कास्की । पोखरा महानगरपालिकामा पाडी–बाच्छी हुर्काउनका लागि किसानले गत आर्थिक वर्ष २०८१/८२ मा रु २६ लाख अनुदान पाएका छन् । गण्डकी प्रदेश सरकारअन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गाईभैँसीका बाछी–पाडी हुर्काउने किसानलाई सो प्रोत्साहन रकम प्रदान गरेको हो ।
गत वर्ष एक सय ७५ किसानका दुई सय ६० पाडी तथा बाछी हुर्काउने कार्यका लागि सो रकम प्रदान गरिएको विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार प्रतिपाडी–बाछी रु १० हजारका दरले अनुदान प्रदान गरिएको हो । गत वर्ष यस कार्यक्रमका लागि एक सय ८८ जना किसानले आवेदन दिएका थिए । केन्द्रले गत वर्ष पोखरा महानगरका पशुपालन बढी हुने नौ वडामा यो कार्यक्रम लागू गरेको थियो । पोखराका वडा नं २, ५, ६, ७, १७, १८, २२, २३ र २४ मा कार्यक्रम लागू गरिएको थियो ।
सीमित बजेटका कारणले जिल्लाभर कार्यक्रम कार्यान्वयन गर्न नसकिएको पाण्डेले बताउनुभयो । कास्कीमा पाडी–बाछी हुर्काउन प्रोत्साहन सहयोग कार्यक्रम पाँच वर्षदेखि सञ्चालन हुँदै आएको छ । उनले भने, “पाडीबाछी हुर्काउने कार्यक्रम जिल्लामा सबैभन्दा प्रभावकारी बनेको छ । यसबाट किसानको लागत कम हुने तथा उन्नत जातका स्थानीय पशुको विकास गर्दै स्वदेशमा गाईभैँसीमा आत्मनिर्भर बन्ने कार्यमा सहयोग पुगेको छ । बजेट अभावमा जिल्लाभर एकैपटक कार्यक्रम गर्न सकेका छैनौँ, पालैपालो सबै स्थानीय तहमा कार्यान्वयन गर्ने योजना छ । ”
प्रोत्साहन रकम लिन किसानले कृत्रिम गर्भाधानबाट जन्मेको प्रमाणसहित कम्तीमा एक वर्ष उमेरको कोरली बाछी तथा पाडी भएको भनी प्राविधिकले प्रमाणित गरेपछि अनुदानका लागि आवेदन दिन सक्ने पशु विकास अधिकृत सहदेव पौडेलले बताए ।
पाडी–बाछी हुर्काउन लागत बढ्दा किसानले झन्झट मान्ने र सुरुमै गोठबाट हटाउने गरेकाले उनीहरूलाई प्रोत्साहन कार्यक्रम ल्याएर त्यसबापत अनुदान दिएर बाहिरबाट गाईभैँसी आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य रहेको बताइन्छ । उन्नत नश्लका पाडीबाछी हुर्काउँदै उत्पादनयोग्य बनाएर विदेशबाट गाईभैँसी आयात गर्नुपर्ने अहिलेको अवस्थाको अन्त्यका लागि कार्यक्रम प्रभावकारी बन्ने विश्वास लिइएको छ ।
पोखराका व्यावसायिक किसान शोभाखर भण्डारीले सरकारले अनुदान दिएकाले पाडीबाछी हुर्काएर उत्पादन दिने बनाउन सहयोग पुगेको बताए। उनले यस कार्यक्रम जिल्लाका सबै पालिकामा कार्यान्वयन गर्न सरकारसँग माग गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - १७:५८
काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...
आषाढ़ १६ गते, २०८३ - १७:३०
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १७:२०
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
आषाढ़ १६ गते, २०८३ - १७:०७
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...
आषाढ़ १६ गते, २०८३ - १७:००
काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...
आषाढ़ १६ गते, २०८३ - १६:४८
मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...
आषाढ़ १६ गते, २०८३ - १६:३८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...
आषाढ़ १६ गते, २०८३ - १६:१२
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १५:४९
काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...
आषाढ़ १६ गते, २०८३ - १५:३९
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...



प्रतिकृया लेख्नुहोस्: