इलाम । इलाममा दुर्लभ मानिने कालो चितुवा फेला परेको छ। जिल्ला वन कार्यालय, इलामका अनुसार यो प्रजाति नेपालमा निकै कम देखिने भएकाले विशेष महत्वपूर्ण मानिन्छ।
सूर्योदय नगरपालिका–२ बागवीरेका स्थानीय टंक काफ्लेको बाख्राको खोरमा सोमबार बिहान चितुवा भेटिएको हो। चितुवा आइतबार राति नै खोरमा पसेर दुईवटा माउ बाख्रा र एउटा पाठी खाएर त्यहीँ बसेको अवस्थामा भेटिएको स्थानीयले बताएका छन्। चितुवा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
चितुवाको उद्धारका लागि डिभिजन वन कार्यालय इलामले कोशीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोली बोलाएको छ। डिभिजन प्रमुख वीरेन्द्र साहले कालो चितुवा दुर्लभ प्रजातिमा पर्ने र इलाममा पहिलो पटक देखिएको बताए।
काफ्लेले बिहान बाख्रालाई घाँस हाल्न जाँदा चितुवा देखेपछि गाउँमा हल्ला मच्चिएको थियो। स्थानीयले वन कार्यालय र प्रहरीलाई खबर गरेपछि चितुवाको निगरानीमा गरिएको छ।
बिगत एक महिनादेखि बागवीरे क्षेत्रमा चितुवाको आक्रमणका कारण किसानका सातवटा बाख्रा मरेका छन्। इलामकै माईजोगमाई–२ का शेरबहादुर गुरुङ, मूल खर्कका हर्कसिंह राई र बिज्जे निवासी गोपाल खड्काका बाख्रा पनि चितुवाले खाएको जनाइएको छ।
यो क्षेत्र भारतको सीमावर्ती क्षेत्रसँग नजिक रहेकोले भारतको सिंहलिला नेसनल पार्कबाट चितुवा सरेर आएको हुनसक्ने अनुमान गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - ०९:१९
जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?
चैत्र १८ गते, २०८२ - ०८:३८
दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...
चैत्र १८ गते, २०८२ - ०८:३२
मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...
चैत्र १८ गते, २०८२ - ०८:२७
काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...
चैत्र १८ गते, २०८२ - ०७:३८
काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...
चैत्र १८ गते, २०८२ - ०७:२७
काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...
चैत्र १८ गते, २०८२ - ०७:२४
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...
चैत्र १८ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...
चैत्र १८ गते, २०८२ - ०७:१९
बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...
चैत्र १८ गते, २०८२ - ०७:१४
काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...


प्रतिकृया लेख्नुहोस्: