Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

प्रधानमन्त्री ओली र पुटिनबीच के भयो कुराकानी ?

खबरडबली संवाददाता

काठमाडौं । चीनको तियान्जिन सहरमा आयोजित एक अन्तर्राष्ट्रिय समिटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ। भेटका क्रममा दुई नेताबीच द्विपक्षीय सम्बन्ध, शिक्षा, र सांस्कृतिक सहकार्यका विषयमा छलफल भएको छ।

राष्ट्रपति पुटिनले नेपालसँगको सम्बन्ध सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै आगामी वर्ष सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव रहेको बताए। 

उनले दुई देशबीच ऐतिहासिक रूपमा कुनै समस्या नरहेको उल्लेख गर्दै अधिकांश अन्तर्राष्ट्रिय विषयमा पनि दुई पक्षको दृष्टिकोण मिल्दोजुल्दो रहेको बताए। “हामीले अहिले नै हाम्रो सहकार्यलाई अझ फराकिलो बनाउने उपायहरूमा ध्यान दिनुपर्ने समय आएको छ,” पुटिनले भने।

प्रधानमन्त्री ओलीले नेपाल-रुस सम्बन्ध ऐतिहासिक र सद्भावनायुक्त रहेको बताए। उनले रुसबाट हजारौं नेपाली विद्यार्थीहरूले उच्च शिक्षा हासिल गरी विशेषतः चिकित्सा क्षेत्रमा योगदान दिइरहेका बताएका छन्। “वर्तमानमा नेपालमा कार्यरत धेरै डाक्टरहरू रसियाबाट शिक्षित छन्,” उनले उल्लेख गरे।

ओलीले सन् १९९९ र २००० मा रुस भ्रमण गरेको प्रसंगसमेत उठाउँदै मस्को र सेंट पिटर्सबर्गका ऐतिहासिक स्थलहरूको अवलोकन गरेको अनुभव सुनाए। साथै, उनले नेपालको तर्फबाट उच्चस्तरीय भ्रमणका अवसरहरू कम भएकोमा चासो व्यक्त गरे।

दुवै नेताले भविष्यमा सांस्कृतिक र शैक्षिक आदानप्रदानलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending