Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

फाइल फोटो
हुमाकान्त पोखरेल

गुल्मी । मंगलबार बिहान करिब १०:३० बजे । मदाने गाउँपालिका–६ स्थित पृथ्वी माविका शिक्षक देवीराम भुसाललाई स्थानीयले फोन गर्दै भने, ‘तपाईंहरूका विद्यार्थी बाटोमा छन्, केही विद्यार्थी अपहरणमा परेका छन्, आफ्ना विद्यार्थीको ख्याल गर्नुपर्दैन ?’

त्यतिबेला विद्यालयमा बैठक चलिरहेको थियो । शिक्षक भुसालले यो विषय बैठकमा जानकारी गराए । त्यसपछि विद्यालयका चार जना शिक्षक घटना भएको भनिएको ठाउँ कंकेदेउरालीनजिकै पुगे । शिक्षकहरूले कक्षा ५ सम्म पढ्ने सात जना विद्यार्थी रुने, काम्ने, डराउने जस्तो अवस्थामा देखे ।

विद्यार्थीहरूले आफूहरूसँगै आएका एक जना साथीलाई मोटरसाइकलमा आएका व्यक्तिले अपहरण गरेको बताए । त्यसपछि शिक्षकहरूले विद्यालयका सबै शिक्षक बोलाए । शिक्षक घटनास्थलमा पुग्दा पनि विद्यार्थीहरू रुने, काम्ने तथा डराउने गरिरहेका थिए । त्यसै विद्यालयका कक्षा चारमा पढ्ने विद्यार्थी अपहरणमा परेको कुरा अन्य विद्यार्थीले बताएपछि सबै मिलेर विद्यार्थीको खोजीकार्यमा लागे । करिब आधा घण्टापछि एक पौवामा अपहरणमा परेका भनिएका छात्र भेटिए । प्रहरी, विद्यालय र स्थानीयलाई अबको चुनौती अपहरणकारी खोज्नु थियो । बालक अपहरणमा परेको सूचना छिनभरमै राष्ट्रिय स्तरमा सञ्चारमाध्यममा फैलियो ।

पहाडी इलाकामा विद्यार्थी अपहरणमा पर्नु निकै दुर्लभ घटना मानिन्छ । अपहरणकारी खोज्नका लागि इलाका प्रहरी कार्यालय पुर्कोट दह, प्रहरी चौकी धुर्कोट वस्तु, प्रहरी चौकी बर्बोट, प्रहरी चौकी मर्भुङलगायतका ठाउँका ६ समूहमा २० जना प्रहरी खटिए । त्यसैगरी, विद्यालयका सबै शिक्षक, कक्षा ९ देखि १२ सम्मका करिब १ सय ५० जना छात्र, स्थानीय, पालिकाका कर्मचारी गरी करिब ३ सयभन्दा बढी नागरिक अपहरणकारी खोज्नका लागि परिचालन भए ।

घटनाको विषयमा बुझ्नका लागि प्रहरी र शिक्षकहरूले विद्यार्थीहरूलाई छुट्टाछुट्टै सोधखोज गरिरहेका थिए । आठै जना विद्यार्थीहरूले घटनाको विषयमा फरक–फरक तर्क गरेपछि प्रहरीलाई घटनाको विषयमा शंका लाग्न थाल्यो । पछि बुझ्दै जाँदा विद्यार्थीहरूले गृहकार्य नगरेका कारण अपहरणमा परेको बहाना बनाएको खुलासा भयो । ‘पहिले बालक पत्ता लगाउन र त्यसपछि अपहरणकारी पत्ता लगाउनुपर्ने प्रेसर आयो,’ जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगा सारुले भने, ‘साना बालबालिकाहरूले यसरी बहाना बनाउलान् भन्ने सोच नै आएन ।’

उनले पत्रकार प्रेम सुनारबाट घटनाको जानकारी आएपछि जिल्लाभित्र र छिमेकी जिल्लाहरूका प्रहरीमा समेत समन्वय गरेको बताए । विद्यालयका प्रधानाध्यापक मदन कुँवर क्षेत्रीले घटना’bout विज्ञप्ति निकालेर गृहकार्य नगरेका कारण विद्यार्थीले बहाना बनाएको बताए । ‘सुरुमा सबैलाई डर भयो, दिनभर पढाइ पनि भएन,’ उनले भने ।

प्रधानाध्यापक क्षेत्रीले भनभनेबाट आठ जना विद्यार्थी पुर्कोट दहमा पढ्न आउने र उनीहरूमध्ये कक्षा ५ मा पढ्ने छात्रा आयुष्मा ताम्राकारले अपहरणको योजना बनाएको बताए । उनीहरूको योजनाबद्ध रूपमा अपहरणको बहाना बनाएको थाहा पाएपछि विद्यार्थीहरूलाई विद्यालय, प्रहरी, गाउँपालिका र स्थानीयको रोहवरमा अभिभावकको जिम्मा लगाइएको छ । बुधबारबाट विद्यालयमा नियमित पढाइ सञ्चालन हुने विद्यालयले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending