Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

द्वन्द्व पीडितले न्याय नपाएकामा चिन्ता

खबरडबली संवाददाता

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका सनम चौधरी आज पनि बुबा फर्केर आउने आशामा छन्। पच्चीस वर्ष बितिसक्दा पनि उनका बुबा तारानाथ चौधरी घर फर्किएका छैनन् । तत्कालीन द्वन्द्वकै समयमा डकर्मी  काम गरिरहेकै बेला उनी बेपत्ता भएका थिए । 

तत्कालीन समयमा नौ वर्षका रहेका सनम अहिले पनि बुबाको अनुहार झलझल्ती सम्झिन्छन् । उनी भन्छन्, “द्वन्द्व समाप्त भएको दुई दशक बढी बितिसक्यो तर बुबा कहिल्यै फर्कनुभएन ।” घरको कमाउने एक्लो सदस्य हराएपछि १२ वर्षकै उमेरदेखि उनले हलो जोत्ने कार्यमा लाग्नुपर्यो । त्यसैले विद्यालय पढ्ने अधिकारबाट वञ्चित हुनुपर्यो, बीचमै विद्यालय छाड्नुपरेको दुखेसो उनी पोख्छन् ।

कृष्णपुर नगरपालिका–३ का लक्ष्मी चौधरीको पीडा पनि सनमकै जस्तै छ । उनका छोरी घरबाटै  वेपत्ता भइन् । “बूढाबूढी रोगी छौँ, सहारा कोही छैन”, उनले गहभरि आँसु पार्दै भनिन्, “घरको एक्लो छोरी बेपत्ता पारिएपछि नदीको बीच धारमा फसेजस्तो छ, न यता जान सक्छौँ न उतातिर ।”

बेलौरी नगरपालिका–४ का दीपक चौधरीका भाइ भागिराम चौधरी २०५९ सालमा बेपत्ताभएका थिए । दीपक भन्छन्, “ तत्कालीन विद्रोही भएको आरोप लगाइयो, तर भागिराम कुनै पनि गतिविधिमा संलग्न थिएनन्, कसैले सुराकी गरेकै कारण निर्दोष भाइलाई लगेर बेपत्ता पारियो ।”

यस्तै, बेलौरी नगरपालिका–१० भुडाका जीतबहादुर चौधरीका बुबा सन्तराम चौधरी घाँस काट्न खेत गएका बेला बेपत्ता भएको परिवार बताउँछ । जीतबहादुर भन्छन्, “चाडपर्व आउँदा अझ बढी बुबाको सम्झना आउँछ, बाटोमा बुबा आइपुग्छन् कि भनेर अझै पर्खिरहेकी आमा सपनामा समेत बुबालाई देख्छिन्, तर विडम्बना, निद्राबाट उठ्दा बुबा छैनन् भन्ने यथार्थ झन् पीडादायी हुन्छ ।

यसरी बेपत्ता पारिएका नागरिकका परिवारलाई न्याय दिन भनेर सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्यो । तर यी दुवै आयोग वर्षौँसम्म पीडितका उजुरी विवरण सङ्कलन गर्ने काममै सीमित रहे ।  न्यायका लागि द्वन्द्वपीडित समाज नेपाल, जिल्ला कार्यसमितिका अध्यक्ष जीतबहादुर चौधरीले दुवै आयोगले आफ्नो ध्येय अनुसार काम गर्न नसकेको गुनासो गर्दै दलगत भागवण्डाका आधारमा गठन भएकाले पारदर्शिता र विश्वसनीयता गुमाएको आरोप लगाए । 

“पीडितको प्रतिनिधित्व नै नभएको आयोग पीडितमैत्री हुन सक्दैन”, उनले भने । अहिलेको आयोग पनि भागवण्डाकै आधारमा गठन भएकाले न्याय पाउनेमा उनी आशङ्का व्यक्त गर्छन्। सहिद तथा बेपत्ता परिवारका पूर्वअध्यक्ष नरेन्द्रप्रसाद चौधरी बारम्बार आयोग गठन हुँदाहुँदै पनि पीडितले न्याय नपाएकामा चिन्ता व्यक्त गर्छन् । उनका अनुसार निकै सङ्घर्षको बलमा सरकारबाट बेपत्ता पारिएका व्यक्तिका परिवारजनलाई राहतस्वरुप रु १० लाख र परिचयपत्रमात्र हालसम्म उपलब्ध हुनसकेको छ ।

एड्भोकेसी फोरमका वीरबहादुर विष्ट पीडितको प्रत्यक्ष प्रतिनिधित्व हुनेगरी आयोग गठन नगरेसम्म सत्य र न्याय सम्भव हुन नसक्ने तर्क गर्छन् ।

विस्तृत शान्ति सम्झौताका २० वर्ष र संविधान कार्यान्वयनका १० वर्ष बितिसक्दा पनि बेपत्ता पीडितको जीवनमा खासै परिवर्तन आएको छैन । संविधानले परिकल्पना  गरेको समानता, न्याय र अधिकार बेपत्ता परिवारका लागि अझै अपूरो सपना बनेको उनी बताउछन् ।

शान्ति सम्झौतामा स्पष्ट प्रावधान राखिएको थियो, ६० दिनभित्र बेपत्ता पारिएका नागरिकको अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्ने तर आजसम्म पनि त्यो प्रावधान लागू हुन नसकेको बेपत्ता परिवारका सङ्गीता चौधरी बताउछिन् । जिल्लामा ९९ जना बेपत्ता भएको तथ्याङ्क छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...

रवि–बालेन अब ‘एउटै गाडी’मा

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...

रवि र बालेनबीच ‘वान–टु–वान’ वार्ता, निवासमा भेट गराएका आशिफले भने : कथाको सुखद् सुरूआत भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending