सुनसरी । बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरकी सरिता उराँव जङ्गलमा पाइने निगुरो टिपेर बेचेको आम्दानीबाट आफ्ना छोराछोरीको पढाइदेखि घरखर्चसम्म धान्दै आएकी छिन् ।
दिनमा रु तीन सयदेखि रु सात सयसम्मको निगुरो बिक्री गर्ने उराँवले यसबाट दुई छोराछोरीको विद्यालय खर्च, खाजा खर्चका साथै घरमा दैनिक प्रयोग गरिने नुनतेल किन्नेदेखि लिएर दैनिक आवश्यकता पूरा गर्ने गरेको बताइन् ।
उनले भनिन्, “निगुरोमा कुनै लगानी गर्नु पर्दैन, जङ्गलबाट टिपेर ल्याएर बेच्दा फाइदा हुन्छ, बिनालगानी पैसा कमाउन सकिन्छ तर बिहानै जान पाए धेरै पाइन्छ, छोराछोरीलाई स्कुल पठाउनुपर्ने भएकाले दिउँसोमात्र निगुरो जङ्गल टिप्न जान पाउँछु ।” उनले निगुरो रामधुनीको जङ्गलभित्रबाट टिपेर ल्याई रामधुनी मन्दिर नजिकै सडक छेउमा दिनभर बेचेर बेलुका घर पर्कने गरेको सुनाइन् ।
उनका अनुसार धेरै सङ्कलन भएको दिन इटहरी, इनरुवा, झुम्कालगायतका व्यापारीले आएर लैजाने गरेका छन् भने थोरै भए बाटो हिँड्नेले नै खरिद गर्ने गरेको उनले बताइन् । सङ्कलन गरेको निगुरो सानो मुठा रु २० मा बिक्री हुने गरेको छ भने अलिक ठूलो मुठा रु ५० मा बिक्री हुने गरेको उनले बताइन् । तीन वर्ष अगाडिदेखि निगुरो बेच्न सुरु गर्नुभएको उराँवले दसैँ, तिहारको समयमा भने बढी आम्दानी हुने गरेको बताइन् ।
दसैँतिर धेरै मानिस घरायसी काममा व्यस्त हुने भएकाले जङ्गल जान पाउँदैनन् । त्यो समयमा भने निगुरो टिप्न सजिलो हुने उनले बताए । दसैँ तिहारको आधा खर्च यही निगुरो बिक्रीबाटै जुटाउँछु, निकै सहयोग पुग्छ मलाई । उराँवका अनुसार जङ्गलबाट टिपेर ल्याइने निगुरो पूर्ण अर्ग्यानिक हुने भएकाले स्वादिलो मात्र नभई स्वास्थ्यका लागि लाभदायी पनि हुन्छ । जति धेरै टिपे पनि बिग्रने चिन्ता हुन्न, सबै बिक्री भइहाल्छ । उनले भनिन्, “अहिलेको सिजनमा बारीमा सागसब्जी रोपेर बेच्नुभन्दा निगुरो टिपेर बेच्दा धेरै फाइदा हुन्छ ।”
उनले चैतदेखि असोज, कात्तिकसम्म निगुरो टिप्ने मौसम हुने बताइन् । यसैबाट छोराछोरीको स्कुलको खाजा खर्च, नुनतेलदेखि लिएर कहिलेकाहीँ बजार जाने खर्चसमेत पुग्ने बताइन् ।
बराहक्षेत्र क्षेत्रमा सरिता उराँवजस्ता धेरै परिवारका लागि जङ्गलबाट निगुरो सङ्कलन गरी आयआर्जनको प्रमुख स्रोत बनेको छ । जङ्गलमा पाइने यस्ता अर्ग्यानिक वनस्पतिले सिजनअनुसार स्थानीय महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुर्याएको छ । रामधुनी मन्दिर नजिकैको सडकमा बिहान निगुरो बेच्ने एक दर्जनभन्दा बढी महिलाहरू भेटिन्छन्, उनीहरू निगुरो बेचेरै घरखर्च टार्ने गरेको बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: