काठमाडौं । वीरगन्ज हैजाको महामारीले थलिँदै गर्दा खानेपानीमन्त्री प्रदीप यादवमाथि जिम्मेवारीप्रति प्रश्न उठाएकी वीरगन्जकी युवती किरण साहमाथि प्रहरीले फेरि तीन दिनको म्याद थप गरी अनुसन्धान थालेको छ। पर्सा जिल्ला अदालतले प्रहरीलाई उनलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।
यसअघि आइतबार म्याद थप गरिएको तीन दिनको अवधि मंगलबार सकिएपछि अदालतले अनुसन्धान जारी राख्न पुनः म्याद थपिदिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए।
उनका अनुसार साहमाथि विद्युतीय अपराध, संघीय सांसदलाई धम्की दिने, र झुटा अफवाह फैलाएको आरोपमा अनुसन्धान भइरहेको छ।
हैजाको चपेटामा परेका बिरामी आफन्तको उपचारको क्रममा अस्पतालमै रहँदा साहले सामाजिक सञ्जालमार्फत मन्त्री यादवको पदीय भूमिकामाथि आलोचना गरेकी थिइन्। उक्त आलोचनापछि मन्त्री यादवको सचिवालयमार्फत उजुरी दर्ता गराउँदै उनलाई प्रहरी हिरासतमा पठाइएको हो।
मन्त्री यादवले त्यसपछि जिल्ला प्रहरी कार्यालय अगाडि आफ्ना समर्थकलाई प्रदर्शनमा उतारेर साहविरुद्ध सार्वजनिक दबाव सिर्जना गरे। उक्त प्रदर्शनमा जनता समाजवादी पार्टी (जसपा) का महिला नेता तथा खानेपानी संस्थानका पदाधिकारीहरू सहभागी थिए। जसका लागि सरकारी सवारी साधनको प्रयोग गरिएको आरोप पनि लागेका छन्।
प्रदर्शनको नेतृत्व खानेपानी संस्थान सञ्चालक समितिका सदस्यहरू मधुमाया यादव र सल्मा खातुनले गरे, जो दुबै मन्त्री यादवद्वारा नियुक्त भएकी राजनीतिक पदाधिकारी हुन्। उनीहरू ‘उपभोक्ता हितको प्रतिनिधित्व’ कोटामा नियुक्त भए पनि पार्टीगत गतिविधिमा संलग्न देखिए।
प्रदर्शनमा ‘मन्त्री यादव जिन्दावाद’, ‘दोषीलाई कारबाही गर’, ‘खानेपानीमा राजनीति बन्द गर’ भन्ने नारा लेखिएका प्लेकार्डहरू देखिएको थियो।
वीरगन्ज हैजाले ग्रसित हुँदा आफ्नै क्षेत्रका मन्त्रीबाट समाधानको अपेक्षा गरिँदा, उल्टै आलोचना गर्ने नागरिकलाई दण्डित गरिएको भन्दै जनस्तरमा चर्को असन्तुष्टि देखिएको छ।
नागरिक समाजका अगुवा छठु साहका अनुसार एक नागरिकले मन्त्रीप्रति आक्रोशजन्य कुरा गरेको भए पनि त्यो कुरा राजनीतिक रूपमा व्यवस्थापन गर्न सकिन्थ्यो।
‘जनताको गुनासोलाई सुन्ने मन्त्रीको भूमिका हुनु पर्छ,’ उनले भने, ‘छुटाउन सकिने ठाउँमा थुनिएको घटना राम्रो सन्देश होइन।’ उनले अघि थपे, ‘देशका उच्च नेताहरूले समेत सार्वजनिक अपमान सहने उदाहरण छन्, तर यहाँ सामान्य आवाज उठाउनेलाई कानुनी दायरामा लैजाने प्रवृत्ति खतरनाक हो।’
एक युवतीको सामाजिक प्रश्नलाई सत्ता र शक्तिको दुरुपयोग गर्दै राजनीतिक मुद्दा बनाइएको भन्दै वीरगन्जमा जनआक्रोश बढ्दो छ। मन्त्री यादवले कानुनी प्रक्रिया अघि बढाउनुको साटो संयमित र संवेदनशील व्यवहार देखाएको भए परिस्थिति फरक हुनसक्ने नागरिक समाजको धारणा छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: