राम सुन र ३२१८.४९२ ग्राम चाँदी बरामद गरेको हो ।

मंगलबार साँझ प्रहरीले छापा हानेर रकम बरामद गरेको थियो । ठूलो मात्रामा रकम भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना गर्दा चार करोड २५ लाख रकम रहेको खुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीक एसएसपी शेखर खनालले बताए ।

उनका अनुसार सुन धितो राख्ने र मिटरब्याजमा पैसा लगाउने काम श्रेष्ठले गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ‘सुन पसलदेखि व्यक्तिहरुलाई पनि सुन धितो राखेर पैसाको कारोबार गर्ने गरेको देखियो,’ उनले भने, ‘ उनलाई पक्राउ गरेर हामी थप अनुसन्धानमा छौं ।’


ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले छापा मारेको थियो । सो क्रममा घरधनी श्रेष्ठ पक्राउ परेका हुन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले अनुशासन उल्लंघन गर्ने व्यक्तिबाट ७ दिनभित्र स्पष्टीकरण माग्ने

काठमाडौं । नेपाली कांग्रेसले अनुशासन उल्लंघनको आरोप लागेका व्यक्तिलाई ७ दिनभित्र स्पष्टीकरण र सफाइ बुझाउन निर्देशन दिएको छ। मंगलबार पार्टी केन्द्री...

एमाले संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति नहुँदा निर्वाचन...

रवि लामिछाने तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगे

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणको मुद्दामा पर्सा जिल्ला अदालतमा पुगेर तारेख बुझेका छन्। आ...

प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। मंगलबार बसेको सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षत...

प्रतिनिधिसभा सभामुख निर्वाचन चैत २२ गते हुने

काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन चैत २२ गते हुने भएको छ। मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सभामुख निर्वाचनका लागि आवश्यक तयारीको...

सानेपामा कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु भएको छ। पार्टीभित्र दुई समूह शेरबहादुर देउवा र शेखर कोइराला पक्षबीच समानान्तर गतिविधि...

गृहमन्त्री गुरुङद्वारा जिल्ला प्रहरी परिसर काठमाडौँको अनुगमन

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौँको अनुगमन गरेको छन् । मन्त्री गुरुङले बुधबार जिल्ला प्रहरी परिसर भद्रकाली पुगेर स्थलग...

पूर्व गृहमन्त्री लेखकको बयान सुरु

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक को बयान सुरु भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबारदेखि उनको बयान लिइँदैछ। यसअघि जिल्ला अदालत काठमाडौंल...

अमेरिकाले नेपाल लागि भ्रमणमा सतर्कताको तह घटायो

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपालका लागि जारी गर्दै आएको यात्रा मार्गनिर्देशन (ट्राभल एडभाइजरी) मा सुधार गर्दै सतर्कताको तह घटाएको छ । सन् २०२५...

अपरेशन गरेर पित्तथैलीको पत्थरी निकाल्ने ओलीको चाहनापछि छलफल गर्दे चिकित्सक

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले आजै निर्णय लिने तयारी गरेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending