Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

प्रदीपको अभिव्यक्तिपछि गोकुलले भने- पदाधिकारीले वडासमेत जिताउन सक्दैनन् भन्दा मलाई प्रहार गरे

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले उपमहासचिव प्रदीप ज्ञवालीको हालैको टिप्पणीलाई स्वागत गर्दै पार्टीभित्र सकारात्मक परिवर्तनको आशा व्यक्त गरेका छन्।

ज्ञवालीले सोमबार एक कार्यक्रममार्फत पार्टीमा आफ्नै वडामा जित दिलाउन नसक्ने तर ठूला कुरा गर्ने नेताहरूको आलोचना गरेका थिए। 

उनले भनेका थिए, "देशभर ६,७४३ वटा वडा छन्, तीमध्ये हाम्रो पार्टीको ८० प्रतिशतभन्दा बढी वडामा बलियो जनाधार छ। तर कतिपय केन्द्रीय नेताहरूले आफ्नै वडामा जित दिलाउन सक्दैनन्।"

ज्ञवालीको यो टिप्पणीप्रति समर्थन जनाउँदै बाँस्कोटाले बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्, "कमरेड प्रदीप ज्ञवालीले राम्रो कुरा उठाउनुभएको छ, धन्यवाद। मैले पनि यस्तै कुरा उठाएँ, तर पार्टीमा दिन होइन, लिन मात्र आएका नवगणेश र गैरवामपन्थी चरित्र भएका व्यक्तिहरूले मलाई निरन्तर प्रहार गरे।"

बाँस्कोटाले राजनीति गहिरो प्रतिबद्धता र विचारको आधारमा गरिनुपर्ने उल्लेख गर्दै लेखेका छन्, "राजनीतिमा प्रेम वसन्तमा झर्ने पातसँग होइन, रुखको जरासँग हुनुपर्छ।"

पछिल्लो समय बाँस्कोटा अध्यक्ष केपी शर्मा ओली र उनको नेतृत्वप्रति आलोचनात्मक देखिँदै आएका छन्। साथै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः पार्टी राजनीतिमा सक्रिय हुनुपर्ने पक्षमा समेत उनी खुलेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending