कास्की । पोखरा महानगरपालिकामा पाडी–बाच्छी हुर्काउनका लागि किसानले गत आर्थिक वर्ष २०८१/८२ मा रु २६ लाख अनुदान पाएका छन् । गण्डकी प्रदेश सरकारअन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गाईभैँसीका बाछी–पाडी हुर्काउने किसानलाई सो प्रोत्साहन रकम प्रदान गरेको हो ।
गत वर्ष एक सय ७५ किसानका दुई सय ६० पाडी तथा बाछी हुर्काउने कार्यका लागि सो रकम प्रदान गरिएको विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार प्रतिपाडी–बाछी रु १० हजारका दरले अनुदान प्रदान गरिएको हो । गत वर्ष यस कार्यक्रमका लागि एक सय ८८ जना किसानले आवेदन दिएका थिए । केन्द्रले गत वर्ष पोखरा महानगरका पशुपालन बढी हुने नौ वडामा यो कार्यक्रम लागू गरेको थियो । पोखराका वडा नं २, ५, ६, ७, १७, १८, २२, २३ र २४ मा कार्यक्रम लागू गरिएको थियो ।
सीमित बजेटका कारणले जिल्लाभर कार्यक्रम कार्यान्वयन गर्न नसकिएको पाण्डेले बताउनुभयो । कास्कीमा पाडी–बाछी हुर्काउन प्रोत्साहन सहयोग कार्यक्रम पाँच वर्षदेखि सञ्चालन हुँदै आएको छ । उनले भने, “पाडीबाछी हुर्काउने कार्यक्रम जिल्लामा सबैभन्दा प्रभावकारी बनेको छ । यसबाट किसानको लागत कम हुने तथा उन्नत जातका स्थानीय पशुको विकास गर्दै स्वदेशमा गाईभैँसीमा आत्मनिर्भर बन्ने कार्यमा सहयोग पुगेको छ । बजेट अभावमा जिल्लाभर एकैपटक कार्यक्रम गर्न सकेका छैनौँ, पालैपालो सबै स्थानीय तहमा कार्यान्वयन गर्ने योजना छ । ”
प्रोत्साहन रकम लिन किसानले कृत्रिम गर्भाधानबाट जन्मेको प्रमाणसहित कम्तीमा एक वर्ष उमेरको कोरली बाछी तथा पाडी भएको भनी प्राविधिकले प्रमाणित गरेपछि अनुदानका लागि आवेदन दिन सक्ने पशु विकास अधिकृत सहदेव पौडेलले बताए ।
पाडी–बाछी हुर्काउन लागत बढ्दा किसानले झन्झट मान्ने र सुरुमै गोठबाट हटाउने गरेकाले उनीहरूलाई प्रोत्साहन कार्यक्रम ल्याएर त्यसबापत अनुदान दिएर बाहिरबाट गाईभैँसी आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य रहेको बताइन्छ । उन्नत नश्लका पाडीबाछी हुर्काउँदै उत्पादनयोग्य बनाएर विदेशबाट गाईभैँसी आयात गर्नुपर्ने अहिलेको अवस्थाको अन्त्यका लागि कार्यक्रम प्रभावकारी बन्ने विश्वास लिइएको छ ।
पोखराका व्यावसायिक किसान शोभाखर भण्डारीले सरकारले अनुदान दिएकाले पाडीबाछी हुर्काएर उत्पादन दिने बनाउन सहयोग पुगेको बताए। उनले यस कार्यक्रम जिल्लाका सबै पालिकामा कार्यान्वयन गर्न सरकारसँग माग गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १७:१८
ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्...
मंसिर २१ गते, २०८२ - १६:५७
काठमाडौँ। ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ । त्र...
मंसिर २१ गते, २०८२ - १६:२७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने दाबी गरेका छन्। अहिले धेरैले ‘फेरि त्यही पुर...
मंसिर २१ गते, २०८२ - १६:०४
बुटवल । दाङको लमहीमा गोली चल्दा एकजना घाइते भएका छन् । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली ...
मंसिर २१ गते, २०८२ - १५:५७
काठमाडौँ। विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२६ को विश्वकप फुटबलको ड्र सार्वजनिक गरेको छ । फिफाले अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार राति विश्वकप ड्र...
मंसिर २१ गते, २०८२ - १५:३५
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ। टस जितेका चितवनका कप्तान कुशल मल्लले पहिला ब्याटि...
मंसिर २१ गते, २०८२ - १५:१८
काठमाडौँ । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण...
मंसिर २१ गते, २०८२ - १५:०४
बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको ...
मंसिर २१ गते, २०८२ - १४:४२
काठमाडौँ। काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाध...
मंसिर २१ गते, २०८२ - १४:२९
काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...




प्रतिकृया लेख्नुहोस्: