अफगानिस्तान। अफगानिस्तानमा सोमबार राति गएको शक्तिशाली भूकम्पले घरहरू भत्किएपछि ठूलो उद्धार अभियान सुरु भएको छ । यस विपत्तिमा छ सयभन्दा बढी मानिसको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।
मध्यरातअघि आएको भूकम्पले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म भवनहरू हल्लाएको थियो ।
देशको पूर्वी भागमा केन्द्रित भूकम्पले ठूलो क्षति पुर्याएको छ । “कुनार प्रान्तमा छ सय १० जनाको मृत्यु भएको छ र एक हजार तीन सय जना घाइते भएका छन् । धेरै घरहरू भत्किएका छन्”, गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले भने।
उनका अनुसार नङ्गरहार प्रान्तमा १२ जनाको मृत्यु भएको र दुई सय ५५ जना घाइते भएका छन् ।
तालिबान अधिकारीहरू र संयुक्त राष्ट्रसङ्घले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेका छन् ।
“अफगानिस्तानमा पूर्वी क्षेत्रमा आएको विनाशकारी भूकम्पले सयौँ मानिसको ज्यान गएको खबरले हामी गहिरो दु:खमा छौँ”, संयुक्त राष्ट्रसङ्घले एक्समा जनाएको छ । राष्ट्रसङ्घका अनुसार टोलीहरूले प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग र जीवनरक्षक सहायता पुर्याइरहेका छन् ।
अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु नङ्गरहार प्रान्तको जलालाबाद सहरबाट २७ किलोमिटर टाढा आठ किलोमिटर गहिराइमा थियो । सामान्यतया सतह नजिकैको केन्द्र भएको भूकम्पले गहिरो भूकम्पभन्दा बढी क्षति पुर्याउँछ ।
बारम्बार भूकम्प
आइतबार राति ११:३० बजे (स्थानीय समय ४:०० बिहान) पछि ५.२ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प सहित कैयौँ परकम्प अनुभव गरिएको थियो ।
विशेष गरी युरेसियन र भारतीय टेक्टोनिक प्लेटहरूको सङ्गम क्षेत्रमा पर्ने हिन्दुकुश पर्वत शृङ्खलामा रहेको अफगानिस्तान बारम्बार भूकम्प प्रभावित क्षेत्र हो ।
यसअघि, शुक्रबारदेखि शनिबारसम्मको बाढीले नङ्गरहार प्रान्त प्रभावित भएको थियो । सो बाढीमा पाँच जनाको मृत्यु भएको र बाली तथा सम्पत्तिमा ठूलो क्षति पुगेको प्रान्तीय अधिकारीहरूले बताएका थिए ।
सन् २०२२ जुनमा पूर्वी सीमावर्ती प्रान्त पक्तिकामा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो र दशौँ हजार परिवार विस्थापित भएका थिए ।
चार दशक लामो युद्धले जर्जर बनेको अफगानिस्तानले अहिले पनि मानवीय सङ्कटको सामना गरिरहेको छ । तालिबानको पुनरागमनपछि विदेशी सहायता निकै घटेको छ, जसले प्रकोप सामना गर्ने देशको क्षमता अझ कमजोर बनाएको छ ।
सन् २०१५ मा पाकिस्तान र अफगानिस्तानमा गएको ७।५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा तीन सय ८० भन्दा बढीको मृत्यु भएको थियो । सोही विपत्तिमा, विद्यालय भवन हल्लिँदा भागदौडका क्रममा १२ जना अफगान किशोरी विद्यार्थी किचिएर मारिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १७:३५
धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...
जेष्ठ २९ गते, २०८३ - १७:१४
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...
जेष्ठ २९ गते, २०८३ - १७:०६
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...
जेष्ठ २९ गते, २०८३ - १६:४८
बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...
जेष्ठ २९ गते, २०८३ - १६:४१
काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । प्रधान न्य...
जेष्ठ २९ गते, २०८३ - १६:००
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...
जेष्ठ २९ गते, २०८३ - १५:५०
काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...
जेष्ठ २९ गते, २०८३ - १५:२३
काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...
जेष्ठ २९ गते, २०८३ - १५:१३
काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...
जेष्ठ २९ गते, २०८३ - १५:०६
काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...



प्रतिकृया लेख्नुहोस्: