नयाँ दिल्ली। अमेरिकाले भारतबाट आयात हुने थुप्रै वस्तुमा ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने निर्णय गरेपछि भारतका वाणिज्य मन्त्री पियुष गोयलले नयाँ दिल्लीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै भने, “भारत सधैँ निष्पक्ष र सम्मानजनक व्यापारमा विश्वास राख्छ । तर हामी कहिल्यै झुक्दैनौं, न त कमजोरी देखाउँछौँ ।”
उनका अनुसार भारतले अन्तर्राष्ट्रिय बजारमा नयाँ सम्भावनाको खोजी गर्दै विश्वव्यापी निर्यात विस्तारमा केन्द्रित हुने छ । उक्त भन्सार शुल्क अमेरिकाले भारतले रुसबाट आयात गर्ने कच्चा तेललाई कारण देखाउँदै लगाएको हो । यो कदमसँगै भारत-अमेरिका व्यापार सम्बन्धमा केही तनाव देखिएको छ ।
भारतले यसअघि नै ती शुल्कलाई ‘अन्यायपूर्ण र अविवेकी’ भन्दै असहमति जनाएको थियो । अहिले दुबै मुलुकबिच कृषि र डेरी क्षेत्रको पहुँचबारे भएको व्यापार वार्ता पनि निष्कर्षमा पुग्न सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी उत्पादनलाई भारतीय बजारमा बढी पहुँच दिन चाहन्छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशका किसानको हित जोगाउन प्राथमिकता दिएको छन् ।
सन् २०२४ मा अमेरिका भारतको सबैभन्दा ठूलो निर्यात गन्तव्य बनेको थियो, जहाँबाट ८७ अर्ब अमेरिकी डलरभन्दा बढीको वस्तु निर्यात गरिएको थियो । विश्लेषकहरु यति ठूलो भन्सार शुल्कले खास गरी साना उद्योग र निर्यातकर्तालाई गम्भीर असर पार्न सक्ने बताए।
पहिले नै कपडा, गहना र समुद्री उत्पादन निर्यात गर्ने व्यवसायीले अमेरिकी अर्डर रद्द भएको र प्रतिस्पर्धी राष्ट्र जस्तै बंगलादेश तथा भियतनामले त्यसको फाइदा उठाएको बताए। मन्त्री गोयलले सरकार चाँडै नै सबै क्षेत्रका निर्यातकर्तालाई सहयोग गर्ने विशेष योजना ल्याउन लागेको जनाए। उनले भने,“म विश्वस्त छु, चालु वर्षमा भारतको निर्यात अघिल्लो वर्षको तुलनामा अझ बढ्ने छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १७:३५
धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...
जेष्ठ २९ गते, २०८३ - १७:१४
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...
जेष्ठ २९ गते, २०८३ - १७:०६
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...
जेष्ठ २९ गते, २०८३ - १६:४८
बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...
जेष्ठ २९ गते, २०८३ - १६:४१
काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । प्रधान न्य...
जेष्ठ २९ गते, २०८३ - १६:००
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...
जेष्ठ २९ गते, २०८३ - १५:५०
काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...
जेष्ठ २९ गते, २०८३ - १५:२३
काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...
जेष्ठ २९ गते, २०८३ - १५:१३
काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...
जेष्ठ २९ गते, २०८३ - १५:०६
काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...



प्रतिकृया लेख्नुहोस्: